हामी सबै माझ कागती र यसको  उपायोगिता तथा लोकप्रियता अबगत नै छ । बिशेष  गरी पछील्लो समयमा बिश्वब्यापी  रुपमा कोरोना भाइरसका कारण हामी जनमानसमा प्रायः  जसो दिनहुँ  यसलाई  उपभोग गर्ने गर्दछौ । यसको खेती गर्न पनि उत्तिकै सजिलो छ ।घर बारी तथ करेसा बारिमा पनि यसलाई सजिलै स्थापित गर्न सकिन्छ ।अरु को जस्तो झन्झटिलो  तथा अत्याधिक समय खर्चिन पनि नपर्ने भएकाले यसको खेती समान्य ज्ञान भएकोले पनि सहजता पूर्वक गर्न सकिन्छ । यसको विशेषता  के हो भन्दा यो बारैमास फल दिने बोट हो । तर, बिडम्बना ९० प्रतिसत  कागती बाहिरा बाट नै आयात हुने गरेको छ । ट्रेड एन्ड एक्स्पोर्ट प्रमोसन सेन्टर (TEPC)(टी.इ.पि.सि)अनुसार करोडौको कागती भारतबाट  आयात  हुने गरेको छ ।लगभाग ७० लाख केजी  बराबरको कागती आजभन्दा दुइ बर्ष पहिला पनि आयत हुने गरेको थियो ।

अहिले पनि  करोडौको कागती आयात हामी बहिर बाट नै गरिरहेका छौ ।तसर्थ यसको उत्पादन स्वदेशमै व्यवसायिक रुपमा गर्न सकियो भने हामिले यहीँ नै यसको माग्पुर्ती गर्न सक्छौ ।अहिले प्रती गोटा कागतीको २० रुपैया सम्म पर्छ र हामी धेरैले यति मुल्य हालेर भएपनी कागती किनिरहेका छौ । यसले के देखाउछ भन्दा यसको उत्पादन व्यवसायिक रुपमा गर्न पनि हामी हिचकिचाउन पर्दैन किनभने यसको माग दिनहु खान पर्ने तरकारी साग्सब्जि भन्दा कम  भने पक्कै पनि छैन । यसको महत्व पनि सोचे भन्दा धेरै नै छ। बिशेष  गरी अहिले कोरोना को महामारि कारण यसको महत्व झन बढेको छ ।

शरिरमा जलयोजन मात्र कायम राख्न,भिटामिन `सि´ जस्ले मुटु तथा रक्तचाप व्यवस्थापन  गर्न,मोटपन घटाउन ,छालाको सुन्दरता  बढाउन,पाचन प्राणली बलियो पार्न,जिबकोश सेलहरु नस्ट गर्न,पत्थरी जस्तो रोग बाट बचाउन तथा शरिरको प्रतिरोधात्मक शक्ति आदि यसको बिशेष  महत्व रहेको छ ।अझ अहिले को समयमा कागतिको प्रयोगले शरिरमा कम अम्लिएपन अथवा  यसले पि•एच  बढाउने गर्दछ र यो हुँदा शरिरमा कोरोना भाइरसको उपयुक्त  हुने बातावरण कम हुने गर्दछ तर जैबिक रुपमा भने यस्तो हुन नसक्ने भनेर माइकल डब्लु इस्मिथ   बाट आएको छ । किनभने अम्लिएपन को सन्तुलन कुनै फलले गर्न सक्दैन   । यधपी  कागती धेरै गुनले भरिपूर्ण फल हो जसले मानिसलाई स्वास्थ रहन मदत गर्छ ।

नेपालमा प्रायः  जसो लगाइने व्यवसायिक जात बनारसी कागती र सुन कागती हो ।बनारसी कागती बोटको तल तिर फल्ने गर्दछ भने सुन कागतिको दाना भने टुप्पोमा फल्ने गर्दछ ।तसर्थ बनारसी कागती असिना पर्ने ठाउँमा  लगाउन उपयुक्त हुने गर्दछ ।बनारसी कागतिमा आकार भने लाम्चो तलतिरा लाग्दछ भने गोलो आकरको चाहिँ  त्यसभन्दा माथितिर फल्ने गर्दछ। यसलाई  प्रायः  जसो जेष्ठ देखि असारसम्म लगाइन्छ ।यो रोप्दा २० देखी २५ डिग्री सेल्सियस तापक्रम हुनु पर्दछ यसको फल फसल गर्दा भने यसको ताप्क्रम २५ देखी ३० डिग्री सेल्सियस उपयुक्त मानिन्छ ।

कागतिका लागी अमलोपन ६.५-७ हुनु पर्दछ । माटोलाई राम्रो सँग जोतेर समतल गरेको हुनु पर्दछ । यसलाई ४ देखी ५ मिटरको दुरिमा लगाउनु पर्दछ र बिशेष  गरी जमीनको छेत्रफल अनुसार १२ देखी १५ फिट दुरिमा लगाउनु उपयुक्त हुन्छ । कागती तराई  तथा पहाडी छेत्रमा लगाइने गरिन्छ । ईन्टरक्रपिङका लागी सिमी तथ बोडी लगाइने गरिन्छ । १० केजी फार्म यार्ड म्यानुर र ५०० ग्राम सिङल सुपर्फोस्फट  खानइएको खाल्टोमा लगाउँनु पर्दछ ।खाल्टो भने ६०*६०*६० सेन्टिमिटरमा खन्नु पर्छ । बोट लगाएको एक बर्षमै फल दिने प्रजाती कागती हो । एकबर्षमै यो साढे तीन फिट्सम्मको हुन्छ । एकबर्षमा यसमा तीन देखी चार चोटी फुल लाग्ने गर्दछ भने एक देखी डेढ  बर्षको बिरुवामा कम्तिमा पनि १५००-२००० दाना पाइने गर्दछ । यसमा पानी पनि अरुको जस्तो धेरै दिराख्नु पर्दैन, सिचाइका लागी महिनामा एक देखी दुइचोटी सम्म दिए पुग्छ ।सिचाइ फल तथा राम्रो बिकासका लागी महत्त्वपूर्ण छ ।

