बीउ कुनै पनि बालीको जग हो। कृषि बनस्पतिक परिभाषामा बीउलाई परिपक्क बीज अण्ड भनिन्छ। सरलीकृत तथा उदार अर्थमा धेरैले बीउलाई विरुवाको सन्तान उत्पत्तिको साधन भन्छन् । तसर्थ बीउ एक जीवित बस्तु हो र नयाँ बोट उत्पादन गर्न सक्षम हुन्छ । बीज एउटा सानो भ्रुणात्मक बोट हो जसलाई बीज कोटले छोपेको हुन्छ।

बीज र अन्न बिचको भिन्नता :

गुणस्तरीय बीउ :
यदि कुनै बीउ गुणात्मक, आनुवंशिक र शारीरिक हिसाबले उत्तम छ भने त्यसलाई गुणस्तरीय बीउ मानिन्छ। गुणस्तरको बीउमा उच्च अंकुरण प्रतिशत हुन्छ । उत्पादनको वृद्धिका लागि बीउको गुणस्तरलाई महत्वपूर्ण कारक मानिन्छ। गुणस्तरको बीउले चाँडो उब्जनी र जोडदार विकासमा मद्दत गर्छ। यसमा मल र सिँचाइ जस्ता इनपुटको दक्ष उपयोगको क्षमता हुन्छ।

गुणस्तरीय बीउको प्रमुख पात्रहरू :
१. बीउको बंशानुगत वा जातीय गुणस्तर
-बंशानुगत गुणमा विकृति नआएको
-बेजात विरुवा नभएको
-जातीय विकृति नभएको

२. बीउको शारीरिक गुणस्तर
-उम्रने शक्ति अधिकतम भएको
-उम्रने गति अधिकतक भएको
-पुष्ट चम्किलो दाना भएको
-उच्च अंकुरण र जोस भएको
-ओसिलो मात्रा :
अनाज : १०-१२%
दाल : ७-९%
तिलहन : ५-६%

३. बीउको भौतिक गुणस्तर
-सफा प्रशोधित बीउ
-निष्कृय पदार्थ नभएको
-झारपातको बीउ नभएको
-बेजात, बेकिसिमको बीउ नभएको
-किरा आदि नलागेको

४. स्वास्थ्य सम्बन्धी गुणस्तर
-कुनै प्रकारको रोग नलागेको
-बीउले सार्ने रोगबाट मुक्त
-औषधिपचारित बीउ

गुणस्तरीय बीउको फाइदाहरु:
१. आनुवंशिक रूपमा शुद्ध छन्।
२.  राम्रो गुणको बीउले प्रति इकाई क्षेत्र उच्च प्रतिफल दिन्छ किनकि बालीको आनुवंशिक क्षमता पूर्ण रूपमा उपयोग गर्न सकिन्छ।
३.  झारको बीउ वा अन्य बीउको कम आक्रमण हुन्छ।
४.  तिनीहरूमा चरम वातावरण अवस्थाको सामना गर्ने शक्ति हुन्छ।
५.  बिरुवाको चाँडो र एक समान उदय हुन्छ।
६.  प्रयोग गरिएको मल र पोषकहरूमा राम्रो प्रतिक्रिया दिन्छ।
७.  एक समान बोटको जनसङ्ख्या र परिपक्वता पाउन सकिन्छ।
८.   राम्रो बीउले विविधताको जीवन लम्बाउँछ।
९.   रोग र कीराको समस्या कम देखिन्छ।

नेपाल सरकारले कोभिड-१९को रोकथामका निम्ति धेरै महिना लकडाउन लागू गरेको हामी सबैलाई अवगत नै छ। यस महामारीले बीज क्षेत्रमा गम्भीर प्रभाव पारेको छ। यस अवधिमा निजी क्षेत्रबाट बीउ उत्पादन गरिएको थिएन साथै अन्तर्राष्ट्रिय दाताहरूबाट बीउहरूको आयत पनि सम्भव थिएन। एग्रोभेटहरू पनि नखुलेका हुँदा किसानले बीउ पाएनन्। आज सम्म पनि सरकारले किसानलाई आवश्यक कृषि सामग्री उपलब्ध गराउन सकेको छैन। यस महामारीले देशको खाद्य सुरक्षा र खाद्य आत्मनिर्भरतामा जटिल समस्या ल्याइएको छ। खाद्यान्न आत्मनिर्भरता भन्नाले देशले आफ्नै घरेलु उत्पादनबाट खाद्यान्न आवश्यकहरू पूरा गर्न सक्ने प्रविधिलाई भनिन्छ। गुणस्तरको बीउ नेपालको कृषि अवस्था परिवर्तन गर्न लाभदाय देखिन्छ। किसानहरूलाई गुणस्तरीय बीउ उपलब्ध गरियो भने प्रति इकाई क्षेत्रमा उच्च प्रतिफल पाउँछन्। किसान अर्थात् पूर्ण देशको आर्थिक उन्नतीका लागि यस बीउको ठूलो भुमिका देखिन्छ। गुणस्तरीय बीउको उपलब्धता, पहुँच र प्रयोग, कृषि उत्पादकत्व बढाउन, खाद्य सुरक्षा सुनिश्चित गर्न र किसानहरूको आजिविका सुधार गर्न महत्वपूर्ण छ।