तानसेन। कृषि ज्ञान केन्द्र पाल्पाले आर्थिक वर्ष ७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ यसका लागि ज्ञान केन्द्रले सूचना प्रकाशित गरी ईच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, नीजि फर्म एवं कम्पनीले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजातहरु संकलन गरी आवेदन पेश गर्न आव्हान गरेको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. सहकारीहरुसंगको साझेदारीमा रेसम खेती क्षेत्र विस्तार कार्यक्रम
२. फलफूल विरुवा रोपण अभियान
३. आरन व्यवस्थापन सहयोग
४. कृषि पशु पढेका युवालाई उद्यमशिलता कार्यक्रम
५. आयमूलक कृषि वन प्रर्वद्धन कार्यक्रम
६. प्रतिफलमा आधारित प्रोत्साहन अनुदान सहयोग
७. सामुदायिक बीउ बैंक/भण्डारण / गृह संरक्षण केन्द्र
८. चक्लाबन्दी सहितको नमूना फर्म स्थापना
थप जानकारीका लागि :
कृषि ज्ञान केन्द्र पाल्पा ०७५ – ५२०२९४
सूचना हेर्नुहोस :










