
प्याज गानो वर्गमा पर्ने प्रमुख तरकारी बाली हो । नेपालमा 17,740 हेक्टर जमिनमा प्याजको खेति गरिन्छ र वार्षिक उत्पादन 2,54,102 में. टन हुदै आएको छ (MOAD 2012/2013)। सप्तरी, बारा ,सिराहा ,रौतहट,कैलाली ,रूपन्देही, धनुषा, सर्लाही, खोटाङ्मा प्याजको व्यवसायिक खेती गरिन्छ । खास गरेर मङ्सिर देखि पुष महिनामा प्याज लगाउने गरिन्छ । यी महिनामा उत्पादन अत्याधिक हुनाले प्याज खेति गरेका किसानहरुले उचित बजार भाउ पाउदैन । हाल आएर नेपालमा बेमौसमी प्याज खेति प्रविधिको विकास भएको छ जसले गर्दा नेपालमा दशैँको बेलामा प्याजको पातलाई बजारमा पुर्याएर राम्रो आम्दानी लिन सकिन्छ ।
परिचय (Introduction) :
प्याजको उत्पत्ति मध्य यशिया बाट भएको हो। प्याजमा पाईने Allyl -propyl Disulfide नामक तत्वले गर्दा यसमा पिरोपना आउने गर्छ । प्याजमा पाइने (synpropanethial- S -oxide ) नामक ग्यासको कारण प्याज काट्दा आँखा पिरो हुने गर्दछ। प्याजमा सुन्निएको कम गर्ने, रगतको कोलेस्ट्रोल घटाउने, दम रोक्ने साथै anti cancerous र anti oxidants गुण समेत रहेको पाइन्छ । विश्वमा सबैभन्द बढि प्याज उत्पादन गर्ने देश भारत हो। दोस्रोमा चीन तथा तेस्रोमा अस्ट्रेलिया पर्छन ।
नर्सरी व्यवस्थापन (Nursery Management) :
वर्षा याममा लगाइने प्याजलाई बिऊबाट उत्पादन गर्न निकै कठिन हुन्छ, त्यसैले नर्सरी तयार गरेर बेर्ना सार्ने काम गरिन्छ । नर्सरी बनाउदा माटो र बीऊ निर्मलीकरण गर्नु एकदमै आवश्यक हुन्छ। थिराम/क्याप्टानले 4-5g/m2 माटोमा र 2g/kg बीउ उपचार गर्नु पर्दछ । निर्मलीकरण गरेको ब्याडलाई राम्रो संग खनजोत गरेर 1m चौडा ,5m लामो र 15-22cm उच्चा ब्याड बनाउनु पर्दछ र दुर्ड ब्याड बीचमा 25cm चौडा कुलेसा बनाउनु पर्दछ। यसरी तयार गरेको ब्याड मा 5cm को फरकमा 1.5cm गहिरो लाईन बनाई बीउ छर्नु पर्दछ | यसरी बिऊलाई लगाई सकेपछि माथीबाट परालले छापो दिई सिंचाई गर्नु पर्दछ। 1 हप्ता पछि छापो हटाई फेरि सिचाई दिनु पर्दछ । यि सबै कार्यहरु वर्षा याममा गरिने हुदा प्लास्टिक गुम्बोजले ब्याड ढाक्नु पर्दछ I
बेर्ना सार्ने तरीका(Transplanting method) :
येसरी उत्पादन गरेको बेर्ना 4-5 हप्ता पछि मुख्य खेतमा सार्नको लागि तयार हुन्छ । नर्सरीबाट उखेल्नु भन्दा 4-5 घन्टा अगाडी पानीले सिँचाइ गर्नू पर्दछ। उखेली सकेपछी बेर्नालाई bavistin 2g/l मा डुबाउनु पर्दछ । येसो गर्नाले ढुसी बाट लाग्ने रोग नियन्त्रण गर्न सकिन्छ। बेर्नालाई सार्नु अगाडि हरियो पातको तीन भाग मध्य एक भाग फाल्दा पनि विरूवा को transpiration घटाउँन सकिन्छ। यसरी तयार गरिएको लाईन – लाईनको फरकमा 15cm र बेर्ना – बेर्ना दुरीमा 15cm बनाई बेर्ना सार्नु पर्दछ ।
बीउ र बेर्ना लगाउने समय(seed rate & Time of Sowing) :
असारको महिनामा बीउ ब्याडमा रोप्नु पर्दछ। रोपेको एक महिना पछि अर्थात साउनको अन्तिम देखि भदौको पहिलो हप्तासम्म बेर्ना सार्न सकिन्छ। बीऊ 8-10kg भएमा 1ha जमिनलाई उपयुक्त हुन्छ |
उपयुक्त जातहरू (Variety) :
नेपाल मा प्याज खेतिको लागी बिभिन्न जातहरु पाईन्छ तर बर्खे खेतिको लागि तल दिईएका जातहरू उपयुक्त छन।
एग्रिफाउण्ड डार्क रेड
एन -53
नासिक रेड
मुख्ख जग्गा तयारी (Main Field Preparation) :
प्याजको गानो गहिरो सम्म नजाने भएकाले प्याज खेतीको लागि गाहिरो जोताइको आवश्यकता पर्दैन। प्याजको लागि माटो खुकुलो हुनु एकदमै आवश्यक हुन्छ जसले गर्दा प्याजकोको गानो जमिनको माथिल्लो सतहमा विकसित हुन्छ र राम्रो उत्पादन दिन्छ ।1m चौडा र 8-10m लम्बाई रहको जमिनलाई १५-२०cm उठाई बेर्ना सार्नु पर्दछ। | बर्षाको समय भएकाले जमिनमा पानीको निकासको उचित व्यवस्था गर्नु पर्दछ ।
