धनकुटा। कृषि ज्ञान केन्द्र धनकुटाले आर्थिक वर्ष ७६/७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसारको छनौट भई कोभिड -१९ का कारण संचालन गर्न नसकिएको कार्यक्रम चालु आर्थिक वर्ष ७७/७८ मा निरन्तरता दिने भएको छ । यसका लािग ज्ञान केन्द्रले एक सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कृषि उद्यमी, कृषक समूह, कृषि सहकारी एवं कृषि फर्मलाई आवश्यक कागजात सहित कृषि ज्ञान केन्द्र धनकुटा अथवा सम्पर्क कार्यलय तेह्रथुममा गई सम्झौता गर्न हाव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु :
१. अदुवा मिसन कार्यक्रम
२. महिला दलित विपन्न् तथा पिछडिएको समुदाय लक्षित कार्यक्रम
३. कृषि बजार तथा संकलन केन्द्र निर्माण नीजि , सहकारी, सरकारी साझेदारीमा
४. अलैंची सुकाउने सुधारिएको भट्टी निर्माण सहयोग कार्यक्रम

थप जानकारीका लागि :
०२६-५२२२२६, ०२६-४६०१३०

सूचना हेर्नुहोस :