बीउ भनेको सुरक्षात्मक आवरणले ढाकेको एउटा परिपक्क रजकण र वानस्पातिक तरिकाले पुनरोउत्पादन गरि बाली उत्पादनका लागि रोप्न वा छर्न प्रयोग गरिने सजिव वस्तु हो । सामान्यतयास् बीउलाई बिरुवा विकासको पहिलो खुड्किलो रुपमा लिने गरिन्छ । माटोसङ्ग पारस्परिक सम्बन्ध गाँसेर सोही माटोमा उपलब्ध हुने विभिन्न प्रकारका आधारभुत तत्वहरुलाई प्रयोग गरेर बीउले अंकुरण थाल्दछ । र बिस्तारै बिरुवाको रुप लिदैं गर्दा विभिन्न चरणहरु पार गरि आफ्नो जीवनतह पुरा गर्दछ ।

गुणस्तरीय बीउ भन्नाले सहजै रुपमा कुनैपनि शुद्द जातको बीउलाई जनाउँदछ । बीउ भौतिक तथा वङ्शानुगत रुपमा शुद्द र स्वस्थ हुनु नै गुणस्तरीय बीउको विशेषता हो । उच्च अंकुरण क्षमता हुनु, रोग तथा किरामुक्त हुनु, उपयुक्त चिसोपन र उचित तौल हुनुजस्ता गुणहरु गुणस्तरीय बीउ अन्तर्गत पर्दछन् । गुणस्तरिय बीउ उचित बीउ प्रमाणीकरण प्रक्रियाबाट आधारित भइ विभिन्न तह हुँदै बनेको हुनाले बढी उत्पादनशिल र उच्चतम नाफा लिन सकिने खालको हुने गर्दछ । र बीउमा कुनैपनि प्रकारका समस्याहरु हुँदैनन् । उचित अङ्कुरण, चाँडै निस्कासन र छिटो रुपमा वृद्धि तथा विकास हुनसक्ने भएर गुणस्तरीय बीउलाई रोज्नु सबैभन्दा उपयुक्त मानिन्छ ।

वर्तमान अवस्था सुझाव :

नेपालमा कृषी बीउबिजनको उत्पादन, विकास र वितरणजस्ता कुराहरुमा निकै समय अघिदेखि नै समस्याहरु रहिरहेको कुरा प्रष्ट छ । हामी कुनैपनि बालीको बीउ छर्ने समय आइपुग्दा सधै बीउसङ्ग संबंधित समस्याहरु खेप्न बाध्य हुन्छौं । समयमा बीउ आइ नपुग्नु त छदैं थियो आएको बीउमा पनि कुनै विश्वास राख्ने वातावरण सिर्जना नहुँदा किसानहरु सधै मर्कामा परिरहेको अवस्था व्याप्त छ । प्रायजस्तो पुरानै बीउलाई उपयोग गर्नुपर्ने हुँदा उत्पादनमा नकारात्मक असर पर्न जान्छ भने गुणस्तरमा समेत ह्रास आउँदछ ।

देशको माटो उर्वराशिल हुँदैमा कृषि उत्पादनलाई ह्वात्तै बढाउन सकिँदैन भन्ने सरल कुरा समेत राम्ररी बुझिएको पाइएको छैन । विभिन्न प्रकारका बालीहरुको उत्पादनमा वृद्धि गराउन, उच्च गुणस्तरीय बीउबिजनको उत्पादन, प्रशोधन तथा प्रशिक्षण गर्नको निम्ति उपयुक्त अध्ययन र अनुसन्धान हुन प्रारम्भिक चरणमा आवश्यक देखिन्छ । परम्परागत कृषि प्रणाली र आधुनिक कृषि प्रणाली बुझ्नु, फरक छुट्याउनु र तुलना गर्नु कृषिक्रान्ति गर्नु होइन । सायद यिनै कुराहरुलाई समन्वय गरेर अगाडि बढेमा उत्पादनलाई केही कदम हात पार्न भने अवश्य सकिन्छ कि सोच्नुले केही अर्थ राख्छ । सुव्यवस्थित रुपमा सर्वसाधारणसामु कृषिसङ्ग संबंधित बिषयहरु, हुनुपर्ने अतिआवश्यक र हुँदै गरेका योजना, परियोजनाहरुको उदेश्य र प्रतिफललाई उपलब्ध गराइ जनस्तरबाटै कृषिलाई उस्को वास्तविक परिचय दिन निकै अपरिहार्य देखिन्छ ।

