ललितपुर। नेपालमा चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालको प्रमुख आतिथ्यता र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा मंगलबार फिक्कल इलाममा भएको एक कार्यक्रममा नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिक रूपमा कार्यान्वयनमा आएको छ ।

नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचार संहिता पालना गरेका १२ वटा चिया उद्योग र सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत प्रदान गरिएको हो। ट्रेडमार्क प्रयोगका लागि ४२ वटा चिया उद्योगहरूले निवेदन पेश गरेका थिए । यो सँगै विगत एक दसकभन्दा लामो अवधी देखि छलफलमा रहेको नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनमा आएको छ ।

पहिलो चरणमा ट्रेडमार्क प्रयोगका लागि प्रक्रिया पुरा गरी ट्रेडमार्क प्रयोग गर्न इजाजत प्राप्त गरेका चिया उद्योगहरुको विवरण  :

1 श्री सन्दक्फु टि प्रोसेसर्स प्रा.लि इलाम माइपोखरी, इलाम चन्द्र भुषण सुब्बा 9851079978
2 श्री हिमालयन सांग्रीला टि प्रोड्यूसर्स प्रा.लि इलाम साखेजुङ्ग, इलाम श्री कमल राज मैनाली 9851021068
3 श्री उच्च पहाडी चिया उत्पादक सहकारी संस्था लि. इलाम देउमाइ नगरपालिका-3 श्री थीर बहादुर राउत 9842662562
4 श्री जस्बिरे टि प्रशोधन उद्योग इलाम इलाम नपा-4 जस्बिरे श्री शरद सुब्बा 9852681846
5 श्री सगरमाथा टि स्टेट प्रा.लि संखुवासभा धर्मदेवी न.पा. 3 श्री हर्क नारायण रार्इ 4104578, 9842031074
6 श्री बोक्रेडाँडा अर्गानिक अर्थोडक्स चिया प्रशोधन उद्योग तेह्रथुम सोल्मा 1, तेह्रथुम श्री रूद्र प्रशाद खनाल 9842413258
7 श्री सिंहदेवी चिया उत्पादक सहकारी संस्था लि. तेह्रथुम लालीगुरास न.पा 9, तेह्रथुम श्री टेक बहादुर केप्छाकी मगर 9852049041
8 श्री गोर्खा टि स्टेट प्रा.लि इलाम सु.न.पा 09 श्री वि.वि रार्इ 9842219958
9 श्री नेपाल ग्रिन टि एण्ड स्पेसियालिटि इलाम सु.न.पा.03 श्री सी.बि. रार्इ 9825984896
10 श्री ओएसिस टि इन्डस्ट्रिज इलाम सु.न.पा 11 श्री ज्योति अधिकारी 9852680272
11 श्री तारागाउ टि स्टेट इलाम सु.न.पा 6 श्री पुनम रार्इ 9844691732
12 श्री साखेजुङ्ग हिल रेन्ज चिया प्रशोधन उद्योग इलाम इ.न्.पा।1 श्री पुनम रार्इ 9844691732