ह्याचिंग अण्डाको वाटर लस भनेको के हो ?

इन्कुवेटर मेसिनमा ह्याचिंग अण्डा सेटिंग गरेदेखि १८ औँ दिनमा ह्याचर मेसिनमा ट्रान्सफर गर्ने बेला सम्म अण्डामा हुने पानि, जति प्रतिशतले घटेर जान्छ, उक्त घटेको मान लाई वाटर लस भनिन्छ इन्कुवेटरह्याचर मेसिनको आद्रता ठिक भएनभएको बारे यकिन गर्ने सरल उपाय पनि होवाटर लस मापन

गणितीय रुपमा :

% वाटर लस = घटेको अण्डाको तौल (हराएको पानिको तौल) / सेटिंग गर्दाखेरीको अण्डाको तौल * १००

वाटर लस आवश्यक भन्दा कम वा बढी हुनुले के संकेत गर्दछ ?

वाटर लस कम हुनु भनेको इन्कुवेटर मेसिनको आद्रता बढी हुनुको संकेत हो यस्ता अण्डाबाट चिक यिल्ड मान पनि बढी आउनसक्छ चिक यिल्ड मान बढी आएमा चल्लाहरु फार्ममा पुगेपछि तुरुन्त दानापानी खान तयार हुदैनन् अल्छी हुन्छन

वाटर लस बढी हुनु भनेको मेसिनको आद्रता कम हुनुको संकेत हो यस्ता अण्डाबाट चिक यिल्ड मान पनि कम  आउनसक्छ चिक यिल्ड मान कम आएमा चल्लाहरुमा डिहाईड्रेशनको शिकार हुने फार्ममा पुगेपछि राम्रो उत्पादन नहुने जोखिम बढी रहन्छ । डिहाईड्रेशन भएको चल्लाले तिखो आवाज छिटो-छिटो निकाल्ने गर्छन ।

अंकमा कति हुनुपर्ने हो वाटर लस ? कतिलाई कम वा बढी मान्ने ?

यथोचित तापक्रम सहित इन्कुवेशन गरेको खण्डमा सबैभन्दा उपयुक्त वाटर लस भनेको १११२ % हो ११ % भन्दा पनि कम वाटर लस हुनु वा १२ % भन्दा बढी वाटर लस हुनु दुवै उपयुक्त होइन जसले चल्लाको गुणस्तर कमसल बनाउँछ, साथै ह्याचविलिटी पनि कम गराउँछ

नोट : केहि मात्रामा पानी (. % प्रति हप्ताको दरले) ह्याचिंग अण्डा भण्डारण गर्ने क्रममा पनि वस्पिकरण भएर हराउने गर्दछ भण्डारणको क्रममा वस्पिकरण भएर हराउने पानिलाई समेत मध्यनजर गर्दा हप्ता सम्म भण्डारण गरेर सेटिंग गरेको ह्याचिंग अण्डाको वाटर लस १८ औँ दिनमा १०.११. % हुनुपर्दछ । त्यस्तै २ हप्तासम्म भण्डारण भएको ह्याचिङ अण्डाको हकमा सो मान १० – ११ % हुनुपर्दछ 

वाटर लस मापन प्रक्रिया 

वाटर लसलाई ठिकसँग मापन गर्न ट्रान्सफर समयको राम्रोसँग हेक्का गर्नुपर्छ:

– प्रत्येक इन्कुवेटरको तीनवटा ट्रे बाट चिक यिल्डको मुल्यांकन गर्ने । प्रत्येक प्यारेन्ट फ्लकको वाटर लस छुट्टा-छुट्टै मुल्यांकन गर्ने ।

– यस्तो डिजिटल काँटाको प्रयोग गर्ने जसले एउटा पुरै इन्कुवेटर ट्रे को तौल ५ ग्राम भन्दा बढी फरक (तलमाथि) नपर्ने गरि लिन सकोस ।

नोट: यो प्रक्रिया ह्याचारिमा “चिक यिल्ड” मापन गर्ने प्रक्रियासँग सँगै जोडेर अगाडी बढाउन सकिन्छ ।

. खालि सेटर ट्रे वा इन्कुवेटर ट्रे को तौल लिने यो काम अण्डा सेटिंग गर्ने बेलामा वा सेटर बाट ह्याचरमा ट्रान्सफर गर्ने बेलामा गर्न सकिन्छ

. ट्रे लाई सफा ह्याचिङ अण्डाले भर्ने फोहोर, फुटेको, बोक्रा कमसल भएको आदि ह्याचिङ नहुने खालको अण्डालाई नलिने

