
भौगोलिक विभिधताका साथै नेपाल सांस्कृृतिक विभिधतामा पनि धनि राष्ट्र हो । नेपालीले प्राय सबै महिनामा विभिन्न चाड पर्व मनाउने गर्दछन ती मध्य धान दिवस पनि एक महत्वपूर्ण चाड हो । हरेक नयाँ वर्षको तेस्रो महिना असार, असार महिनाको मध्यमा मनाहिने धान दिवस, असार महिना कालो बादल र झमझम पानीका साथ सुरु हुन्छ । असार महिना सुरु हुन साथ किसानको धान रोप्ने काम सुरु हुन्छ । नेपालमा धान दिवस २०६१ साल देखी मनाउन थालिएको हो । यसवर्ष पनि कृषि अनुसन्धान परिषद्को कार्यलय परिसर ललितपुरको खुमलटारमा धान दिवश मनाउने तयारी भएको छ । हरेक वर्ष फरक फरक नाराका साथ धान दिवश मनाइन्छ । यस वर्षको नारा उत्पादनमा वृद्धी आत्मनिर्भरता र समृद्धी भन्ने रहेको छ । यस बर्ष समयमै मनसुन शुरु भएकाले गतबर्षको तुलनामा असार १० गते अघि ८ दशमलव ४१ प्रतिशत बढी क्षेत्रमा धान रोपाई सकिएको कृषि बिभागले जनाएको छ ।
असार प्रन्धको आर्कषण धान दिवश दही चिउरा खाने दिन गितगाउँदै धान रोप्ने दिन हो । असार महिना लागेसंगै किसान काँदमा हलो हातमा केदाली बोकी कुखुराको पहिलो आवज संगै खोतमा पुग्दछन । धान रोप्ने खेत हिलै हिले हुन्छ धान रोप्ने मानिसहरु एक आपसमा माटो फालाफाल गर्दछन । यो द्वष्य अतिनै रमाइलो देखिन्छ । असार महिनामा नेपाल घुम्न आएका पर्यटक धान रोप्न र हिलो खेल्न मन पराउँदछन असारे भाका गाउँछन ।
“छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला बनाही कुलो लगाही पानी आएर गोडौंला
भनेर सानी पटुकी रातो बाधेर झरेकी धमीलो खोला बाडीले होला कसरी तरेकी”
नेपालमा धान दिवशको महत्व :
नेपाल कृषी प्रधान देश भएर पनि शहरमा बस्ने बच्चाहरु धान दिवशबारे अनविज्ञ छन । धान दिवशका दिन बच्चाहरुले खेतमा असारे भाका गाउँदै धान रेपेको देख्दा नेपाली सांस्कृृतिकबारे र खाद्य सुरक्षाबारे थाहा पाउँछन । हरेक बर्ष धान दिवश मनाउनुको उद्वेश्य भनेको देशैभरी धानको उत्पादकत्व बृद्वी गर्नु हो । धान दिवश असार प्रन्ध्र धान रोप्न सुरु भएको जनाउँदछ धानको पहिलो बेर्ना रोपेर राम्रो उत्पादनको आशा राख्ने दिन, धान दिवशको महत्व बढ्दै गएको छ । कोभिड –१९ र सलह किरा दुबैले कृषिक्षेत्रमा नकरात्मक असर पार्ने देखिएको छ । कोभिड –१९ ले गर्दा ३ महिनादेखी देश लकडाउनमा छ , किसानलाई बिउ, मल र बिषधीको अभाब त छदैथियो जसोतसो जेहो गदैथिए अर्को महामारी सिर्जाना गर्ने सलह किरा भित्रीएको छ यस्तो अवस्थामा खाद्य सुरक्षा कायम गर्नु चुनौती बनेको छ । धान दिवशका दिन विभिन्न आधुनीक तरीकाबाट धान रोप्ने र मोसीन बाट धान रोप्ने प्रबीधीबारे किसानलाई जानकारी दिने गरिन्छ र बिभिन्न तरीकाबाट धान रोपेर किसानलाई देखाहिन्छ । नाचदै, गाउदै, रमाउदै किसानहरुले दुःख साटसाट गर्दछन ।
नेपालमा धान उत्पादनको अवस्था :
नेपालमा धान खेतीको ठुलो महत्व रहेको छ । धान मानिस जन्मदा देखी मृत्युसम्म चाहिने बाली हो । धान नेपालीको मूख्य खाद्ययान्न पनि हो । करिब ५० प्रतिशत भन्दा बढी खेती गरिएको जमिनमा धान खेती गरिन्छ । ७५ प्रतिशत भन्दा बढी किसान आधि बर्ष धान खेतीमा व्यस्त हुन्छन् । कृषि तथा पशुपंछी बिकाश मन्त्रालयका तथ्यांङ्क अनुसार नेपालको कुल ग्राहस्त उत्पादनमा २६ दशमलव ५ प्रतिशत अंशमध्य कृषि क्षेत्रको धान बालीको मात्रै कुल ग्राहस्त उत्पादन १५ दशमलव ३५ प्रतिशत योगदान रहेको छ । यसबर्ष बाँझो जग्गा नराख्ने अभियानले पनि रोपाई बढेको छ । कृषि तथा पशुपंछी बिकाश मन्त्रालयका अनुसार गत बर्ष नेपालमा धानको उत्पादनमा १.०५ प्रतिशतले घटेको थियो । प्रन्धबर्ष अगाडी २०६०/६१ मा १.५ मिलियन हेक्टर जमिनबाट ४.४ मिलियन टन धानको उत्पादन भएको थियो तर ११ बर्षपछि २०७२/७३ मा १.३ मिलियन हेक्टर जमिनबाट ४.२ मिलियन टन धानको उत्पादन भएको थियो । यसरी बषैपिछे धानको उत्पादनमा कमी आउदै गएको छ ।
नेपालीलाई आफ्नो राष्ट्रको माग पुरा गर्न बर्षीक ६,०००,००० मो.टन. धान चाहिन्छ । २०७६ मा मात्रै २८ बिलियनको धान आयत भएको कृषी बिभागले जनाएको छ । देशको प्रमुख बाली धान भएर पनि बिलियन पैषाको आयत हुन्छ भने अरु भौगोलिक विभिधताका कारण कम प्रथामिकतामा रहेका बाली कति आयत भएको होला हामी सबै कृषक दाजुभाई , कृषि प्राबिधीक र सरोकारहरुले सोच्ने बेला आएको छ । असार प्रन्ध बर्षको एक दिन धान रोपेर राष्ट्र चामलमा आत्म नीर्भर हुन सक्दैन । असार प्रन्ध्र किसानको खेतबारीमा रमाइलो गर्दै किसानको समस्या उत्थान र समस्या समाधान गर्ने जर्मको कृषि प्राबिधीक र सरोकारहरुले गर्नुपर्दछ ।