झार नियन्त्रणका लागी भने हातले झार उखल्न सकिन्छ साथै ग्लाईफोसेट १.६ लिटर  प्रतेक १५० लिटर पानीमा प्रयोग गर्न सकिइन्छ ।तर यो भने कदापी बिरुवमा पार्नु हुन्न र केबल झारम मात्र प्रयोग गर्न पर्दछ । यसको एकमात्र महत्त्वपूर्ण  पप्रक्रिया भनेको छाटकाट हो ।छटकाट गर्ने क्रममा डालाहरु जमिनबाट ५०-६० सेन्टिमिटरको उचाइमा काट्ने गर्न पर्दछ  बोटको बिचौ भाग भने खुल्ला  राख्न पर्छ । बिशेष गरेर बोट लगाएको दोस्रो बर्षमा एकदम सजकतापूर्वक छाटकाट गर्न पर्दछ । यसका लागी  बास  तथ डोरी को प्रयोग गर्ने गरिन्छ र यो हुँदा झुम्मिएका डालाहरु थाम्ने गर्दछ । यदी यो गरिएन भने लत्तरिने समस्या आइपर्न सक्छ । हामिले छाटकाट राम्रोसँग गर्‍यो  भने फल धेरै लाग्ने गर्दछ । दाना धेरै नै लाग्ने हुनाले यसको छाटकाट जरुरी छ ।मलजलका लागी हरेक ६ महिनामा ट्राइकोडेर्मा र सिउडोमोनस मिसाएर फेदमा हाल्नुपर्दछ ।बर्षमा दुइचोटी बोटमा चुना र निलो थुतो छर्किने गर्नु पनि उपयुक्त हुन्छ ।हामिले नर्सारी ब्याडबाट बिरुवा किन्दा डाला काटेको र छाटकाट गरेको मात्र किन्नु पर्दछ जसका कारण पछी बोटा लगाउदा फल धेरै नै लाग्ने गर्दछ ।

छाटकाट नगरेको बिरुवामा फल तह लाग्ने गर्छ तर छाटकाट गरेको जत्तिको धेरै फल लाग्दैन । यसमा धेरै रोग पनि  लाग्दैन ।  त्यही ढुसी लाग्न सक्छ अनि पात सुक्ने हुने सक्दछ ।सानो बिरुवामा भने पात खाने किरा देखा पर्न सक्छ ।यो नियन्त्रण  गर्नका लागी थुतो चुना छर्किनु पर्दछ,त्राइचोडेर्मा र सिउडोमोनस मिसैएरक जराको फेदम लगाउनु पर्दछ । गबारा किरको समस्या देखिने भएकाले ग्लाईटेक्स तथा खोप लगाउँउ पर्दछ नत्र भने यस किराका कारण डालाहरु सुक्दै जाने हुन्छ ।कागतिको फसला भने यसको आकार ,रङ हेरेर गरिन्छ ।फसला गर्ने उपर्युक्त समय भनेको यसको टि.एस.एस र अम्मिलिएपनको अनुपात १२:१ हुनु पर्छ । फसला गरेको फल लाइ  सफा पानीले सफा गरेर क्लोरीनाटेड पानी लगभाग अढाइ एम.एल हरेक लिटर पानीमा  डुबाएर त्यस पश्चात् त्यसलाई हल्क  सुकाउनु पर्छ ।राम्रो गुणस्तरताका लागी भने मैनले कोटिङ गरेको उपयुक्त मानिन्छ । यि फल लाई पछी छायामा सुकेको हाल्मा अनि बल्ल प्याकिङ गरिन्छ ।

राम्रो सँग उत्पादन गर्न सकियो भने लाखौको आम्दानी छोटो समयमा नै हुन सक्छ ।हरेक बोटबाट कम्तिमा पनि १५०० कागती फल्ने गर्दछ र बजारमा एउटै कागतिलाई २० रुपैयाम बेची राखिएको छ ।बर्षमा ४ चोटी सम्म फल लाग्ने हुनाले हामिले राम्रो आम्दानी सजिलै सँग गर्न सक्छौ । यसका साथै हामिले बिरुवालाई कल्मी गरेर,ग्राफ्ट गरेर (८०-२००२५० रुपैयामा)बेच्न सक्छौ ।यसको मागपनी अत्याधिक र व्यवसायिक खेती भने कम नै रहेकाले हामिले यस खाद्यान्न  बालीलाइ व्यवसायिक रुपमा खेती गर्न सक्यौं भने लाखौको आम्दान्नी निश्चित  नै छ ।बाहिरबाट हुने आयात रोक्न हामी आफैले प्रशस्त  उत्पादन गरेर करोडौको आम्दानी आफ्नै देशमा सिर्जना गरेर देशको अर्थतन्त्र बढाउन पनि सजिलै सँग सक्ने छौ । तसर्थ बाहिर देशको आयतलाई रोक्न र यहाँको माग यहिको उत्पादनबाट परिपुर्ती गर्नलाई कागती व्यवसायिकरण गर्न जरुरी छ ।

लेखक : प्रकृति चन्द