एउटै कुरालाई लिएर बर्सेनि गन्थनमन्थन गरिरहनु कतिसम्मको लजास्पद कुरा हो । देशमा कृषिको अवस्था यहीँ एउटा सामान्य सोचाइबाट समेत महसुस गर्न सकिन्छ । केही नयाँ र पृथक तरिकाले देशको कृषिमा योगदान दिन अब भने साँच्चिकै चासोको बिषय बनाउन आवश्यक छ । संबंधित युवा तथा थप जनशक्तीहरुले कृषकसङ्ग सहकार्य गरेर जैविक तथा गुणस्तरयुक्त उत्पादनलाई जोड दिन सके मानवलगायत बिरुवा सबैसबैको स्वास्थमा समेत टेवा पुग्नेछ । अन्ततस् पृथ्वीजगतमा समेत देखिएका अन्य समस्याहरु जस्तै स् भूमण्डलीय उष्णपन तथा अन्य प्रदुषणलाई समेत कम गर्न सकिन्छ । नत्र भने कृषिप्रधान देशले अपेक्षा गरेको कृषि अब केही सपना र केही सम्झनामा मात्र रहनेछ स भित्तामा माला लगाएर टाँसेको तस्बिरजस्तै ।

वर्तमान समयको कुरा गर्दा कोरोना भाइरस एउटा विकराल रुपमा मावनजातीको समेत क्षति गर्दै हाम्रो अगाडि आइपुगेको छ । यस प्रतिकूल समयमा झन् देशले कृषि उत्पादनमा ठुलो क्षति खेपिरहेको छ । बीउबिजनको उपलब्धता हुन नसक्नु स्वभाविकै पनि थियो । हुन्थ्यो त पनि हामी बाहिर खेतबारीमा पुगेर काम गर्न सक्ने स्थिति बिल्कुलै थिएन । अब भने बिस्तारै देशको प्राय: ठाउँहरुमा कृषिकर्म सुरु भइसकेको छ । यस्तोबेला देशको अर्थतन्त्रले केही हदसम्म ओरालो यात्रा गर्न बाध्य त भयो । र पनि बिचमा कृषि क्षेत्रको विकासका निम्ति थुप्रै फरक छलफल, गोष्ठी र योजनाहरु तय भए होलान् र पुरा हुन्छन् कि भन्ने अपेक्षा हामी कृषक सर्वसाधारणले सरकारसामु राखेका छौं ।

खाद्य-सुरक्षा र आत्मनिर्भरता :

कृषि क्षेत्रको दिगो विकास र सन्तुलनबारे बिषयवस्तुको मुख्यपाटो भनेको आखिर खाद्य-सुरक्षा र आत्मनिर्भरता नै हो । चाहे जस्तोसुकै योजना तथा तवर-तरिकाको थालनी गरौं, हाम्रो अन्तिम उद्देश्य भनेकै खाद्य-सुरक्षा गर्ने र आत्मनिर्भरता हुने भन्ने कुरामा अडिन्छ । जुनसुकै अवस्थामा पनि हामीमा खाद्य-सुरक्षा र आत्मनिर्भरता भन्दा अरु विकल्प भेटिनु हुँदैन । तब मात्र हामी एउटा बलियो कृषि क्षेत्रको निर्माण र समानरुपमा चौतर्फी विकास गर्न सक्दछौं ।

