कोभिड- १९ को असर पछि कृषिमा धेरै मान्छेको आकर्षण भएको पाइन्छ । उच्च व्यापारिक घराना देखि लिएर सामान्य मान्छेहरुले पनि कृषि तर्फ लागेको सुनिन्छ । विदेशबाट फर्केर आएकाहरुले पनि कृषि पेशा अँगाल्न थालेका छन् । धेरैले जीविकोपार्जनको लागि यो पेशा अँगालेका भएपनि केहीले व्यवसायिक रुपमा काम गर्न थालेको पाइन्छ । हामीले पनि कृषि सबैभन्दा राम्रो व्यवसाय भन्ने सोचका साथ गत वर्षदेखि व्यवसायिक काम थाल्ने गरेका छौं । हुन त हामीले झण्डै एक दशक अगाडि देखिने कृषिमा व्यवसायिकता काम गर्नुपर्छ भनेर केही सोच विकास गरी पूर्वाधारका कामहरु गरिरहेका थियौं । दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. ६ को सिक्री भन्ने स्थानमा केही रोपनी जग्गा खरिद गरेका थियौं । सडक, वत्ति, सिचाईको प्रवन्ध गरिएको छ । तर एक वर्ष अगाडिबाट हामीले कृषिलाई व्यवसायिक पहिचानका साथ काम गर्नका लागि काम थालेका छौं । अहिले कोरोनाको प्रभाव पछि सवैको ध्यान र आशा कृषि तिर देखिएकोले राम्रो काम थालनी गरेका रहेछौं भन्ने कुराको पुष्टि भएको छ । अहिले तिन तहका सरकारहरुले कृषिलाई उच्च प्राथमिकतामा राखि नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको पाइन्छ तथापि संघीय बजेटमा राम्रोसँग प्रतिविम्व भएको पाइन्न । अन्य तहको वजेटमा के छ धेरै विश्लेषण गरिएको छैन । तथापि उत्साहजनक कुरा सुनिदैन ।

व्यवसायिक रुपमा कृषि कर्म गर्दा एउटा मात्रै काम गर्छु भनेर हुँदोरहेनछ उदाहरणको लागि कुनै पनि सार्वजनिक पदमा बसेको एक जना मान्छेले त्यो पदको निर्दिष्ट काम मात्रै गर्छु भनेर हुँदैन । अरु संरचनाहरुसँग पनि काम गर्नुपर्छ । कहिलेकाहीँ त्यो पदमा भएको नाताले अन्य पदहरूको नेतृत्व पनि गर्नु पर्न सक्छ । त्यस्तै रहेछ कृषिकर्म पनि ।

हामीले ब्यबसायिक रुपमा किवि खेती गर्ने भनेर सुरुवात गरेका थियौं तर त्यो खेती प्रवद्र्धन गर्नको लागि अन्य कृषी कर्म गर्नु वाध्यता हुन पुग्यो । किविको लागि नभईनहुने कुरा मल हो । त्यसको लागि पशुपालन गर्नु पर्ने भयो । गाईवस्तुको लागि घाँसपालन । अनी गाइवस्तु पाले पछि दुधको व्यवसाय पनि गर्नु पर्ने भयो । अहिले दुहुना सहित ५ वटा भन्दा वढि गाईवस्तु पालिएको छ ।

किवीको विरुवा ६,७ मिटर फरकमा रोपिन्छ । त्यसको विचको जग्गा खाली रहन गयो । खाली रहेको जग्गामा खुर्सानी खेती गरियो । किवीका लागि नियमित सिचाई आवश्यक पर्दछ । पानी संचय गर्न पोखरी निर्माण गरियो । सानै भए पनि चल्ने थियो, ठाउँ छ अली ठुलो वनाई पानी टन्न संकलन गर्दा राम्रै हुन्छ होला भनी पोखरी निर्माण गरीयो । पानी जम्मा हुने सतह नैं १२०० वर्गमिटर भन्दा धेर भएछ । पोखरी किन खालि राख्ने भनेर माछा हालियो ।

किवीको रेखदेख गर्न मान्छे वस्नु परिहाल्छ भनी ६ कोठे २ तले एक घर निर्माण भयो । त्यो घरमा नियमित मान्छे परिवार सहित बस्ने प्रवन्ध पनि मिलाइयो । त्यो परिवारका लागि थप काम चाहियो । केही हाँस र कुखुरा पनि हालियो । अव हेरौं त, किवीको व्यवसायि खेती गर्न खोज्दा कति व्यवसाय झाँगिदो रहेछ । तपाइले गर्न खोजेको कृषि कर्मको आकार र क्षेत्र वढ्दा लगानी पनि वढि हाल्दो रहेछ । त्यसैले तपाइले वनाएको एक विषयको व्यवसायिक योजनाले काम गर्दा रहेनछ । केही रोपनीवाट काम थालेको अहिले १२० रोपनी भन्दा वढिमा कृषिसँग सम्वन्धीत विभिन्न व्यवसायिक कर्म गर्ने कोशिस भैरहेको छ ।

