सभ्यता प्रारम्भ भएदेखि नै कुनै पनि खेतबारीमा एउटा निश्चित बाली नलागएर बालीलाई अदल-बदल गारि लगाउने परम्पराको विकास भएको देखिन्छ यस परम्परालाई क्राप रोटेशन र घुम्ती बाली भनिन्छ । विभिन्न बालीलाई एउटा निश्चित क्षेत्रभित्र निश्चित अवधिको लागि यसरी हेर-फेर गरेर लगाउनु कि जस्ले गर्दा माटोको उर्वरा शक्ति बनाई राखि अधिक उत्पादन लिन सफल हुनुलाई घुम्ती बाली रक्राप रोटेशन भनिन्छ । अर्को शब्दमा भन्दा चाहि कुनै निश्चित क्षेत्रमा एक निश्चित अवधिको लागि बालीनालीलाई यस्तो क्रमा लगाउनु कि माटोको उर्वराशक्ति कम भन्दा कम ह्रास होस् भन्ने पद्धतिलाई क्राप रोटेशन भनिन्छ । यसको उद्देश्य चाहिँ बालीनालीको लागि आवश्यक तत्वको सदुपयोग तथा माटोको भौतिक रासायनिक तथा जैविक अवस्थामा संतुलन स्थिर बनाउनु हो ।

आदिकाल देखि नै मानव आफ्नो जीविकोपार्जनको लागि भिन्न – भिन्न प्रकारको बाली उत्पादन गर्दै आएका छन् । बालीनालीहरू चाहि मौसमको अनुसार भिन्न-भिन्न हुने गर्छन् । घुम्ती बालीमा अत्यधिक मूल्यवान बालीको साथै दलवालीनाली : चना,केराउ, मुसुरो, रहर, मास,मूग, बोडी र राजमा जातका बालीनालीहरूलाई समावेश गर्नु आवश्यक हुन्छ ।

लामो समयसम्म एउटै प्रकारको बाली लगाउनाले हुने समस्याहरू : कुनै पनि खेतमा लगातार एउटै नै बाली लगाउनले कम उत्पादन प्राप्त हुनुको साथै माटोको उर्वरा शक्ति पनि खराब हुन्छ । हाम्रो देशमा विभिन्न क्षेत्रमा सबैभन्दा प्रचालित उत्पादन प्रणालीमा धान – गेहू, माटोको उर्वराताको टिकाउपनको खतराको स्पष्ट प्रतित हुन्छ । जसले गर्दा उपजाउ माटोको विनाश, जीवाश्मको संख्यामा कमि, माटोको लाभदायक सूक्ष्म जीवको संख्यामा कमी, मित्रजीवको संख्यामा कमी, हानिकारक कीराफटयाङग्राको संख्यामा वृद्धि, बिभिन्न रोगहरूको वृद्धि, खरपतवारको समस्यामा वृद्धि तथा माटोको जलधारण झमतामा कमी, भूमिको भौतिक, रासायनिक गुणमा परिवर्तन, क्षारीयतामा वृद्धि, भूमिगत जलको प्रदूषण, कीटनाशकको अधिक प्रयोगको अवश्यकताको साथै हानिकारक जीवमा दिनप्रतिदिन
प्रतिरोधक क्षमाको विकास आदि जस्ता समस्या देखापर्दछ।

घुम्ती बाली पद्धति नअपनाउनले गर्दा आजको दिनमा न तो केवल उत्पादन वृद्धि रूकेको छ बल्कि एक निश्चित मात्रामा उत्पादन प्राप्त गर्नको लागि पहिलेको तुलनामा आधिक मात्रामा उर्वरकको प्रयोग गर्नुपरेको छ । किन कि माटोमा उर्वरक क्षमता उपयोगको ह्रास बढेको छ । यो सबै विनाशकारी अनुभवबाट बचनको लागि हामी सबैले घुम्ती बाली सघनटाको सिद्धान्तलाई दृष्टिगत राखेर घुम्ती बालीमा अन्नबालीको साथै दलवाली बालीको समावेश गर्नु अति जरुरी रहेको छ । किन भने दलहनी बालीवाट एउटा टिकाउ बाली उत्पादन प्रक्रिया विकसित हुन्छ ।

