
मोरङ। जिल्लाको बेलबारी नगरपालिकाले युवाहरुलाई स्वरोजगार कार्यक्रम अन्तर्गत २ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।
कोरोनाका कारण बैदेशिक रोजगारबाट गाउँ फर्किएका तथा रोजगारमा जान चाहने युवालाई गाउँमै रोजगार दिने उदेश्यले पालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।
सोमबार नगरप्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको नगरपालिकाको बैठकले युवा स्वरोजगार तथा लक्षित वर्ग कार्यक्रम सञ्चालन कार्यविधि नै बनाएर स्वरोजगार कार्यक्रम शुरु गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले आफै जमानी बसेर ५ लाख दुई प्रतिशत ब्याजदरमा युवालाई उपलब्ध गराउने छ । साथै कार्यक्रममा सहभागी हुने युवा तथा युवा समुहले धितो नराखि कर्जा लिन पाउने सुविधा रहेकोसमेत अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।