टिक्का रोग बदाममा लाग्ने सबैभन्दा साधारण र गम्भीर रोग हो। बदामको टिक्का रोग विश्व ब्यापी रुपमा फैलिएको छ। यो रोगलाई “सेर्कोसपोरा लिफ स्पोट ”  र “खैरो दाग रोग ” पनि भनिन्छ।  टिक्का रोगले बदामको उत्पादनमा ५० % सम्मको क्षति गराउछ भने  टिक्का रोग र सिन्दुरे रोगसंगै लाग्दा ७० % सम्मको क्षति गराउछ।  बदामको टिक्का रोग दुई प्रकारका ढुसीले गर्दा देखिन्छन्।  प्रारम्भिक टिक्का रोग Cercospora arachidicola ले गर्दा हुन्छ।
ढिलो आउने टिक्का रोग Phaeoisariopsis personata ले गर्दा हुन्छ।

रोगको लक्षणहरू :
लक्षण देखिन पातको माथिल्लो सतहमा फुस्रो दागबाट सुरु हुन्छ। केहि समय पछि यो दाग सबै हरियो भागमा फैलिन्छ। थोप्लाहरू गोलो वा विभिन्न आकारका हुन्छन्। थोप्लामा पहेलो घेरामा फंगसको जीवाणुहरू देखिन्छन्।

रोगचक्र :
टिक्का रोग संक्रमित बिउ र अस्वस्थ माटो बाट फैलने गर्छ। यदि कुनै खेतमा लगातार बदाम नै लगाईएको छ भने, त्यो खेतमा टिक्का रोगको खतरा आझै बढी देखिन्छ। यो रोग “कोनिडिया” नामक जीवाणुबाट सर्ने गर्छ। यी जीवाणुहरू माटोबाट सजिलै पातमा भएका प्राकृतिक प्वाल र घाउबाट पातभित्र छिर्ने गर्छन। यो रोग तापक्रम २० देखि ३०℃ र उच्च आर्द्रतामा सजिलै फस्टाएउन सक्छ। रोगको प्रमुख लक्षण माटो नजिक रहेको ठुला पातमा देखिन्छ र त्याबाट हावा र पानीको माध्यमबाट रोग अरु पातमा सर्दै जान्छ। यो रोग विस्तारै बिरुवाको जीवनचक्र भरि फैलिदै जान्छ र बिरुवाको सबै पातहरू नस्ट गरिदिन्छ।

रोगको व्यवस्थापन :

१. यान्त्रिक नियन्त्रण :
रोग लागि सकेका बिरुवा र पात हरूलाई खेतबाट निकालेर नस्ट गर्नुपर्छ। फसल काटी सकेपछि बाँकि भएको बिरुवाको भागलाई जनावरलाई खुवाएर, जलाएर वा जमिन मुनि गाडेर नस्ट गरिदिनुपर्छ। खेतमा उम्रिएका आरु झारहरूलाई हटाउनपर्छ। रोगथामक निम्ति एकचोटी खेतमा बदाम लगाएपछि बोडी, मकै जस्ता बिरुवाहरू लगाउनुपर्छ। खेतमा मल प्रसस्त हाल्नुपर्छ।

२. जैविक नियन्त्रण :
Dicyma pulvinata Verticillium lecani  नामक जीवाणुहरूले टिक्का रोग गराउने जीवाणुको जिउमा परजीवी बनेर त्यसको नस्ट गर्ने गर्दछन। माटोमा २ किलो/हेक्टरको दरले Trichoderma viridae र २५ को गाईबस्तुको मल प्रयोग गर्न सकिन्छ। बिउ रोप्नु भन्दा आगाडी त्यसलाई Pseudomonas fluorescence ले १० ग्राम/किलो बिउ अनुसार उपचार गर्नस सकिन्छ।

३. रासैनिक नियन्त्रण :
०.२ % डाइथेन एम ४५ वा डाइथेन जेड ७८ वा ०.१ % बेन्लेट जस्ता रोगनासक बिषादी १५-१५ दिनको अन्तरमा छर्न सकिन्छ। बिउ रोप्नु भन्दा आगाडी त्यसलाई २ ग्राम कारबेनडाजिम वा थिररम प्रति किलो बिउ अनुसार उपचार गर्न सकिन्छ।