
ललितपुर। कृषि ज्ञान केन्द्र ललितपुरले आर्थिक वर्ष ०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत प्राङ्गारिक कृषि प्रर्बद्धन मिसन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ज्ञान केन्द्रले सूचना प्रकाशित गरी ३० दिन भित्र कार्यविधिमा तोकिएको निवेदन सहित आवश्यक कागजातहरु संकलन गरी प्रस्ताव दर्ता गर्न आव्हान गरेको छ । कार्यक्रममा सहभागि हुन काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका नीजि फर्म, कृषक समुह, कृषि सहकारीले प्रस्ताव पेश गर्न सक्नेछन् ।
संचालित हुने कार्यक्रमहरु :
१. प्राङ्गारिक उत्पादनका लागि प्लास्टिक घर निर्माण र विस्तार अनुदान
२. समूह वा सहकारीद्धारा खुल्ला जमिनमा प्राङ्गारिक उत्पादन अनुदान
३. एकल फर्मद्धारा खुल्ला जमिनमा प्राङ्गारिक उत्पादनमा अनुदान
४. भर्मी कम्पोष्ट मल बनाउन भर्मीसेड निर्माण अनुदान
५. भकारो सुधार कार्यक्रम अनुदान
६. प्राङ्गारिक कृषि उपजका लागि प्रतिफलमा आधारीत प्रोत्साहन अनुदान
थप जानकारीका लागि :
०१ – ५५३४६१६, ५५६००३७
सूचना हेर्नुहोस :