नेपाल कृषिमा आधारित राष्ट्र हो। लगभग ६०% जनसङ्ख्या कृषिमा निर्भर छ । बढ्दो रोगकिराको प्रकोपले गर्दा किसानवर्गले धेरै नोक्सान ब्यहोर्नु परेको छ जसले गर्दा उत्पादनमा फाइदा हुनुको साटो लागत रकमनै नउठेर घाटा खेप्नुपरेको छ । अहिले बजारमा बढ्दो मात्रामा रसायनिक बिसादिको दुरुपयोग भइरहेको छ जसको परिणामस्वरुप मानिसहरु बिभिन्न रोगहरुको सिकार भइरहेका छन । यसका साथसाथै अत्याधिक दुरूपयोगले माटोका साथसाथै बोटबिरुवामा पनि नकारात्मक असर पर्न गइ शत्रुजिवहरु पनि बिसादिसङ्ग प्रतिरोधात्मक क्षमता बिकास गर्छन फलस्वरुप अझै बढि मात्राले मात्रै नियन्त्रण गर्न सकिने हुन्छ । हामिलाइ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चाहिने मित्रजिवहरुलाइ पनि रसायनिक बिसादिको कारण नोक्सान भइरहेको हुन्छ। बिकासोन्मुख राष्ट्र हुदाहुदै भुकम्पको प्रभाव परिरहेको बेला अहिले कोरोनाले झनै असर गरेको छ । अझै यसमाथि बालीनालीको प्रकोप बढ्यो भने एकदमै दुखद खबर बन्नेछ । त्यसैले उचित नियन्त्रण गर्न सकियो भने, कृषि क्षेत्रमा लगानी गर्न सकिन्थ्यो र उत्पादकत्व बढाउन सकिन्थ्यो भने जिवनस्तर उकास्नका साथसाथै देशलाई नै आत्मनिर्भर बनाउन सकिन्थ्यो ।

आ.ई.पि.एम. एउटा यस्तो पक्ष हो, जसले वातावरणलाइ हानि नपुर्याइ, आर्थिक नोक्सान नगरी बालिलाइ नोक्सान पुर्याउने शत्रुजिवहरुलाइ उचित ढङ्गले ब्यवस्थापन गर्छ। यो कुनै एउटा तरिका नभइ बिभिन्न तरिकाको समष्टिगत रुप हो । विश्वखाध्य सङ्गठन (FAO) को सन् १९६२ को परिभाषा अनुसार विनाशकारी प्राणिहरुको व्यवस्थापन भन्नाले मानिसले तिनको सङ्ख्यालाइ आफ्नो अनुकुलता बमोजिम नियन्त्रणमा राख्न प्रयोगमा ल्याइने सबै प्रकारका प्रविधिहरु समावेश भएको टर्मलाइ बुझाउँछ। अमेरिकी किटविग्यानको सन् १९७५ को परिभाषा अनुसार विनासकारी प्राणिको व्यवस्थापन भन्नाले कुनै वातावरण (खेतबारी वा अन्यत्र) मा लाग्ने हानिकारक प्राणिहरुका सङ्ख्याको नियन्त्रण गर्न आपसमा मेलखाने प्रविधिहरु प्रयोग गरेर तिनका सङ्ख्यालाइ आर्थिक हानि नपुग्ने तहसम्म राख्ने उपाय हो । आई.पि.एम. को प्रयोगले स्वस्थ र स्वच्छ खानेकुरा पाउन, उत्पादनका जोखिम कम गर्न, आम्दानि बढाउन, कृषकको स्वास्थमा सुधार ल्याउँन, हानिकारक रसायनिक पदार्थको परनिर्भरता काम गर्न, वातावरण संरक्षण गर्न र दिगो वा निरन्तर रुपमा स्वच्छ बालि उत्पादन गर्न सकिन्छ।

आई.पि.एम. किन ?

