
कोदो,नेपालको मध्य पहाड र तराई भागमा लगाइने वर्षौंदे बाली हो।नेपालको सन्दर्भमा हेर्दा कोदोलाई चौथो मुख्य बालिका रुपमा लिइन्छ।पौष्टिक र सन्तुलित आहाराका लागि कोदो एकदम महत्त्वपूर्ण बाली हो।नजिकको तिर्थ हेला भनेझैं वर्तमान सन्दर्भलाई हेर्ने हो भने नेपालमा कोदोको उत्पादन एकदम निम्न भएको छ,बाहिरी मुलुकबाट आर्यात गरेर भात (Rice) खान्छ मान्छे तर आफ्नै देशमा उत्पादन हुने अनि पौष्टिकरुपले उच्चस्तर भएको कोदोलाई नकारिरहेको छ ।कस्तो अचम्मको प्रवृत्ति मानिसकोरुहाम्रो देशमा भात भाए मात्र खाना खाएको महसुस गर्छ मान्छे अनि सोच्छ जस्ले भात खान्छ उ उच्चस्तरको,यो सब अज्ञानताको कारण भएको हो। झुटो सान देखाउन मानिस आफूसङ भएको कोदोको उपयोग नगरी भाते जिन्दगीमा रमाइरहेको छ। भात भन्दा हरेक दृष्टिले कोदो आवश्यक र महत्त्वपूर्ण छ, यो विषयलाई बुझ्न अनि बुझाउन जरुरी छ। झुटो सानमा यति डुबिसकेको छन् यहाँका मानिस कि पहाडका मानिसलाई तराईमा कोदो उत्पादन हुन्छ भन्ने कुराको ज्ञात पनि छैन । अनि हाम्रो नेपालमा चैतमा पनि कोदो लगाइन्छ भन्ने कुराको सुइको समेत छैन,त्यसैले आजसम्म चैतमा लगाउने कोदोको रिसर्च कहिँकतै भेटिदैन।मानिसलाई थाहै छैन कोदो कहाँ र कहिले उत्पादन गर्न सकिन्छ,यो भन्नू नै चेतनाको कमि भएको हो।जो पहिलै चर्चित छ,जो चर्चामा छ त्यसलाई मात्र रिसर्च गरेर आफैंमा गर्व गर्न थाल्छ मानिस। नेपालिलाई नेपाल कै भुगोलको बारेमा थाहा छैन,कुन बाली कहाँ उत्पादन हुन्छ थाहा छैन अनि देशले प्रगती गरेन भनेर मानिस निराश हुन्छ,कसरी हुन्छ यस्तो तरिकाले प्रगती ?
त्यसैलै कसैले मतलब नगरेको कोदो उचित ढंगले उत्पादन गरौ र गर्न लगाऔ अनि चिनाउ देशलाई विश्वभर ,बचाउ देशलाई भोकमरी बाट।जे छ त्यसलाई फरक ढंगले गर्ने हो भने आफ्नो आवश्यकताका लागि अरुको शरणमा जानू पर्दैन।कोदोको बारेमा केही जानकारी निम्न उल्लेख गरिएको छ ।
Fingermillet(कोदो)
Scientific classification
Kingdom:Plantae
Family:Poaceae
Genus:Eleusine
Species:E.coracane
Botanical name:Eleusine coracane
परिभाषा :
कोदो ,मध्य पहाड र तराईमा उत्पादन हुने वर्षौंदे बाली हो।यसलाई Crop of poor अथवा Farmer Food भनेर चिनिन्छ।
उत्पत्ति :
कोदोको उत्पत्ति सर्वप्रथम इस्ट अफ्रिका( इथियोपिया र युगान्डा)मा भएको हो। एसियन देशहरुमध्य भारत र नेपालम उत्पादन गरिन्छ।
महत्त्व :
-क्याल्सियम सबैभन्दा बढी पाइन्छ(३४४ mg/१००ग्राम),भात,गहुँ ,मकै भन्दा १० गुना र दुधभन्दा ३ गुना बढी क्याल्सियम कोदोमा पाइन्छ,
-हड्डीको समस्याका लागि आवश्यक (Osteoporosis)
-आइरन,फाइबर,मिनिरल्स अनि दुबै प्रकारको भिटामिन पाइन्छ,
-लाइसिन र मिथियोनिन जस्ता अमिनो एसिड पाइन्छ,
-CNS को विकासका लागि चाहिने लिनोलिक एसिड र अल्फा लोनोलेनिक एसिड पाइन्छ,