मलखाद (Fertilizer Management) :
प्याज खेति गर्नको लागि 30 ton/ha दरले कुहिएको गोठे वा कम्पोष्ट मल राखी जग्गा तयारी सुरु गर्नु पर्दछ । गोठे वा कम्पोष्ठ मल जग्गा तयारी गर्ने बेलामा राख्नु पर्दछ भने रसायनिक मल 120: 100 : 100 kg NPK / ha को दरमा आवश्यक पर्दछ जसमध्य 60 : 100 :100 kg NPK/ ha जग्गा तयारीको अन्तिमा बेलामा प्रयोग गर्नु पर्दछ भने बाँकी 60 kg युरिया 30 दिन र 60 दिनपछि टपड्रेसिङ गर्नु पर्छ।
उत्पादन (Harvesting) :
यसरी भदैको सुरुमा रोपको प्याज 45 दिनमै पुरै वोट (गानो र पात समेत) ताजा तरकारीका लागि तयार भएको हुन्छ । हरियो अवस्थामा टिप्ने बेलामा दशैँ /तिहार पर्ने भएकाले किसानले यो बेला राम्रो मुल्य पाउन सक्छन ।गानो 90-100 दिनमा अर्थात मङ्सिरको पहिलो हप्तामा तयार हुन्छ । यो सिजनको गानो धेरै दिन सम्म भन्डारण गर्न सकिदैन । काटेको ठाऊबाट पलाउने हुनाले सकभर छिटो बेचविखन गर्नु पर्दछ।
प्याजमा लाग्ने प्रमुख किराहरु (Pest of Onion) :
Leaf eating caterpillar :
क्षतिको प्रकार :
१. Caterpillar पात काटी नोक्सान गर्दछ र पातहरु पुरै सखाप पनि पार्न सक्दछ।
नियन्त्रण
Malathion or Dimethoate २ एम एल १ लिटर पानीमा मिसाएर छर्ने
२. Onion Thrips
क्षतिको प्रकार
Thrips का Nymphs र Adult ले पात बाट रस चुसी पातलाई नोक्सान गर्ने गर्दछन् र अन्त्यमा विरुवा मर्दछ।
नियन्त्रण
Malathion or Dimathoate २ एम एल १ लिटर पानीमा मिसाएर छर्ने।
प्याजमा लाग्ने प्रमुख रोगहरु(Major diseases of Onion) :
१. प्याजको डढुवा
Causal Organism: Alternaria porri
लक्षण
- यसलेविरुवाको सबै भागमा आक्रमण गरि सानो सेतो लाम्चो थोप्लाहरु नरम पातहरुमा देखिन्छन् ।
- पातकोटुप्पोमा सबभन्दा पहिले यो लक्षण देखा पर्दछ र विस्तारै यि थोप्लाहरु पातको सबै भागमा फैलिदै जान्छ।
- गानोमाचारैतिर रातो पहँलो पानी निस्किन्छ र सड्न थाल्दछ ।
- बढिसापेक्षिक आर्द्रता र २४ डिग्री सेन्टिग्रेड देखि २७ डिग्री सेन्टिग्रेड तापक्रम भएको बेलामा यो रोगको प्रकोप बढ्छ ।
रोगको व्यवस्थापन
* लामो समय सम्मको लागि घुम्तिबाली प्रणाली अपनाउँने ।
* बाली-चक्रमा गानो बीउको सट्टा अरु बालीहरु लगाउँने ।
* पुराना घाँसपातका ठुटाहरु, झारपातहरु बटुलेर जलाउँने ।
* रोग लागेका प्याजका गानाहरु भण्डारण नगर्ने।
* थाईराम वा वेभिष्टिन विषादी २ ग्राम प्रति किलो बीउका उपचार गर्ने ।
२. लसुनको मर्ने रोग
लक्षण :
सानो सेतो लाम्चो थोप्लाहरु नरम पातहरुमा देखिन्छन् र पातको टुप्पोमा सबभन्दा पहिले यो लक्षण देखा पर्नाकाे साथै विस्तारै यि थोप्लाहरु पातदेखि तलतिरका भागहरुमा पनि फैलिँदै जान्छन् ।
व्यवस्थापन :
* पानीको निकासको व्यवस्था मिलाउने ।
* विउ रोप्दा वेभिष्टिन (२ ग्रा.प्रति लिटर पानी) ले उपचार गर्ने ।
*राग लागेपछि माटो राम्ररी भिज्ने गरी वेभिष्टिन वा डाईथेन एम ४५ स्प्रे गर्ने ।
३. Onion smut :
लक्षण
पातमा काला गोलाका साथै लाम्चा दागहरु देखिन्छ्न
व्यवस्थापन
Thiram or captan 2.5g/kg seeds को दरले
४. Downy mildew of onion
पातहरुको सतहमा पहेँला थोप्लाहरु(Yellow spots )देखा पर्दछन्।
व्यवस्थापन
बीउको उपचार गर्ने जस्तै Thiram @2.5g/kg seeds, spray वा Diathane M-45
लेखक : हिमाल अधिकारी