खाद्य-सुरक्षा र आत्मनिर्भरताको बलियो आधार भनेको हाम्रो उत्पादन हुने गर्दछ । उत्पादनलाई बढाउनको निम्ति यसको आधारभुत कुरा स बीउलाई बुझ्न आवश्यक हुन्छ । बीउमा भएको गुणस्तरले मात्र खाद्य-सुरक्षा र आत्मनिर्भरताको मात्रालाई मापन गर्न सक्दछ । गुणस्तर बीउसङ्ग उत्पादनको समानुपातिक सम्बन्ध हुने गर्दछ ।

सुन्दा उस्तै लाग्ने खाद्य-सुरक्षा र आत्मनिर्भरता, केही फरक अवधारणा भने पक्कै हुन् । तर एकअर्कामा अन्तरसम्बन्धित पनि अवश्य छन् । आत्मनिर्भर हुन सक्नु भनेकै खाद्य सुरक्षाको मापनले गर्दा हो । गुणस्तरीय बीउबाट खाद्य-सुरक्षा र आत्मनिर्भरतालाई बुझ्नु, बुझाउनु र प्रयोग गरि गुणस्तरीय जीवन जिउनु भनेको हाम्रो पहिलो प्राथमिकता हुनुपर्दछ ।

खाद्य-सुरक्षा भनेको पृथ्वीमा रहेका प्रत्येक मानवसङ्ग उस्ले चाहेको जुनसुकै समयमा पनि भौतिक तथा आर्थिक दृष्टिकोणले स्वस्थ, सुरक्षित र पोषणयुक्त खानाको पहुँच पुग्नु या हुनसक्नु हो । खाद्य सुरक्षा खाद्यन्न उत्पादन, वितरण र उपभोगको एउटा समष्टिगत रुप हो । आफ्नो आवश्यकतानुसारको पोषणयुक्त खाद्यन्नको उपलब्धता र उपभोगमा पहुँचको अवस्थाले खाद्य सुरक्षाको मापदण्ड पुरा गर्दछ । हरेक मानवसमक्ष खानाको उपलब्धता, पहुँच, उपयोग र स्थिरता बनाइ उपभोग गराउन सकियो भने मात्र खाद्य-सुरक्षालाई पुर्ण भएको मानिन्छ । साथै यिनै विविध कुराहरुलाई सन्तुलित ढङ्गबाट पुरा गरि स्वस्थ जीवन निर्वाह गराउन एउटा गुणस्तरयुक्त बीउले ठुलो योगदान खेल्दछ ।

तर दुर्भाग्यवश ! खाद्य-सुरक्षाको अवधारणा अझैपनि अधिकांश मुलुकहरुमा सुरक्षा नभइ एउटा बलियो समस्या बनि जरा गाडिरहेको छ । एउटा विशाल खाद्यसंकटको रुप लिइ भोकमरीजस्ता समस्याहरु उत्पन्न गराइ बर्सेनी अत्यधिक मान्छेहरु अन्य कुनै रोगबिना अकालैमा मर्ने गरेका तथ्याङ्गहरु भने आँखै अगाडि छर्लङ्ग छन् । अहिलेको वर्तमान समय (कोरोना ) ले पनि खाद्य-सुरक्षा र आत्मनिर्भरतामा सरिक हुनुपर्दछ भन्ने पाठ हरेक कृषकदेखि सरकारसामु सिकाएको छ ।