-कोदोको बिउको बाहिरी कोट(Seed coat) केर्नेल(kernel)को खाध्य(edible)तत्त्व हो
-सिडकोट(seed coat)मा फेनोलिक(phenolic)तत्त्व पाइन्छ ,जस्ले एन्टिअक्सिडेन्ट (Anti-oxidant)को काम गर्छ
-गरिबको खाना भनेर चिनिन्छ।
समस्याहरू:
– क्ष्रम धेरै(labor intensive)
-निम्न स्तरको बाली(Considered as low status food)
-खोज र विकास क्षत्रबाट दुर (Neglect by Research and development sector)
-कोदोको जातिय विकास र उत्पादनका लागि अनुपयुक्त नीति(Inadequate policy)
-गुणस्तरीय विउको कमि(Lack of quality seed)
-सिमित ठाउँमा उत्पादन हुने(Limited area)
-उचित बजार नपाउनु(Market problem)
-धेरै जमिनको प्रयोग र एक पटक कोदो लगाएको जमिनको ममिलोपन घट्नु।
अवसरहरु :
-एग्रोनोमिक प्याकेज (Agronomic packages)को प्रबर्द्धन
-घरेलु उत्पादन बढाउन सकिने
-स्थानिय र पौष्टिक बालिको प्रबर्द्धन (promote local and nutritional crops)
-रोजगारको अवसर(Employment opportunity)
-खाध्य सुरक्षामा सहयोग(Ensuring food security )
-वातावरण प्रतिकुल
माटो र हावापानी :
-विशेष त समुन्द्र सतहबाट २००० माथी उत्पादन गर्न सकिने ।
-बेर्ना(seedlings) वृद्धिक लागि इष्टतम औसत तापक्रम (Optimal Average Temperature) १८-२७ डिग्री सेल्सिय तर ३६ डिग्री सेल्सियसमा नि हुन सक्छ तर २०डिग्री मा उत्पादन घट्ने सम्भावना ज्यादै हुन्छ ।
-प्रति वर्ष ५०० mm वर्षा आवश्यक पर्छ ।
-अम्लिय माटो(Acidic soil ,pH 5.7) र क्षयार माटो(alkaline soil,pH 8.2),उत्पादनका लागि आवश्यक छ ।
-कोदोको बोटले सुख्खा सहदैन र धेरै वर्षातमा पनि राम्रो सङ वृद्धि र विकास हुँदैन।
Cultivation Practices खेती गर्दा अपनाउनु पर्ने विधिहरु :
Land preparation
-२देखि ३ पटक सम्म मेन फिल्ड (main field ) जोतखन गर्ने र अन्तिम जोतखन गर्दा 6 ton/ ha गाईँबस्तुको मल(Farmyard manure)छर्ने
२०-३० दिनका बेर्ना फिल्डमा सारिन्छ ।
बीउ दर :5 kg/ha
छनोट गरिएका विउलाई एजोस्पाइरिलियम(Azospirilium)सङ मिसाउने
समय(Season):July-August
Nursery Bed:
१*३.५ सि.यम को बेड तयार गरिन्छ र १० ग्राम/मिटर sq. को दरमा बीउ छरिन्छ।थोरै मात्रामा युरिया प्रयोग राम्रो हुन्छ बेर्नाको उत्पादनको लागि। अनि विउलाई रातभर भिजाएर ब्याडमा छर्दा पनि बेर्ना उत्पादन राम्रो हुने गर्छ ।
बीउ छर्ने तरिका :
१.छरुवा विधि(Broadcasting method):
यस तरिकामा कोदोको विउलाई अन्दाजीरुपमा छरिन्छ।मध्य पहाडमा १ हेक्टरमा ६.८ के.जि छर्ने गरिन्छ।विरुवाको बिचमा १० सि.यम ठाउँ राख्नको लागि २१ दिनमा गोड्मेल गरिन्छ।
२.Row seeding
यो तरिका झार नियन्त्रण र बढी उत्पादनका लागि सहज तरिकाहो।यसमा ३-४ के.जि / हेक्टर बीउ दर आवश्यक पर्छ ।
Intercropping with Sanai