१.  विभिन्न बालीनालिका मित्रजिव पहिचान गरि संरक्षण गर्न ।

२.  वातावरण संरक्षण गर्न ।

३.  बिषादिको असरहरुलाइ कम गर्न ।

४. बाली उत्पादन खर्चलाई कम गर्न ।

५. दिगो कृषि बिकास गर्न ।

६.  बढि उत्पादन लिन ।

आई. पि. एम. को सिद्धान्त :

  • स्वस्थ बाली उत्पादन गर्नु ।
  • किरा तथा रोगको प्राकृतिक शत्रुहरुको संरक्षण गर्नु ।
  • खेतबारीको नियमित हेरचाह तथा अनुगमन गर्नु ।
  • कृषक आफैलाइ दक्ष बनाउनु ।
  • बाली संरक्षणको उपयुक्त प्रविधिको छनोट गर्नु ।

आई.पि.एम. का पुर्वाधारहरु

  • प्रत्येक बिनासकारी प्राणिहरुलाइ चिनेर बैग्यानिक अध्ययन, यसलाइ पाल्ने जंगली र वैकल्पिक बनस्पतिको अध्ययन ।
  • बालीहरुको जिवन तालिका र त्यसमा विनासकारि प्राणिहरुले पुर्याएको क्षतिको तथ्याङ्क लिनु, प्रत्येक प्राणिको सङ्ख्याको आर्थिक सीमा पत्ता लगाउनु ।
  • प्रत्येक किराको जीवन तालिका र ति किराका मृत्युका कारण पत्ता लगाउनु ।
  • वातावरणीय प्रभावबाट प्रत्येक किराको संख्यामा कस्तो असर पर्दछ, त्यसको अध्ययन गर्नु ।
  • बिषादिले मित्रजीवमा पार्ने असरबारे अध्ययन ।
  • कुनै किराको नियन्त्रण गर्नुपर्ने स्थिति आएमा बिभिन्न नियन्त्रणका उपायमध्ये कुनचाहि आर्थिक, सामाजिक एवं वातावरणिय रुपले फाइदायुक्त छ त्यसको तुलनात्मक अध्ययन गर्ने ।
  • विनासकारी प्राणीहरु ठुलो सङ्ख्यामा देखिन सक्ने समयको पुर्वानुमान गर्न सकिने तरिकाको खोजि गरी उपचार गर्नुपर्ने समय निधो गर्ने ।
  • वातावरण विश्लेषण, निरन्तर सुपरिवेक्षण र हानिकारक प्राणीहरुलाइ घटबढ गराउने मुख्य कारकतत्वहरुको पहिचान जान्नलाइ निर्वाहण गर्न सकियोस ।

आई.पि.एम. का बिधिहरु :

किरा अवरोधक जातको प्रयोग (Resistence varieties):

किराको प्रकोप नहुने वा कम हुने जातको छनौट र प्रयोग गर्ने । रोगी र कमजोर विरुवा नलगाउने र रोग किराबाट कम प्रभावित हुने बिरुवा छनौट गर्ने ।  हर्दिनाथ १ धानको जातमा फड्के किराको, जानकि धानमा गबारोको आदि जस्तै बिभिन्न जातहरुमा बिभिन्न किराको प्रकोप कम देखिन्छ ।

यान्त्रिक विधि (Mechanical method) :

खेतबारिमा किराको अनुगमन गर्ने र बिभिन्न पासोहरुको प्रयोग गर्ने । प्लास्टिकले छोप्ने जसले उड्ने किराबाट जोगिन्छन । किराहरुको लार्भा, प्युपा वा अण्डा देखिएमा तुरुन्तै नष्ट गरीदिने । पातको गुभोमा खरानी वा बालुवा छर्किदिने जसले गर्दा किराहरु बस्न पाउदैनन । बोटमा चिप्किने पदार्थको प्रयोग गर्ने । जालिले पक्रिने । बत्तिको पासो (light trap) को प्रयोग गर्ने । खाडल खन्ने र किराहरुलाइ पुरिदिने, फलहरु भए छोपिदिने(netting fruit) जसले गर्दा किराहरुको प्रकोप काम हुन्छ र नियन्त्रणमा मद्दत गर्छ ।

भौतिक विधि (Physical method) :

यसअन्तर्गत बिभिन्न भौतिक बिधिहरु जस्तैः तापक्रम एकछिन घटाउने र तुरुन्तै बढाउने गर्ने, आद्रतामा परिवर्तन ल्याउने अन्दाजी ८% भन्दा कम तापक्रममा राख्ने । हावामा परिवर्तन ल्याउने जसअन्तर्गत बन्द भाडोमा जम्मागरी हावा नछिर्ने माध्यमको सिर्जना गर्ने आदि बिधि प्रयोग गरि किराहरुको नियन्त्रण गर्न सकिन्छ ।

खेति गर्ने तरिकामा परिवर्तन (Cultural method) :