३ घुम्ती बालीलाई निर्धारण गर्नु अघि केही मूलभूत सिद्धान्तलाई ध्यानमा रखनु अति आवश्यक हुन्छ :
१. अधिक खादको आवशकता चाहिने वाली पछि कम खादको आवश्यकता पर्ने बाली लगाउनु पर्छ ।
२. अधिक पानी चाहिने बाली पछि कम पानी चाहिने बालीनाली लगाउनु पर्छ,
३. अधिक निराई गुड़ाईको आवश्यकता पर्ने बाली पछि कम निराई गुड़ाई चाहिने बालीनाली लगाउनु पर्छ ,
४. दलहनी बाली पछि अहदलनी बालीको उत्पान गर्नु पर्छ, अधिक मात्रामा पोषक तत्व शोषण गर्ने बाली पछि खेतलाई परती राख्नू पर्छ,
५. एउटै रोग तथा कीराले प्रभावित हुने बाली लगातार लगाउनु हुँदैन,
६.  कम गहिराइमा जड़ प्रवेश गर्ने बाली पछि गहिराइमा प्रवेश हुने जड़ भएको बाली लगाउनु पर्छ ।
७.  बालीनालीको समावेश स्थानीय बाजार को माँग को अनुरूप राख्नुपर्छ ।
८.  बालीनालीको समावेश जलवायु तथा किसान को आर्थिक क्षमता को अनुरूप राख्नुपर्छ ।

घुम्ती बाली चुनाव गर्दा कुन कुन बालीनाली समावेश गर्दा उपयुक्त हुन्छ । बाली अन्तरण अपनाउदा निम्न समयका लागि निम्नलिखित बाली निम्न समयका लागि अपनाउन सकिन्छ जस्तै :

एक वर्षको लागि : आलु – प्याज – धान
धान – केराउ – सूर्यमुखी
अगौटे धान – गोभी वर्गीय तरकारी- हरियो पातको लागि धनिया
मकै – तोरी
धान – गहुँ
धान – सूर्यमुखी  – गहुँ

दुई वर्षको लागि : मकै  – तोरी  – उखु  – मेथी
मकै – आलु  – उखु  – केराउ उभबक

तीन वर्षको लागि : धान – गहुँ– मूगं  – तोरी –  उखु  – बरसीम
कपास – जई  – उखु
केराउ – मकै  – गहुँ
यी बालीलाई घुम्ती बालीको रूपमा अपनाउन सकिन्छ ।

घुम्ती बाली अपनाउदा हुने फाइदाहरू : घुम्ती बालीले गर्दा माटोको उर्वरशक्तिमा वृद्धि हुन्छ, माटोमा कार्बन-नाइट्रोजन को अनुपातमा वृद्धि हुन्छ । माटोको पी.एच. तथा क्षारीयता मा सुधार हुन्छ । माटोको संरचनामा सुधार हुन्छ । भूक्षयलाई नियन्त्रण गर्न मद्दत मिल्दछ । साथै बालीनालीमा लाग्ने रोगहरूबाट बचाउन मदत मिल्दछ साथै कीराहरूको नियन्त्रण पनि हुन्छ र खरपतवारको रोकथाम पनि हुन्छ साथै वर्षभरि नै आय प्राप्त भइ रहन्छ । माटोमा विषाक्त पदार्थ एकत्र हुन नपाएर माटोको गुणस्तर कायम रहिरहन्छ तथा उर्वरक – अवशेषको पूर्ण उपयोग हुन्छ र सीमित सिंचाई सुविधा को समुचित उपयोग हुन्छ ।

घुम्ती बालीवाट निम्नलिखित लाभ हुन्छ :
१.  पोषक तत्वको समान व्यय : बालीको जड़ गहराई तथा फैलावमा विभिन्न प्रकारको हुन्छन्, अतस् गहिरो तथा उथली जड़ भएको बाली क्रमश : लगाउनले पोषक तत्वों को वितरण विभिन्न गहिराइमा समान हुन्छन्, जस्तै गेहूँ, कपास।

२. पोषक तत्वको संतुलन : विभिन्न विरुवाहरू नाइट्रोजन, फॉस्फोरस, पोटाश तथा अन्य पोषक तत्व भिन्न- भिन्न मात्रामा लिने गर्दछन । घुम्ती बाली द्वारा यिनको पारस्परिक संतुलन हुने गर्दछन । एउटै बाली लामो समयसम्म निरंतर लगाउनले अधिक चहिने पोषक तत्वको मात्रा माटोमा शून्य हुन्छ ।

