नेपालीले खानामा भलै बत्तीस व्यञ्जनका परिकार राखे पनि दालको उपस्थिती छैन भने खाना अधुरो र अपुरो ठान्ने गर्दछन् । जसले नेपाली र कोशेबालीबीच पारस्पारिक सम्बन्ध युगौँयुग देखि रहदै आएको स्पष्ट पार्दछ । जस्तो सुकै बालीसँग पनि लगाउन सकिने, अरु बालीको तुलनामा बढी बजारभाउ पाउने, वायुमण्डलको आणबिक नाइट्रोजनलाई जमिनसम्म पु¥याउने जस्ता विशेषता बोकेकै कारण कोशेबालीको महत्व अझ विशेष रहन गएको छ । ती कोशेबाली मध्यको एक महत्वपूर्ण बाली हो, मुङ । माटोको भौतिक, रसायनिक र जैविक संरचना निर्माण तथा पुनः निर्माण गर्न मुङले आफ्रनो जराको डाँठमा सगोत्र प्रजातिका राइजोवियम लगायत अन्य जीवाणुहरुलाई बास दिएर नाइट्रोजन रुपान्तरणमा अहम भूमिका निर्वाह गर्दछ । हाल नेपालमा राष्ट्रिय कोशेबाली अनुसन्धान कार्यक्रम, खजुराले सहभागितात्मक अनुसन्धान परिक्षणहरुबाट नेपालमा मुङ खेतिको विकासमा काम गरिरहेको छ ।

मुङ साठ्ठी दिनमा फल प्रदान गर्ने कोशेबाली हो । पश्चिम नेपालको अधिकतम कृषकहरुले वर्षातमा धान खेति र हिँउदमा गहुँ खेति गर्दै आएका छन् । हिँउदमा लगाइने गहुँ खेति पश्चात् असारमा धान रोप्न पूर्व यस क्षेत्रका कृषकहरुका खेतहरु खाली रहन्छन् । यस अवधिमा मुङ खेतिको प्रबल सम्भावना रहेको छ । मंसिरको सुरु हप्तामा गहुँ छरेर चैत्र महिनाको पहिलो हप्ताभित्र गहुँ काटेर खेतलाई मुङ खेतिका लागि तयार गर्न सकिन्छ । यसरी जेठ महिनाको अन्तिम हप्तासम्म मुङको उत्पादन गरिसकेपछि धान खेति गर्न सकिन्छ । मुङको उत्पादनबाट एकातर्फ महङ्गो पर्ने मुङ दाल बिक्रि गर्न सकिन्छ भने अर्कातर्फ मुङको बोटहरुलाई खेतमै पल्ट्याई हरियो मलको रुपमा प्रयोग गर्न सकिन्छ । यसका साथै हाल यहाँका कृषकहरुले खाली खेत भएकै कारण र काम सिध्याएर कामबाट छुटकारा पाउने भन्ने मनसाय बोकेकै कारण जेठको चर्को घाममा गोबरमल खेतमा छर्ने गर्दछन् तर खेत जोत्ने काम भने पानी पर्न सुरु भएपछि मात्र अर्थात असारमा गर्दछन् । फलस्वरुप कृषकहरुले गोबर मलको उचित प्रयोग गर्न सकेका छैनन् । अतः गहुँ पश्चात् मुङ खेति गर्ने हो भने गोबल मलको प्रयोग मुङ खेतिपछि अर्थात् जेष्ठ अन्तिम हप्तामा हुन आउँछ र लगतै खेत जोत्ने काम अगाडी बढ्छ । जसले गर्दा गोबलमलको उचित उपयोग हुन आउँछ र कृषकले गोबरमलबाट अधिकतम फाइदा लिन सक्छन् ।

