परापुर्वकाल देखि नै विभिन्न रोगको निर्मुल औषधी को रुपमा प्रयोग भइरहेको अदुवा लाई पुर्खाहरुले भगवानको दुवा अदुवा भन्ने कथन यथावत नै छ । त्यही भएर होला आजको एक्काइसौँ शताब्दी मा नि यस बालीको उत्तिकै महत्व छ । संसार अहिले कोरोना माहामारीको समस्यामा जुदिरहदाँ पनि विज्ञहरुले यसको महत्व निकै रहेको बताउदै आएका छन्।

यसका फाइदाहरु :
१. अदुवामा प्रचुर मात्रामा विभिन्न सुक्ष्म तत्वहरु र बुहत तत्वहरु जस्तैः— calcium, mineral, iron, vitamin, protein पाइने हुदाँ यसलाई दम,रुघाखोकि,मधुमेह र मुटुरोगीका लागी यो रामवाण नै सावित भएको छ।
२. अदुवामा विशेष प्रकारको gingerol भन्ने तत्व पाइन्छ जसले हातखुट्टा दुख्ने,सुन्निने,थकान कम गर्ने र क्यान्सरका कोषहरुलाई वुद्धि विकास हुन नदिन मद्धत गर्दछ।
३. प्रति १०० ग्राम अदुवाको सेवनले हाम्रो शरिरलाई आवश्यक पर्ने शक्तीको रुपमा ८० क्यालोरि प्रदान गर्दछ।
४. अदुवा सेवनले हामा्रे गिजा सुन्निने,सास गन्हाउने,श्वासप्रश्वासमा कठिनाईको समाधान गर्न मद्धत गर्दछ।
५. अदुवा सेवनले हामा्रे छालामा देखिने विभिन्न एलर्जिक समस्या कम गर्न मद्धत गर्दछ।
६. अदुवाको निरन्तर सेवनले हामा्रे शरिरको रोगसँग लड्ने क्षमताको वृद्धि गर्दछ।

अदुवा खेति गर्दा ध्यान दिनुपर्ने कुराहरुः—
हावापानीः—
अदुवा खेति लगाउदा समुन्द्र सतहदेखि करिब १६०० मिटर उचाईसम्मको भित्रि मधेश,मध्य पहाड र बेसि क्षेत्रमा सजिलै खेति गर्न सकिन्छ। तापक्रम २०–३०डिग्री सेल्सीयस सम्म भएको हल्का हावा चल्ने र तुसारो नपर्ने हावापानीमा यसको उत्पादन सजिलै गर्न सकिन्छ। यसले तुसारो र तापक्रम सहन नसक्ने भएकोले यस्तो कुरामा विचार गर्नुपर्दछ।

माटोको छनौटः—
यो बाली लगाउँदा प्राङगारिक मल प्रशस्त भएको बलौटे दोमट माटोमा उत्तम मानिन्छ र माटोको पि.एच. मान ५.५–६.५ भएको माटो रामो्र मानिन्छ।

जग्गाको तयारीः—
यो बाली रोप्नुभन्दा अगाडि गहिरोसँग खनजोत गर्ने र कम्तीमा दुई तीन पटक खनजोत गरिसकेपछि फारपात हटाउने र बढी पानि जम्ने भिरालो जमिन भए ड्याङ बनाई खेति गर्नुपर्दछ । जसले गर्दा पानिको निकास सजिलै गर्न सकिन्छ ।

मलखाद व्यवस्थापनः—
अदुवा खेति गर्दा प्रति रोपनी ४०–५० डोको गोबरमल ३ के.जी. नाइट्रोजन,४ के.जी. फस्फोरस र ४ के.जी. पोटासको मात्रा उपयुक्त मानिन्छ।आधा भाग नाइट्रोजन,फस्फोरस र पोटास जग्गा तयारी गर्दा हाल्नु पर्दछ भने आधा भाग नाइट्रोजन बाली लगाएको १ महिनापछि तयउ मचभकक गर्नुपर्दछ भने आधा भाग पोटास र फस्फोरस २ महिनापछि तयउ मचभकक गर्दा उपयुक्त मानिन्छ।

बिउको छनौटः—
बिउको छनौट गर्दा रोगकिरा नलागेको,गानो नकुहिएको र कम्तीमा गानोबाट एक टुसा पलाउन सक्ने करिब ४०–६० ग्राम तौलको गानो छनौट गर्नुपर्दछ।

रोप्ने तरिकाः—
ड्याङ पारेको जमिनमा लाईन देखि लाईन सम्मको दुरी २०–२५ से.मि. र बिरुवादेखि बिरुवा सम्मको दुरी १० से.मी. जति राखेर जमिनको सतहदेखि करिब ८–१० से.मि. गहिराईमा रोप्नु पर्दछ। यसरी ४ लाइन रोपिसकेपछि २०–३० से.मी. खाली स्थान छोड्नुपर्दछ जसले गर्दा बाली हेरचाहमा आवतजावत गर्न सजिलो हुन्छ।

जातहरुः—
कपुरकोट अदुवा १ र कपुरकोट अदुवा २ रहेका छन्।

रोगकिराः—
यस बालीमा बिशेष प्रकारले पात खाने किरा र पातको थोप्ले रोग देखा पर्दछन्। यसको नियन्त्रणको लागि रोग मुक्त बिउ छनौट गर्नुपर्दछ र सिँचाईमा बिशेष ध्यान दिनुपर्दछ। साथै यस बालीलाई घुम्ती बालीको रुपमा खेती गर्दा रामा्रे मानिन्छ। यस बालीलाई मकै, खुर्सानी, रहर, केराउ र सुर्यमुखि जस्ता बालीहरुसँग खेती गर्दा रोगकिरा नियन्त्रण गर्न सकिन्छ।

सिँचाईः—
यसलाई बाली लगाउँदा देखि तीन–चार पटक एकदेखि डेढ महिनाको अन्तरालमा सिँचाई गर्नुपर्दछ तर बाली भित्र्याउनु भन्दा एक महिना अगाडि सिँचाई दिनु हुदैन जसले गर्दा गानो कुहिने समस्या देखा पर्दैन्।

बिउको उपचारः—
रोप्नुभन्दा अगाडि २५ ग्राम endofil,endofil M-45,Bavistin ग्राम प्रति लिटर पानिमा मिसाई १ घण्टासम्म राखेर केहि समय छाँयामा राखि रोप्न सकिन्छ।

बिउको मात्राः—
प्रति रोपनी २००—२५० के.जी. सम्म रोप्न सकिन्छ।

बाली भित्र्याउने समयः—
लगाएको करिब ७ देखि ९ महिनासम्म भित्र्याउन सकिन्छ।

उत्पादन प्रति हेक्टरः—
प्रति हेक्टर ३२ देखि ३८ मेट्रिक टन उत्पादन लिन सकिन्छ।