 ३. हानिकारक कीटाणु रोग तथा खरपतवारको रोकथाम : एउटै बाली,अथवा त्यही जातको अन्य बाली,लगातार लगाउनले त्यसको हानिकारक कीरा,रोग तथा त्यसको साथमा उम्रने खरपतवार त्यही खेतमा रही रहन्छन् ।

४. श्रम, आय तथा व्यय को संतुलन : एक चोटि कुनै बालीको लागि विशेष तयरी गरेपछि,अर्को बाली बिना विशेष तयारीको नै लगाउन सकिन्छ तथा अधिक खाद चाहिने बालीनालीलाई पर्याप्त मात्रामा खाद दिएर,शेष खादको प्रयोगले अन्य बाली लगाउन सकिन्छ , जस्तै आलू को पश्चात् प्याज या फर्सी, सुर्ती आदि।

५. भूमि मा कार्बनिक पदार्थ को पूर्ति: निराई, गुड़ाईको आवश्यकता पर्ने बाली जस्तै आलू, प्याज आदि लगाउनले , माटोमा जैव पदार्थको कमी भइहाल्छ । जसको पूर्ति दलहन वर्ग को बाली तथा हरी खादको
प्रयोगले पुरा हुन्छ

६. अल्पकालीन बाली लगाउन : मुख्य बालीको बीचमा अल्पकालीन बाली लगाउन सकिन्छ, जस्तै मूली, पालक, मूँग आदि

७. माटोमा नाइट्रोजन को पूर्ति : दलहन वर्ग को बाली , जस्तै सनई, ढेंचा, मूँग इत्यादि, माटोमा तीन या चार वर्ष मा एक चोटि जोत दिनले, न केवल कार्बनिक पदार्थ प्राप्त हुन्छन् । अपितु नाइट्रोजन पनि प्राप्त हुन्छन् , किनकि त्यसको जड़ को स-साना गाँठमा नाइट्रोजन स्थापित गर्ने जीवाणु हुन्छन् ।

८. माटोको राम्रो भौतिक स्थिति : जड़ भएको तथा धेरै जोतईको आवश्यकता लाग्ने बालीलाई घुम्ती बालीमा सम्मिलित गर्दा भूमिको भौतिक दशा राम्रो हुन्छ ।

९. खरपतवारको नियन्त्रण : निराई, गुड़ाई चाहिने बाली लगाउदा खरपतवारको नियन्त्रण स्वयं भइहाल्छ ।

१०.  माटो क्षरणको नियन्त्रण : उचित घुम्ती बाली पद्धति अपनाउदा वर्षाको पानीले माटोको क्षरण हुने समस्या नियन्त्रण हुन्छ तथा उर्वरता कायम नै रहिरहन्छ ।

११. समय को सदुपयोग : घुम्ती बाली अपनाउदा कृषि कार्य सही तरिकाले हुन्छ र खेत एवं किसान दुवै व्यर्थ खाली हुँदैनन् ।

१२.  माटोलाई विषालु पदार्थबाट सुरक्षा – बालीनालीको जड़बाट विषेश प्रकारको विषैला पदार्थ निकाल्छ जुनकि त्यो पदार्थ विरुवाले माटोमा छोडने गर्दछ जसले गर्दा एउटै बालीलाई लामो समयसम्म लगाउदा माटोमा विषालु पदार्थ धेरै मात्रामा एकत्रित हुने सम्भावना बढी हुनाले ठूलो हानी हुने गर्दछ ।

१३. उर्वरा शक्तिको सुरक्षा : माटोको उर्वरा शक्तिलाई सही तरिकाले खेती गर्दा सुरक्षित राख्न सकिन्छ ।

१४. बाली अवशेषबाट लाभ : पूर्व बालीको अवशेषबाट पनि लाभ उठाउन सकिन्छ ।

१५. अधिक उत्पादन : उपर्युक्त तरिकाको प्रयोगले बालीनालीको उत्पादन प्राय : बढी नै हुने गर्दछ ।

उपयुक्त घुम्ती बाली पद्धति अपनाउन नसकिनुको कारण :
१. किसानलाई घुम्ती बाली पद्धति सम्बन्धित ज्ञानको अभाव ।
२. सिँचाई सुविधाको अभाव ।
३. उन्नत वीउ तथा खादको अभाव ।
४. कृषि प्राविधिक सल्लाहको अभाव ।

५. मौसम पूर्वानुमानको अभाव तथा मौसम परिवर्तन ।
६. उन्नत तरिकाले खेती गर्ने प्रथाको अभाव ।