नेपाली यस अर्थमा पनि भाग्यमानी छौं कि नेपाल संसारकै दोश्रो धनी जलस्रोत भएको देश हो । यहाँ अनगिन्ती खोला, नदी, ताल तथा पोखरी छन् । त्यसैले फिसिङ एड्भेन्चर लाई सही ढङ्गले व्यवस्थापन र उद्योेगको रुपमा बिकास गर्न सकियो भने देशको अर्थतन्त्रमा थप टेवा पुग्ने कुरामा कुनै शंका छैन ।

दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका केही देशमा मात्रै पाइने महाशीयर, असला, कत्ले, टेङ्रा, स्टोन कार्प लगायत १ सय ६८ भन्दा बढी प्रजातिका रैथाने तथा आयातित माछा नेपालका अधिकांश नदी र तालमा पाइने हुँदा नेपाललाई फिसिङको निम्ति राम्रो गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । कोशी, काली, कर्णली, रारा, तिलिचोलगायतका असङ्ख्य खोला, नदी तथा ताल हामी सँगै छन् ।

हामीले चाह्यौं भने विश्वको सबैभन्दा उच्च भू-भागमा फिसिङ स्पटका रुपमा नेपालका विभिन्न ठाउँलाई विकास गर्न सक्छौं । यसले माछा सिकारमा रुची भएका मनग्गे पर्यटक भित्राउन सकिन्छ । अमेरिका, यूरोप र संसारका अन्य मुलुकले फिसिङ खेलको माध्यमबाट अर्बौ डलर आम्दानी गरि राखेका छन् ।

फिसिङ एडभेन्चरको माध्यमबाट राष्ट्रले थप पहिचान पाउँछ । उदाहरणको लागि विश्व चर्चित टेलिभिजन प्रस्तोता, लेखक, बायोलोजिस्ट, फिशरम्यान जेरेमी जोह्न वेड तथा बास फिशरम्यान रोय स्कट, मिखाएल ल्यकोनेली, क्यविन भ्यन्डम आदी फिसिङ खेलाडीले ब्रिटेन र अमेरीका जस्ता देश अझ बढि विश्वमाझ चिनाउने र आफ्नो राष्ट्रको अर्थतन्त्र थप मजबूत बनाउने काम गरिरहेका छन् ।

हामीले आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाल फिसिङ एडभेन्चरको राम्रो गन्तव्यको रुपमा चिनाउनु आवश्यक छ । मत्स्य पालन, संरक्षण, सम्बर्द्धन र यसको महत्वको बारेमा जन-चेतना फैलाउने, विभिन्न तालिम सञ्चालन गर्ने, उचित नियम र सिस्टम बनाएर यसलाई व्यावसायिक र मनोरन्जनात्मक साहसिक खेलको रुपमा विकास गर्न सम्भव छ । हाम्रो देशमा वार्षिक १ लाख ३१ हजार मेट्रिक टन भन्दा बढी माछाको डिमान्ड छ । करोडौं रुपैयाँ खर्चेर बिषादीयूक्त बासी माछा भारतबाट आयात गर्न बाध्य छौं हामी ।

नियमित ताजा माछा सेवनले मानिसको स्वास्थ्यलाई पनि लाभ हुन्छ । लाखौं युवा बेरोजगारी भएर बस्ने स्थिति हुँदैन । नेपाल माछा उत्पादनमा आत्मा निर्भर तर्फ उन्मुख हुन्छ र यसले अर्थ उत्थानमा पार्ने सकारात्मक प्रभाव लाई मध्यनजर गर्दै हरेक वडा, गाउँपालिका र राज्य स्तरबाटै मत्स्य पालन तथा पोखरी निर्माण अभियानको रुपमा लैजान सकिन्छ ।

स्वास्थ्यको दृष्टिकोणले फिसिङ आफैमा एउटा मेडिटेसन, आनन्द वा प्राकृतिक उपचार पद्धतिको रुपमा उपयोग गर्न सकिन्छ । यसबाट धेरै रोग निको हुन सक्छन् । जब फिसिङमा बसिन्छ तब सकारात्मक इनर्जी सहितको कर्ममा तल्लीन भइन्छ, त्यहाँ अरु कुरा सोच्ने फुर्सदै हुन्न । सकारात्मक धैर्यतामा घण्टौं, हप्तौं बितेको पत्तै हुँदैन ।