कृषि कर्म भित्र पसेर काम गर्न खोज्दा केही नीतिगत अवसर पनि हुँदा रहेछन् । कृषि कर्मको दायारा फराकिलो हुँदै जाँदा थप लगानी आवश्यक परिहाल्छ । यसका लागि व्याज दर छुटमा कृषि ऋण लिन सकिने प्रावधान छ तर त्यो लिन धेरै मुस्किल भैरहेको छ । तिन गुणा भन्दा वढिको धितो राख्नु पर्ने, अनी कृषि कम्पनी वा फार्मका सवै शेयर सदस्यको एकाघरका समेत जम्मा भैं वैंकमा उपस्थीत भैं ल्याप्चे गर्नु पर्ने वाध्यता छ । त्यो सवै मापदण्ड पूरा गर्न मुस्किल पर्दछ । अलि ठुलो आकारमा व्यवसाय गरौं भनेर धेरै जना साथी भाई जुटेर काम गर्न खोज्यो अनि ऋण लिने वेलामा यस्तो कठिनाइ आइ पर्दछ । सरकारले दिएको सहुलियत लिन सक्ने अवस्था भैराखेको छैन ।

सरकारी अर्को सहुलियत विमा हो । आफ्नो लगानी सुरक्षित गर्न सवैले चाहान्छन् । यसका लागि सरकारी प्रवन्धमा विमा आकर्षित खाल्को छ । वालिको विमा गर्दा वुझाउनु पर्ने शुल्कको ७५ प्रतिशत सरकारवाट व्यहोर्ने व्यवस्था छ । कृषी व्यवसायिले २५ प्रतिशत मात्र वुझाउँदा हुन्छ तर वाली विमा गराउनु मुस्कील रहेछ । केही गरी गराइहालियो भने पनि त्यस वापतको दावि लिनु पर्ने अवस्था आएमा फलामको च्यूरा चवाउनु सरह हुँदो रहेछ । कृषि वालीको विमा गर्न जिम्मेवारी पाएका कम्पनी तयार हुँदैनन् । त्यो कम्पनीको केन्द्रीय कार्यालयले जिल्ला शाखालाई वाली विमा नगराउनु भन्दछ । पशु विमाका लागि तयार भएको पाइयो तर वालि विमा पटक्कै गराउन चाहाँदैनन् । कसै गरी गराएछन् भने पनि दावी लिन धेरै मुस्कील मात्र होइन असंभव जस्तै हुँदो रहेछ । वल्ल तल्ल पहिलो वर्ष किवीको विमासम्म गरियो तर दोस्रो वर्ष देखि गर्न सकिएन । अरु कुनै वालिको पनि गर्न सकिएन । हामी हाम्रा सवै वालीको विमा गराउन चाहान्छौं तर खैं ?

