बुटवल। लुम्बिनी प्रदेशका कृषि शिक्षा अध्ययन गर्ने विद्यार्थीले पढ्दै कमाउने अवसर पाउने भएका छन्। लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषकसँग कृषि कार्यक्रम (पढ्दै कमाउँदै) अन्तर्गत एक करोड रुपैयाँ बजेट विनियोजन गर्दै सम्बन्धी क्याम्पसबाट आशयपत्र माग गरेको छ।

कृषि शिक्षा अध्ययन गराइरहेका विद्यालयलाई प्रति विद्यालय बढीमा १० लाख वा लागत सहभागिताको ५० प्रतिशत रकम अनुदान दिने मन्त्रालयले सूचना जारी गरि उल्लेख छ। लुम्बिनी प्रदेशभित्र कृषि विषयमा जेटी, जेटीए, प्रवीणता वा स्नातक तह अध्ययन गराइरहेका विद्यालयले उक्त कार्यक्रमको लागि आवेदन पेश गर्न सक्ने छन्।

थप जानकारीका लागि :

०७१- ४२०५४३, ४२००१२

सूचना हेर्नुहोस :