धादिङ। कृषि ज्ञान केन्द्र धादिङले आर्थिक वर्ष ७७ /७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत रैथाने बाली एवं प्राङ्गारीक कृषि प्रर्वद्धन मिसन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ज्ञान केन्द्रले सुचना प्रकाशित गरी ३० दिन भित्र आवेदन पेश गर्न आव्हान गरेको छ । कार्यक्रममा कृषि फर्म, कृषक समूह, कृषि सहकारी, नीजि उद्यमी सहभागी हुन सक्ने छन् ।
संचालन हुने कार्यक्रमहरु :
१. रैथाने बाली प्रर्वद्धन कार्यक्रम
२. प्राङ्गारीक मिसन कार्यक्रम
क. प्राङ्गारीक उत्पादनमा राख्ने लोगो छपाइ
ख. प्राङ्गारीक उत्पादनको लागि प्लाक्ष्टिक घर निर्माण विस्तार
ग. समूह वा सहकारीको लागि खुल्ला जमिनमा प्राङ्गारीक उत्पादन कार्यक्रम
घ. एकल फार्मको लागि खुल्ला जमिनमा प्राङ्गारीक उत्पादन अनुदान
ङ. भर्मि कम्पोष्ट मल बनाउन भर्मि सेड निर्माण
च. भकारो सुधार कार्यक्रम
छ. प्राङ्गारीक कृषि उपजका लागि प्रतिफलमा आधारीत प्रोत्साहन अनुदान कार्यक्रम
थप जानकारीका लागि :
कृषि ज्ञान केन्द्र धादिङ ०१०- ५२०१२८
सूचना हेर्नुहोस :