कृषिमा आत्मनिर्भर हुनु भनेको एकदमै अपरिहार्य बिषय हो । एउटा सर्वसाधारण कृषकदेखि लिएर एउटा सम्मुनत राष्ट्रले आत्मनिर्भरता खोजिरहेको हुन्छ । सामान्यरुपमा आत्मनिर्भरता हुनु भनेकै आफ्नो घरेलु उत्पादनलाई जोड दिइ कृषि उपजलाई बढावा दिनु हो । आफूसङ्ग उपलब्ध स्रोत र साधनको उचित प्रयोग गरि जैविक खेतीसङ्ग आधारित खेती पद्धतीलाई अपनाउनु नै कृषिमा आत्मनिर्भरताको जग बसाल्नु हो । आफ्नै घरायसी वातावरणसङ्ग सुहाउने विभिन्न प्रकारका बालीहरु लगाएर निर्यातलाई अघि बढाउने उदेश्यले आयातलाई कम गरि अर्थतन्त्रलाई बलियो पार्नु, आफ्नो जमिनको उचित प्रयोग गर्नुको साथै इच्छानुसारको खेती गरि स्थानिय तथा मौलिकपनलाई जोगाउनु आजको निकै आवश्यकताको विषय समेत हो । यसले गर्दा पर्यटनबाट समेत देशको नयाँ पहिचान झल्किन मदत पुग्दछ ।

गुणस्तरीय बीउको प्रयोग गरेमा कृषि उत्पादनको सुनिश्चितता, पर्यावरणीय प्रणालीमा सन्तुलन, प्राकृतिक स्रोत र साधनको समुचित प्रयोगले गर्दा अर्थतन्त्र मजबुत हुन पाउँदछ । कृषि क्षेत्रको समष्टिगत विकास र सम्भावनाको परिपूर्तिको लागि उचित मापदण्डलाई पुरा गरेको बीउलाई प्रयोग गर्नु
स्वत: उत्तम ठहरिन्छ । गुणस्तरयुक्त बीउले देशको विभिन्न कुनाकन्धरामा जिवित खाद्यसंकटले निम्त्याएका समस्याहरुको समाधान तथा दिगो रुपमा निराकरण गर्न सघाउँछ । अब भने चाडैं सरकारी तथा निजीस्तरबाट गुणस्तरीय बीउबिजनको उत्पादनलाई प्रोत्साहन गरेमा मात्र बालीहरुको उत्पादनमा वृद्धि हुने सम्भावना देखिन्छ । फलस्वरूप खाद्य-सुरक्षा र आत्मनिर्भरताले उचित ढङ्गको आकार लिन सक्नेछ ।

आवश्यकता :

१.  बीउबिजनसम्बन्धि नीति निर्धारण गर्नुको साथसाथै तिनको उचित कार्यन्वयन गरि अगाडि बढ्न सके मात्र गुणस्तरयुक्त बीउ निर्माण हुन पाउँदछ ।
२. सरकारले पनि आवश्यक परामर्श दिनको लागि राष्ट्रिय रुपमा तथा अन्य प्रदेशअनुसार बीउ बिजन समितीहरु गठन गरेर सही ढङ्गबाट स्रोत र साधनको उचित प्रयोग गर्न आवश्यक देखिन्छ ।
३. नयाँ बीउ तोकिए बमोजिम अनुमोदन, उन्मोचन र दर्ता गर्न आवश्यक छ ।
४. बीउबिजन उत्पादन र वितरण कार्यमा सरकारी तथा गैरसरकारी निकायहरु बिच समन्वय हुन आवश्यक देखिन्छ ।
५. बाहिरी देशबाट निर्यात हुने सबै प्रकारका बीउबिजनलाई नियमीत रुपमा चेकजाँच गरि नियन्त्रण गर्न आवश्यक छ ।
६. बीउको गुणस्तरलाई पटकपटक अध्ययन गरि निर्धारण गर्न जरुरी छ ।
७. बीउबिजनसङ्ग संबंधित प्रगोगशालाहरु अनुमतिबिना सन्चालन गर्न नदिइ सर्वेक्षण गर्ने र अनुमतीपत्रविहिन बीउबिजन कारोबार तथा लेनदेन गर्नेलाई कानुनीरुपमा कारबाही गर्न आवश्यक छ ।
८. गुणस्तर, नियन्त्रण र प्रमाणीकरणसम्बन्धि आवश्यक पूर्वाधारहरु तय गरि स्विकृत तरिका, स्तर र मापदण्डनुसार बिउबिजन प्रमाणित गर्न आवश्यक छ ।