३. अण्डाले भरिएको ट्रे को तौल लिने  

४. ट्रे मा चिन्ह लगाउने ताकि ट्रान्सफर गर्ने बेला सजिलै चिन्न सकियोस प्रत्येक मेसिनको लागि प्रयोग गरिने वटा ट्रे मेसिन भित्र एउटा माथिल्लो भागमा, दोश्रो बिचको भागमा तेस्रो तल्लो भागमा राख्नुपर्ने हुन्छ

५. ट्रान्सफर गर्न भन्दा अगाडी क्यानडलिंग गरी फरटीलिटी जाँच गर्नुपर्ने हो भने, वाटर लस मापन गर्ने क्रममा ट्रे बाट इनफरटाईल अण्डाहरु नहटाउने

६. १८ औँ दिनमा ट्रान्सफर गर्ने क्रममा, पून: सम्बन्धित अण्डाले भरिएको ट्रे को तौल लिने । ट्रे मा चर्किएको-फुटेको अण्डा भएमा सो ट्रे को तौल नलिने ।

वाटर लस मापनको लागि हिसाब-किताब 

% वाटर लस = (सेटिंग गर्ने बेलाको भरिएको ट्रे को तौल – ट्रान्सफर गर्ने बेलाको भरिएको ट्रे को तौल) / (सेटिंग गर्ने बेलाको भरिएको ट्रे को तौल – खालि ट्रे को तौल)

उदाहरण :

खालि ट्रे को तौल = १२०५ ग्राम 

सेटिंग गर्ने बेलाको भरिएको ट्रे को तौल = ८२०१ ग्राम 

ट्रान्सफर गर्ने बेलाको भरिएको ट्रे को तौल = ७३८२ ग्राम 

% वाटर लस = (८२०१ – ७३८२) / (८२०१ – १२०५) = ८१९/६९९६*१०० = ११.७ %

यदी अण्डा १८ औँ दिनमा नभई अन्य दिन ट्रान्सफर र तौल लिने कार्य गरिएको भएमा, हिसाब गरिएको वाटर लस लाई १८ औँ दिनको लागि रुपान्तरण गर्नुपर्ने हुन्छ । यसो गर्नको लागि हिसाब गर्दा आएको वाटर लस लाई ट्रान्सफर गर्दाको दिनको अंकले भाग गरेर १८ ले गुणन गर्नुपर्ने हुन्छ । माथिको वाटर लस मापन १७ दिनमा गरिएको ट्रान्सफरको लागि हो भने १८ औँ दिनको लागि निम्न अनुसार रुपान्तरण गर्न सकिन्छ : (११.७/१७) * १८ = १२.४ % ।

वाटर लस नतिजा विश्लेषण एवं आवश्यक प्रतिक्रिया :

चित्रमा ३ वटा प्यारेन्ट फ्लकको प्रत्येकको ३ वटा सेटर ट्रे प्रयोग गरि मापन गरिएको वाटर लस नतिजा ग्राफमा क्रस चिन्हले इंकित गरिएको छ ।

फ्लक / Flock

नतिजा विश्लेषण : वाटर लस सामान्य भएको

आवश्यक प्रतिक्रिया : कुनै प्रतिक्रिया आवश्यक नभएको

फ्लक / Flock

नतिजा विश्लेषण : वाटर लास सामान्य भन्दा केहि कम भएको

आवश्यक प्रतिक्रिया : यो इन्कुवेटरको वाटर लस पुन: जाँच गर्ने ह्युमीडिफायरले राम्रोसँग काम गरेनगरेको यकिन गर्ने अझैपनि वाटर लस कम देखिएमा, इन्कुवेटरको आद्रता कम गराउने   

नोट : भण्डारण गरिएको अण्डाको लागि यो मानलाई सामान्य नै मान्नुपर्छ  

फ्लक / Flock

नतिजा विश्लेषण : वाटर लस अत्याधिक बढी भएको

आवश्यक प्रतिक्रिया : यी ट्रेमा चर्किएको अण्डा भएनभएको यकिन गर्ने ह्युमीडिफायरले राम्रोसँग काम गरेनगरेको यकिन गर्ने इन्कुवेटरको आद्रता बढी गराउने  

नोट : यदी चर्किएको अण्डा फेला परेमा उक्त नतिजालाई मान्यता नदिने फेरी मापन गर्ने

विशेष नोट : वाटर लस लाई % ले अदलबदल गर्न, आद्रता लाई  % सापेक्षिक आद्रता (RH) अथवा डिग्री सेन्टीग्रेड वा   डिग्री फरेनहाईटको दरले ड्राई वल्वमा परिवर्तन ल्याउनुपर्छ

लेखक  : डा. विवेक बन्धु रेग्मी
कन्शलटेन्ट भेटः पोल्ट्री कन्शलटेन्शी एण्ड डायग्नोष्टिक ल्याब, दाङ
प्राविधिक निर्देशकः हाइजिन एग्रो प्रा. लि., घोराही, दाङ