
पोखरा। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश कृषि विकास निर्देशनालय मालेपाटन पोखराले आर्थिक वर्ष ७७ / ७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले सूचना प्रकाशित गरी गण्डकी प्रदेश अन्र्तगत रहेका समूह, सहकारी संस्था, नीजि उद्यमी, कृषि फर्म तथा कम्पनीलाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र आवेदन पेश गर्न आव्हान गरेको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. साझेदारीमा कृषि उपज संकलन केन्द्र निर्माण
२. कोल्डरुम निर्माण
३. ग्रामिण साना कृषि उद्यमी विकास कार्यक्रम
४. फलफूल विरुवा तथा विउ आलु उत्पादनको लागि तन्तु प्रजनन् प्रयोगशाला स्थापनामा सहयोग कार्यक्रम
५. सुन्तला जात फलफूल बालीमा उच्च घनत्व बगैंचा स्थापना
६. मसला बाली प्रर्वद्धन कार्यक्रम
७. सामुदायिक बीउ बैंक स्थापना तथा संचालन कार्यक्रम
८. कोल्ड स्टोर निर्माण कार्यक्रम
थप जानकारीका लागि :
०६१- ५२०२७३, ०६१- ५२०२६३, ०६१- ५४०८९५
सूचना हेर्नुहोस :