रामेछाप। कृषि ज्ञान केन्द्र रामेछापले आर्थिक वर्ष ७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत प्राङ्गारिक कृषि प्रर्वद्धन मिसन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ज्ञान केन्द्रले सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र सम्पर्क गर्न कृषक, कृषि समूह,कृषि सहकारी, कृषि उद्यमी एवं कृषि समूहलाई आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु :
१. प्राङ्गारिक उत्पादनका लागि प्लाष्टिक घर निर्माण/विस्तार अनुदान कार्यक्रम वा अन्य आधुनिक प्रविधिको प्लाष्टिक हाउस अनुदान
२. समूह वा सहकारीका लागि खुल्ला जमिनमा प्राङ्गारिक उत्पादन अनुदान
३. एकल फार्मका लागि खुल्ला जमिनमा प्राङ्गारिक उत्पादन अनुदान
४. भर्मिकम्पोष्ट मल बनाउन भर्मिसेड निर्माण
५. भकारो सुधार कार्यक्रम
६. प्राङ्गारिक कृषि उपजका लागि प्रतिफलमा आधारित प्रोत्साहन अनुदान

थप जानकारीका लागि :
०४८-५४००६३ , ०४८-५४०३०८

सूचना हेर्नुहोस :