आगामी वर्ष देखि अनुदानको व्यवस्था नैं खारेज हुन्छ भन्ने सुनिएको छ । यस वर्ष विभिन्न अनुदानका लागि सूचना आव्हान तहगत सरकारहरुवाट भए । यस मध्येको एक उदाहरण यहाँ प्रस्तुत गर्न चाहान्छु । वाग्मती प्रदेश सरकार, कृषी मन्त्रालयले कृषि उपकरणका लागि ७५ प्रतिशत अनुदानको लागि निवेदन आव्हान ग¥यो । हामीले आवेदन दियौं, हाते ट्याक्टरका लागि । धन्न, निवेदन कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय चरिकोटमा दिन पाइयो । हामी छनौटमा प¥यौं, हाते ट्याक्टर पाइने भैयो । संझौता गर्न कृषि ज्ञान केन्द्र रामेछाप जानु पर्ने भयो । संझौता भयो । सम्वन्धीत कम्पनीको बैंक खातामा रु. ५० हजार जम्मा गरिदियौं । उपकरण सम्वन्धीत विक्रेता कम्पनीले चरिकोटमा उपलव्ध गराइदियो । त्यो राम्रो भयो । त्यस पछि त्यसको कम्पनीको विल सहित वोकेर रामेछापमा रहेको कृषि ज्ञान केन्द्रमा नैं वुझाउनु प¥यो । लकडाउनको समय थियो अनेक तरहले वुझाइएको छ । अव सुनिदैं छ अनुदान वापतको ७५ प्रतिशत रकम फिर्ता लिन फेरी एक पटक रामेछाप जानु पर्ने हल्ला थियो । आषाढको २६ गते भैसक्यो, कृषि ज्ञान केन्द्र रामेछापमा फोन गरेर सोधियो । त्यो विल हेटौडा तिर गएको छ उतैवाट खातामा हालिदिन्छ होला भन्ने खवर पाइएको छ । त्यताको सम्पर्क कता हो थाहा छैन असार मसान्त पछि भयो भने के होला थाहा छैन । हामीले पाएको उपकरणको वजार मूल्य कति पर्ने हो हामीले सोधखोज गरेका छैनौं । प्रतिस्पर्धावाट छानीएकोले सस्तै परेको होला भन्ने लागेको छ । त्यस माथि पनि अनुदान पाउने भएपछि खुसी त भैयो नैं । तर रु. ५० हजारको ७५ प्रतिशत अनुदान रकम फिर्ता लिन कति पटक धाउनु पर्ने ? के यहि हो कृषिमा सहज वनाउने प्रकृया ? संघियता भनेको यही होला त ? हाम्रो अभ्यास कता हिडीरहेको छ ? सामान्य कृषकले यी सवै प्रकृया पूरा गर्न सजिलो छ ? सवै पालिकामा कृषि शाखाहरु छन् त्यही मार्फत गरे के हुन्थ्यो होला ? वा सवै जिल्लामा कृषि कार्यालय वा सम्पर्क कार्यालय मार्फतै गरे पनि हुने थियो नी । कुनै कार्यालय प्रति गुनासो हैन हाम्रो प्रणाली प्रतिको प्रश्न हो । वैंकहरुवाट रकम आदान प्रदान अनलाइनवाट हुन्छ यस्ता काम चाँही अनलाइनवाट किन नगरिएको होला ? हामी हिसाव गरौं, खेत वारीमा विताउनु पर्ने मान्छेको समय, लकडाउनको वेलामा ओहोर दोहोर गर्दाको अन्य खर्च । यसले पक्कै पनि उत्साहित वनाउँदैन ।

आफ्नो नजिकमा कार्यालयहरु हुँदा काम गर्न सजिलो हुने कुरा वोच वाग्वानी केन्द्र, भीमेश्वर नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना किवी जोन दोलखासँग सहकार्यले महशुस गराएको छ । कम्तीमा पनि कृषि कर्मसँग सम्वन्धीत यस्ता सेवा प्रवाह गर्ने कार्यालय नजिक हुनु पर्ने आजको आवश्यकता पनि हो ।