कोदो सार्दा १५ के.जि/ हेक्टर सनाईको बीउ छरिन्छ र गोड्मेल गर्दा यस्लाई पत्लाइन्छ।यसरी दुइटै बाली एकैसाथ लाउँदा आम्दानी नि बढ्ने सम्भावना हुन्छ र खाध्य सुरक्षामा नि मद्दत पुर्याउँछ।सनाई छरेको ६० दिनपछी यसलाई काँटिन्छ र रहेको झारलाई मलको लागि खेतको आलिमा राखिन्छ ।यस्ले नाइट्रोजन फिक्सेसनमा मद्दत गर्छ।त्यसैगरी कोदोले माटोमा भएको खानालाई हराइदिने भएकाले माटोलाई अरु मल र पोषनको आवश्यक पर्छ जो महङ्गो हुने गर्छ।फिल्डमा भएको समस्या को पहिचान गर्न कोदो र सनाई सङै लागाइन्छ,यो एक फिल्डको समस्या पत्ता लगाउने तरिका पनि हो।सनाईर १ हेक्टर मा १०० के.जि नाइट्रोजन उत्पादन गर्न सक्छ।
३.Trasnplanting
२-३ के.जि/ हेक्टर बीउ आवश्यक पर्छ यो विधिमा र १५ सि.यम दुरिमा १८-२१ दिनको बेर्नालाई सारिन्छ।
Fingermillet(कोदो):Relay with maize
यसमा मकैले धानेबाली फाले पछि मात्र कोदो सारिन्छ जस्ले गर्दा मकै र कोदोबिच खानाको लागि प्रतिस्पर्धा हुँदैन र उत्पादनमा वृद्धि हुन्छ।समयसमयमा झार गोड्मेल गर्नु पर्छ।
सिचाईँ :
कोदोको बीउ छरेको तेस्रो दिनमा गरेको सिचाईपछि हप्ता हप्तामा सिचाई गर्नु पर्दछ।फुलफुल्ने समय र बीउ फल लाग्ने बेला सिचाई अति कठिन हुने गर्छ।
मलखात :
बालिको माग अनुसार मलखात दिनु पर्ने हुन्छ।प्रती हेक्टरमा ६ टन (Ton)गाईँभैसिको मल(Farm yard manure)राख्नु पर्छ ।त्यसैगरी २०:१०:१० के.जि का अनुपातले प्रती हेक्टरमा नाइट्रोजन,फोस्फरस र poTaasiyam(NPK)राख्नु पर्दछ।
झार नियन्त्रण :
कोदो उत्पादन गर्दा झार नियन्त्रण एक गम्भीर समस्या हो।कोदोको बेर्ना ढिला वृद्धि हुने र सजिलै विकास हुनका लागि ४५ दिनसम्म झार रहित वातावरण चाहिने बाली हो ।
-बेर्ना सारेको १५ दिनमा पहिलो पटक गोड्मेल गर्नु पर्ने हुन्छ र दोस्रो गोड्मेल ३० दिनमा गरि झारलाई २-३ दिन सुक्न दिनु पर्छ।
-ब्याड तयारी गर्दा ७-१० दिनमा गरिनुपर्छ।
-ठुला पात गरेका झारहरु हटाउन हेर्बिसाइड्स(2,4-D)प्रयोग गर्नु पर्दछ।
रोगहरु :
leaf spotting
Head blast
Grain smult
Maturity Judging:
कोदोको दाना हरियो बाट खैरोमा परिवर्तन भयो भने ,काट्न(harvest)को लागि तयार भएको बुझ्न सकिन्छ।
Harvest
जात अनुसार कोदो छरेको ३.५ -५ महिनाभित्र कोदो हार्भेस्ट गरिन्छ।
फुलेको ४० दिनपछी गर्न सकिन्छ,
असोज- कार्तिकको महिनामा गर्ने गरिन्छ।
यो दुई तरिकाबाट गरिन्छ:
१.हातले छिन्नु(Hand picking of panicles)
कोदोको पेनिकल्स आँसिले काटेर बाँसको बाकसमा जम्मा गर्ने गरिन्छ र कोदोको डाँठलाई खेत मै छोडिन्छ।अनि सुकाउन राखिन्छ ।
२.डाँठ सङै पेनिकल्स काट्नु(Harvesting of stalks along with panicles)
यसमा कोदोको काटिएको बोटहरुलाई खेतमै सुकाउन राखिन्छ र पछि आँगनमा ल्याइन्छ।
Threshing and Cleaning(काँटछाँट र सफाईँ)