मुङ पानीदेखि एकदमै संवेदनशील कोशेबाली हो । अधिक वर्षातका कारण एकातर्पm मुङ बालीमा फुल फस्टाउन नपाई पातको संख्यामा मात्र वृद्धि हुन्छ र बाली पाक्न समय लाग्दछ भने अर्कोतर्फ मुङको कोशाहरुमा दाना लाग्दै नलाग्ने हुदा दानाबिहिन कोशाहरु हुन्छन् । हिँउद पश्चात असारसम्म पश्चिम नेपालमा एकदमै न्यून वर्षात हुने गर्दछ । जो मुङ खेतिको निम्ति अति आवश्यक कुरा हो । त्यसै कारणले पनि पश्चिम नेपाल मुङ खेतिको निम्ति प्रबल सम्भावना बाकेको ठाँउ हो । सकारात्मक वातावरणीय पक्षलाई आत्मसाथ गरि गहुँ–मुङ–धान चक्रबाली लगाइ यस क्षेत्रका कृषकहरुले कृषि पेशाबाट फाइदा लिन सक्दछन् ।

धनगढी उपमहानगरपालिका वडा नं. १२ जुगेडा सी गाँउ स्थित वर्षौँदेखि धान र गहुँ खेतिमा आबद्ध कृषक सागर बोगटीले तीन वर्षदेखि मुङ खेति पनि गर्दै आएका छन् । आफ्नो दश कठ्ठा जमिनमा मुङ खेति गर्दै आएका उनले मुङ खेति गर्नाले कृषिबाट वार्षिक आम्दानी बढेको बताउछन् । उनका अनुसार गत दुई वर्ष एकदमै राम्रो मुङ फलेकोमा यस वर्ष भने पहिलेको तुलनामा वर्षात बढी भएकाले फुल फुल्न एकदमै समय लागेको र कोशाहरु पनि दानाविहिन भएकाले खासै उत्पादन भएन । उत्पादनमा हृास आएतापनि मुङका बोटहरु खेतमै पल्टाएर मलको रुपमा प्रयोग गरेका कारण धानकोृ उत्पादनमा सहयोग पुग्नेमा विश्वस्त छन् ।

चैत्र महिनामा गरिने मुङ खेतिको निम्ति कृषकले मंसिर महिनामा नै ध्यान दिनु पर्दछ । जसको निम्ति कृषकले मंसिर पहिलो हप्तामा गहुँ छरिसक्नु पर्दछ । यसो गर्दा चैत्र महिनाको सुरु हप्तामा मुङको लागि जग्गा तयार गर्न सकिन्छ । माटोेको चिस्यान एकदमै न्यून छ भने खेत सिचाइँ गरि ३/४ दिन घाममा सुक्न दिनुपर्दछ । चिस्यानको मात्रा उचित भएपछि खेत राम्रोसँग जोतेर पाटा लगाई मुङको बीउ छर्नुपर्दछ । सम्भव भएसम्म ट्रयाक्टरकोे सहायताले सीड कम फर्टिलाइजर ड्रीलबाट लाइनमा छर्नु पर्दछ । यसरी छर्न सम्भव नभए गोरुको सहायताले हलोले खेत जोतेर हातले बीउ छरी पाटा लगाउनु सकिन्छ । बीउ छरेको २५/३० दिनपछि झारपात हटाउन गोडमेल गर्नुपर्दछ भने बीउ छरेको ४०/४५ दिनसम्म वर्षात भएन भने एकपटक सिचाइँ गर्नु पर्दछ । मुङ पाक्ने बेलामा कोशाहरु कालो अथवा ख्रैरो रङको भएपछि टिप्नुपर्दछ । मुङको कोशाहरु समयमै टिपी कोशाहरु फुटेर मुङको दाना भुइमा झर्नबाट बचाउन सकिन्छ । यसरी पाकेका कोशाहरु टिपेपछि घाममा सुकाइ लठ्ठीले चुट्नुपर्दछ । दानाहरुको चिस्यान लगभग १० प्रतिशत सम्म पारेपछि हावा नछिर्ने भाँडोमा भण्डारण गर्नुपर्दछ ।

लेखक : लोकेन्द्र सिंह