त्यो बेला शरीरका हरेक कोशले पोजेटिभ इनर्जी निरन्तर रिलिज गरिरहन्छ । जसले गर्दा धेरै किसिमका रोग र समस्याहरु कन्ट्रोल हुन्छन् । कैयौंले नशा, तास९जूवा० लगायतका कूलतबाट मुक्ती पाउने अवसर पनि पाउँछन् । यसका उदाहरण पनि थुप्रो छन् । किनकी यही बेला मनिसहरुले प्रकृतिसँग प्रत्यक्ष कनेक्सन गर्ने अवसर पाउँछन् र मानसिक तथा शारीरिक अवस्थामा उपचार पाइरहेका हुन्छन् ।

खेलकुदको पाटोबाट हेर्दा उद्देश्य माछा मारेर जिविकोपार्जन होइन । यो नितान्त मनोरन्जन हो । झनै पोखराको सन्दर्भमा आम मानिसको बुझाईमा फेवाताल, बेगनासताल, रुपाताल आदि छन ।

ओहो १ त्यहाँ गएर फिसिङको मजा लिने, बोटिङ गर्ने, हिमालको मनोरम दृस्यावलोकन गर्ने, प्याराग्लाइडिङ्गमा उड्ने, ट्रेकिङ जाने, मीठा भोजनको स्वाद लिने र सुखद होलिडे मनाउने आदि उद्देश्यले आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । २४ दिन बिदामा आउने पर्यटकसँग के को लाइसेन्स हुनु ?

त्यो सम्भव पनि छैन । फिसिङको मजा लिनु पर्यो भनेर तालको किनारमा के बस्न मात्र भ्याएको हुन्छ । महानगरपालिकाको कर्मचारी आएर झ्यापझुप रड, मेसिन उठाउने, धरपकड गर्ने, रड भाँचिदिने, फ्याँकिदिने, केही बोल्ने मौका नै नदिइ माथिको आदेश हो माथि नै गएर कुरा गर्नु भन्दै भटाभट जान्छन् सबै सामान लिएर १ उनीहरुलाई प्रोत्साहन दिनु, आतिथ्यता प्रदान गर्नुको सट्टा राज्य बाटै यस्ता क्रियाकलाप हुनु खेदजनक छ । सिस्टमको विकास गर्ने र उचित शुल्क लिएर फिसिङ खेलको माध्यमबाट हजारौं, लाखौं पर्यटक भित्राउँदा राज्यलाई नै लाभ हुन्छ त । सच्याउनु पर्ने विषय यस भित्र भई राखेका विकृतिहरु के कस्ता छन्, सो बारेमा बहस, बिचार बिमर्श गरेर यसको निराकरण गर्न सकिन्छ ।

सिस्टमको विकास गर्न जरुरी छ । जस्तै स् माछाको साइज वा तौल कतिसम्मको समाउने वा रिलिज गर्ने, विष, करेन्ट लाउनेलाई हदैसम्मको कारबाहीको दायरामा ल्याउनुपर्छ । जथाभावी खेलिने पाड्की, बोतललगायतलाई बन्देज गर्नुपर्छ । यसले सम्बन्धित ठाउँ र परिवेशको शोभनियता बढाउने र फोहोर व्यवस्थापनमा सहयोगी भूमिका नै खेल्छ । फिसिङ स्ट्यान्ड, रड, रील, लाइन आदि अनिवार्य मापदण्ड निर्धारण गर्ने । लाइसेन्स अनिवार्य गर्ने, तथापि वर्तमानमा भई राखेको र पोखरा महानगरपालिकाले लिई राखेको नविकरण शुल्क अत्यधिक महंगो भएको अवस्था छ ।

वार्षिक २५ सय प्लस भनेको एउटा प्रा।लि। को नविकरण शुल्क भन्दा पनि ज्यादा हो ९पेशा वा व्यवसाय गर्नेको हकमा लागु नहुन सक्छ० । यो सच्याउन अनिवार्य देखिएको छ । अर्को विचार गर्नुपर्ने कुरा गाउँपालिका, नगरपालिका, महानगरपालिका वा मत्स्य अनुसन्धान केन्द्र जहाँबाट लाइसेन्स वितरण गरेको भए पनि प्रतिबन्धित ठाउँ र समय बाहेक अधिराज्य भर मान्य हुनु पर्छ ।

लेखक : विपिन सुवेदी