पर्वत। कृषि ज्ञान केन्द्र पर्वतले आर्थिक वर्ष ७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ज्ञान केन्द्रले सूचना प्रकाशित गरी कार्यक्रममा सहभागि हुन जिल्ला भित्रका कृषि फर्म, कम्पनी, कृषि समूह, कृषि सहकारीलाई आव्हान गरेको छ । कार्यक्रममा सहभागी हुन ज्ञान केन्द्रले १५ दिने सूचना प्रकाशित गरेको छ ।

संचालन हुने कार्यक्रमहरु :
१. मूल्य श्रङ्खलामा आधारित परियोजना संचालन सुन्तला, कफी अलैंची
२. फलफूल नर्सरी तथा श्रोत केन्द्र स्थापना
३. व्यवसायीक फलफूल खेती गर्न ईच्छुक कृषकहरुलाई अनुदानमा फलफूलका विरुवा तथा सामग्री वितरण
४. ग्रीन हाउस, नेचुरल्ली भेन्टिलेटेड एग्रीनेट हाउस निर्माण
५. ग्रामिण क्षेत्रमा केसाबारी तथा घरबगैंचा स्थापना
६. ५० प्रतिशत अनुदानमा बीउ उत्पादक कृषकलाई सामग्री वितरण सहयोग
७. कृषि उपज संकलन केन्द्रलाई कृषि यन्त्रीकरण सहयोग

थप जानकारीका लागि :
०६७-४२०१३०, ०६७-४२०५२३

सूचना हेर्नुहोस :