काभ्रेपलान्चोक। कृषि ज्ञान केन्द्र काभ्रेपलान्चोकले आर्थिक वर्ष ७७ /७८ को स्वीकृत कार्यक्रम अनुशार विभिन्न प्राङारिक कृषि प्रर्वद्धन मिसन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ज्ञान केन्द्रले सूचना प्रकाशन गरी कृषक, कृषि फार्म, कृषि सहकारी, कृषि फर्म तथा कम्पनीलाई सूचना प्रकाशन भएको ३० दिन भित्र प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।

प्राङरिक कृषि प्रर्वद्धन मिसन कार्यक्रम तर्फ संचालन हुने कार्यक्रम :
१. प्राङारिक उत्पादनका लागि प्लाष्टिक घर निर्माण / विस्तार
२. पुरानो प्राङारिक खेती परिक्षण कार्यक्रमको निरन्तरता
३. समूह वा सहकारीका लागि खुल्ला जमिनमा प्राङारिक उत्पादन अनुदान
४. एकल फर्मको लागि खुल्ला जमीनमा प्राङारिक उत्पादन
५. भर्मी कम्पोस्ट मल बनाउन भर्मिसिड निर्माण
६. भकारो सुधार कार्यक्रम
७. प्राङरिक कृषि उपजका लागि प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम

थप जानकारीका लागि :
०११ – ४९०२०१

सूचना हेर्नुहोस :