फाइदा :

१. गुणस्तरीय बीउहरु वङ्शानुगत रुपमा शुद्द र स्वस्थ हुन्छन् ।
२. थोरै मात्रामा बीउ रोपेर समेत बढी उत्पादन गर्न सकिन्छ । त्यसैले खर्चलाई बचाउन मदत गर्दछ ।
३. गुणस्तरीय बीउबाट उब्जेको बिरुवाको कान्ड तथा अन्य भागहरु अलि बलियो हुने गर्दछ । र खेतबारीमा बिरुवाको फैलावटपनि एकनाशले हुने गर्दछ ।
४. अन्य बीउको तुलनामा छिटो उत्पादन लिन सकिन्छ । र बीउ रोपेपछि भित्र्याउदाको दिनसम्म पुग्दा कम समय लाग्छ ।
५. बीउसङ्ग रोगप्रतिरोधात्मक क्षमता बढी हुने गर्दछ । फलस्वरूप रोग तथा किराबाट उति हानी हुन
पाउँदैन ।
६. झारपातहरु पनि उति धेरै बढ्न पाउँदैन । र सजिलै तरिकाले फलाउन सकिन्छ । उत्पादनमा मर्का पर्दैन ।
७. उत्पादनमा पनि एकरुपता ल्याउन मदत पुर्याउँछ । र अन्ततस् बजार मूल्य समेत बढी पाउँछ ।
८. गुणस्तरीय बीउ ठुलो हुन्छ र ठुलो बीउसङ्ग चाडैं उम्रने क्षमता हुन्छ । चाडैं उम्रेने बीउ छिटो फल्छ र रोगले हस्तक्षेप गर्न पाउँदैन ।
९. भित्र्याउँदा प्रशोधन तथा स्टोर गरेर राख्न सजिलो हुने गर्दछ ।
१०.  मल तथा अन्य तत्वहरुको प्रयोगमा राम्रो तथा चाडैं प्रतिक्रिया देखाउँछ ।
११. गुणस्तरीय बीउबाट उम्रेका बिरुवाहरु सबैजसो वातावरणमा हुर्कन सक्ने खालका हुन्छन् ।
१२. उत्पाकत्वलाई सजिलै मापन गर्न सकिन्छ ।

निष्कर्ष :

अन्त्यमा, गुणस्तरीय बीउबिजनको उचित प्रयोगमा बिरुवाको वृद्धि र विकासमा एकरुपता ल्याइ स्वस्थ तरिकाले उच्चतम उत्पादन र उच्च बजार मूल्य कायम गर्न सकिन्छ । गुणस्तरयुक्त बीउको प्रयोग भनेकै नेपालको कृषि व्यवस्थालाई रुपान्तरण गर्न सक्ने एउटा गतिलो बाटो हुन सक्दछ । जसको उचित तथा उपयुक्त प्रयोगले पार्ने प्रभाव र फाइदाहरुले गर्दा खाद्य-सुरक्षा र आत्मनिर्भरतामा सन्तुलन मिल्दछ । गुणस्तरीय बीउलाई पहिलो आधार बनाइ जैविकरुपमा खेती गर्ने पद्धतिलाई अघि सार्न सके दिगो कृषि विकासको अवधारणा चाडैं संभव हुन्छ । र फलस्वरूप यसले कुनपनी राष्ट्रको अर्थतन्त्रलाई पनि मजबुत तुल्याइ कुल ग्राहस्थ उत्पादनमा बिशेष टेवा पुर्याउँदछ ।

(लेखक महेश कुमार भण्डारी पक्लिहवा कृषि क्याम्पस, भैरहवामा चौथो संन्त्रान्तमा अध्ययनरत विधार्थी हुन् ।)