पासोको प्रयोग गर्ने, घुम्ति बालि प्रणालि अपनाउने, बिरुवाको दुरी मिलाउने, बालीमा बिबिधता ल्याउने(मिश्रित बाली लगाउने), समयमै रोप्ने, अन्य बिरुवा जसले किराहरुलाइ आस्रय दिन्छ तिनिहरुलाइ हटाइदिने, स्वस्थ माटो र स्वस्थ बिरुवाको प्रयोग गर्ने । सरसफाई, खनजोत, मलजलको उचित प्रयोग, चुना र मलखादको ब्यवस्था, तालिम तथा काँटछाँटको ब्यवस्था, सिँचाई, निकासको ब्यवस्था, झारपातको नियन्त्रण, छापोको ब्यवस्था, बारबन्देजको ब्यवस्था गर्ने । समयमानै बाली भित्र्याउने । खेति गर्ने तरिकाबाट केहि जातका शत्रुजिवहरुको सङ्ख्यामा कमि आएपनि अन्यजातका जिवहरुमा बृद्दी आउनसक्ने र बाली पैदावारमा ह्रास आउन सक्ने देखिन्छ ।

जैविक तरीका (Biological method) :

यो प्राकृतिक मित्रजिवको प्रयोग गरी शत्रुजीवको व्यवस्थापन गर्ने बिधि हो । यो बिधि निम्नानुसार छः

१. Predator (शिकारी)

२. parasite (परजीवी) :

३. Pathogen (जैविक जीवाणु) :

ब्याक्टेरिया, ढुसी, नेमाटोड़ आदिलाइ कुनै धुँलाउने पदार्थमा तयार गरी हानिकारक किराहरुका बिरुद्द प्रयोग गरी शत्रुजीवको रोकथाम गरिन्छ । नेपालमा उचित ल्याबको कमिका कारण यसको प्रयोग कम मात्रामा पाइन्छ । उदाहरणका लागिः Bacillus spp., Nuclear polyhedrosis virus, Trichoderma आदि ।

४.Vertibrate predator:

चरा: धेरै किराहरुको शिकार गर्छ ।

माछा: लामखुट्टेका बच्चाहरुको शिकार गर्छ ।

छेपारो, भ्यागुता, सर्प: विभिन्न किसिमका किराहरुको शिकार गर्छन ।

स्थानीय सामग्रीको प्रयोग:

आकर्षण रसायनिक पदार्थको प्रयोग (chemical attractants/pheromone)

बिभिन्न फेरोमनको प्रयोग गरि किराहरुलाई आकर्षण गरी मार्न सकिन्छ । बजारमा उपलब्धहुनसक्ने केहि फेरोमन निम्नानुसार छन:

हर्मोनको प्रयोग:

विभिन्न हर्मोनहरुको प्रयोगले शत्रुजीवको नियन्त्रण गर्न सकिन्छ जस्तै: आप्लोर

रासायनिक बिषादीको प्रयोग (chemical method):

यदी माथि उल्लेखित बिधिहरुले काम गर्न ढिलोगर्यो वा किराहरुको प्रचुरमात्रामा असर परेको छ भने रासायनिक बिषादी छर्किनुपर्छ । यसले छिटो र प्रभावकारी नतिजा दिने भएकाले उपयुक्त मात्रामा विशेषज्ञको सल्लाहबमोजिम प्रयोग गर्नुपर्छ । यसको प्रयोग गर्दा बिसादिको लेबल र पर्खिनुपर्ने समयलाई ख्याल गर्नुका साथसाथै सुरक्षित तरिकाले प्रयोग गर्नुपर्ने हुन्छ ।

कानुनी तरिका (regulatory method):

कानुनि तवरमा आयात र निर्यातमा प्रतिबन्ध लगाइन्छ । यसअन्तर्गत बिभिन्न जातहरुमा प्रतिबन्ध गर्नुका साथसाथै प्लान्ट क्वारेन्टिन आदि पर्छन । रोगकिरा लागेका बोटहरुको ओसारपसारमा प्रतिबन्ध लगाइन्छ ।

एकिकृत शत्रुजीव ब्यवस्थापनः

बिभिन्न तरिकाहरूलाई समस्टिगत रुपले प्रयोग गरेर आर्थिक, सामाजिक र वातावरणीय तवरमा न्यायिक रुपले दिगो बाली संरक्षण गर्नुनै प्रमुख उदेश्य हो । निम्न प्रकारका प्रणालिहरू समस्टिगत रुपमा प्रयोग गरिन्छ:

१. नियमित रुपमा बालि सर्वेक्षण

२. खेति गर्ने प्रबिधिबाट नियन्त्रण

३. प्राकृतिक मित्रजिवको प्रयोग

४. उपयुक्त रासायनिक बिषादीको प्रयोग

लेखक : मनिषा कुमारी थापा