कृषिकर्म लाग्दा आवश्यक पर्ने भनेको प्राविधिक सेवा हो । हामीले परीक्षणको लागि माछापालनको काम गर्ने सोच्यौं । माछाको भुरा पाउनै मुस्कील । गतवर्ष नैं पोखरी तयार भएको भएतापनि भुरा पाउन नसकेर पोखरी खेर गयो । गतवर्ष बालाजुमा रहेको मत्स्य पालन केन्द्रमा सम्पर्क गरी पटक पटक कोशिस ग¥यौं । २ पटक त्यही पनि पुगियो । भुरा लगेको ४ घण्टा भित्र पोखरीमा हालि सक्नु पर्छ भन्ने कुरा जानकारी पाइयो । ८ घण्टा सम्मको लागि अक्सीजन राख्ने प्रविधि वनाइँदैछ त्यस पछि लैजानु होला भन्ने जानकारी पाइयो । त्यो प्रविधि वालाजुमा गत वर्ष वन्न सकेन । वाध्य भएर गत वर्ष भुरा हाल्ने सिजन नैं गुजार्न पुग्यौं । यस पटक पनि त्यही सम्पर्क ग¥यौं । अहिले पनि टुँगो छैन भने पछि हेटौडा स्थीत मत्स्य पालन निर्देशनालयमा अधिकृत नवराज दाहालसँग सम्पर्क गरी उहाँको समन्वयमा चितवनको भँडारामा भुरा पाइने भैयो । अघिल्लो दिनमा नैं उही वास वसी विहान ५ वजे नैं भुरा वितरण केन्द्रमा लाइन वस्न गयौं । भुरा हालेको वढिमा ८ घण्टामा पोखरीमा हालिसक्नु पर्ने जानकारी पाइयो । हाम्रो पोखरीमा भ्यागुता धेरै छन् त्यसले माछाको भूरा खान्छ भन्ने सुनियो त्यस वारेमा त्यहाँ सोध्दा ठोस जानकारी पाउन सकिएन । काठमाडौं हुँदै जाने, जाली किन्ने र केही दिन सम्म जाली भित्र माछा पाल्ने सोच सहित फर्कियौं । माछा सम्वन्धी तालिम कहाँ पाइन्छ भनी भँडारामा सोध्दा सरकारी निकायले त्यस्तो दिँदैन र कहाँ पाइन्छ पनि थाहा छैन रे । कितावमा पढेको र विभिन्न कृषि एप्स हेरेको भरमा दानाका लागि चाहिने सामाग्री पनि तयार गर्न लगाइयो । हामी वनेपा पुगेका थियौं । गाडी विग्रियो । ढिला भैसकेको थियो, अव झन गाडी विग्रीयो । हतार हतार काठमाडौंवाट सुमो मगाएर चरिकोट तिर लागियो । १२ घण्टा नाघे पछि पो पोखरीमा पुगियो । माछाका भुरा सत्यानाश भयो होला भन्ने लागेको थियो । तर केही वाँचेको नैं पाइयो । राती परिसकेकोले जालीमा हाल्न सकिएन । अनी आधीजती त्यती कै पोखरीमा छाडेर वाँकी चाँही एक बाल्टीमा हालेर छाडियो । भोली पल्ट जाली भित्र केही माछा राखी १५ दिन जती छुट्टै पाल्यौं । पोखरीमा छाडेका अली फस्टाएको देखेर सवै भुरालाई पोखरीमा नैं छाडि दियौं । अहिलेसम्म माछाको अवस्था राम्रै देखिन्छ । यस सम्वन्धी सेवा प्रवाह गर्न चरिकोटमा कुनै निकाय वा सेवा केन्द्रहरु छैनन् ।

कृषि कर्ममा उचित मूल्यमा गुणस्तरीय विउ विजन पाउन मुस्कील छ । त्यती कैं मुस्कील हुन्छ वजारको लागि । गत वर्ष उत्पादन गरेको अकवरे खुर्सानी कतार पठाइयो । तर यो वर्ष त्यो संभावना पनि ट¥यो । यसै वर्ष केही सय केजी किवी उत्पादन हुन्छ अर्को वर्ष देखि त राम्रै उत्पादन होला त्यसको वजारको चिन्ता अहिले देखि नैं परेको छ । हुनत संघीय कृषि मन्त्रीले ५ वुँदे मार्गचित्र प्रस्तुत गर्नु भएको छ । यसमा कृषी उपज समेत किनिदिने कुरा पनि छ । त्यो कार्यान्वयन भए त गजव हुन्थ्यो तर कार्यान्वयन भैहाल्ला भन्ने धेरै भरोशा छैन । त्यसको केही छनक पनि संघीय वजेटमा देखिएन ।

किवीवाट थालनी भएको हाम्रो कृषी कर्मको यात्रा झाँगिँदैछ । ७५० वटा विरुवा सहितको किवी खेती, अकवरे खुर्सानी, माछापालन, एभोकाडो, चुच्चे ओखर अनी टिम्वुर खेती समेत सुरुवात भैं १२० रोपनी भन्दा वढिमा काम भैरहेको छ । सदरमुकाम चरिकोटको सातडोवाटो चोकवाट ४ किमीको दूरीमा भएकोले कृषि पर्यटनको रुपमा विकास गर्ने कोशिस समेत भैरहेको छ । धेरै तिर हातहाल्नु पर्दा कुनै पनि काम व्यवसायिक हुन नसकी उही पहिला कैं जिविकोपार्जनका लागि मात्र कृषि होला कि भन्ने चिन्ता वढेको छ । तथापी कृषि कर्मका धेरै आकर्षणहरु छन् । उत्पादनसँग जोडिँदा कम्तीमा आत्मसन्तुष्टी लिन सकिन्छ । त्यती मात्र होइन, विउ विजन र वजारको सुनिश्चीतता राज्य पक्षवाट हुने हो भने पनि कृषि कर्मवाट नेपाललाई आत्मनिर्भर उन्मुख वनाउन सकिने संभावना देखिन्छ ।

लेखक : भीमेश्वर अर्गानिक एग्रिकल्चर एण्ड रिसर्च प्रा.ली.का अध्यक्ष हुनुहुन्छ ।