-कोदोको बोट सुकिसकेपछी लठ्ठीले या अरु कुनै साधनले चुट्ने गरिन्छ।यसरी समय बढी खर्छ र दुःख हुने गर्छ।
-१२% ओसिलोपन भयो भने कुटाइ चुटाईका लागि कोदोको दाना राम्रो हुने गर्छ।
-बाहिरी बस्तु जस्तै ढुङ्गा ,डाँठ हटाउन सफाईँ गर्ने गरिन्छ।
– सेलुलोजिक टुसियु(Glumes) छुट्टाउनका लागि कोदोको दानालाई मिलमा लगिन्छ (Pearling)
Storage(भण्डारण)
मिडियम टर्म कन्जर्भेसन(medium term conservation)का लागि ८-९% ओसिलोपन हुनु पर्छ भने लङ टर्म कन्जर्भेसन(Long term conservation )का लागि ५.७% ओसिलोपन आवश्यक पर्छ र रिलेटिभ हिउमिडिटी(Relative humidity) १५-२०% चाहिन्छ।यदि सुख्खा कोठा भएन भने ५-७ % ओसिलोपन भएको दानाहरुलाई सिलिका जेल(silica gel)सङ मिसाउनु पर्छ
-अक्सिजन बिना पनि,कोदोका दाना १०-१२ वर्ष भण्डार गर्न सकिन्छ।
Varieties(जातहरु)
-Dalle1
-Okhle1
-Kabre1
Decortication(डिकोर्टिकेसन)
यो प्रक्रिया कोदोमा हालै विकशित भएको हो।यसमा कोदोको दानालाई ६-८ घण्टा३० डिग्री तापक्रममा राखिन्छ र १०-१२ मिनेट बफाइन्छ।यस्ले कोदोको दानामा रहेको इन्डोस्पर्मलाई कडा बनाउने गर्छ।यसरी बनाएपछी कोदोलाई भात जसरी पकाइन्छ।
उपयोगिता (Utilization)
-कोदोको पिठो रोटि खानको लागि प्रयोग गरिन्छ,
-कोदोको पिठोमा ग्लुटिन नहुने भएकाले यो सजिलै पचाउन सकिन्छ र थोरै समयमा पकाउन सकिन्छ,
-बच्चाको लागि पनि यो फाइदाजनक र पोषिलो हुने गर्छ,
-कोदोको रक्सी बनाउने सकिन्छ ,यसको सहि उपयोग गर्ने सके धेरै फाइदा हुने गर्छ।
एकदम कमले मात्र कोदोलाई आफ्नो दैनिक खानाका रुपमा लिन्छन् ।कोदो हरेक दृष्टिबाट अरुभन्दा फाइदाजनक हुने भएकाले यसको प्रयोग गर्न आवश्यक छ र चेतना र शिक्षा फैलाउन जरुरी छ।मान्छेहरु कोदोको उपयोगिता नबुझेर भाते जिन्दगीमा तल्लीन भइरहेका छन् ।पहिलेको समयमा बाहुनले कोदो पकाउदैँनन भन्ने चलन भएकाले पनि यो बाली लोप हुँदै गएको हो,कोदो भान्सामा पाक्यो भने जुठो हुन्छ भन्ने मानिसको मानसिकतामा अब चेतना र शिक्षाका माध्यमबाट परिवर्तन ल्याउन जरुरी छ।बेरोजगारमा डुबेर आत्मग्लानिका साथ जिन्दगी जिउनी र परदेश गएर रगत ,पसिना बगाउनुभन्दा त्यो पसिनाले आफ्नै भुमिमा सिचाइँ गर्न जरुरी छ।महत्त्व र उपयोगिता बुझ्ने हो भने कोदो जत्तिको फाइदाजनक केही छैन।त्यसैले हरेक किसान,हरेक युवा अनि गरेक क्षेत्रमा चेतना फैलाउनु अत्यावश्यक देखिन्छ।
अनि मात्र फुल्ने छन् समृद्धिका कोमल फुलहरु,अनि मात्र खुल्नेछन विकासका बन्द ढोकाहरु,अनि मात्र प्रगतिका बाटाहरु आरम्भ हुनेछन् ,अनि मात्र संसारलाई पाल्ने किसानले आफुलाई पनि पाल्न पाउँनेछ।दसैंको समयमा कोदो फुलेर वातावरणमा उमंग छाएझैँ हर्षको रङ्गगोलिले जिन्दगी भरिनेछ,खुसीको अनुभूति हुनेछ।त्यसैले कोदोको महत्त्व बुझौँ र बुझाऔँ।
लेखक : प्रमिला शर्मा