सटिक कृषि प्रणाली भनेको ज्ञान र प्रबिधि सहितको कृषी ब्यवस्थापान पद्धति हो जसले कृषिमा पहिचान, मूल्याकंन र निस्चित ठाँउ ब्यवस्थापन गर्न मद्दत पुर्याउछ । जसकारण नाफामुलक, उत्पादनमा स्थिरता ल्याउछ साथै वातावरणको समेत संरक्षण गर्छ ।

सटिक कृषी प्रणालिले ज्ञान र प्रबिधिको मिश्रणबाट बाली र माटोलाइ चाहिने सहि तत्व पहिचान गरि यिनिहरुलाइ स्वस्थ बनाउन र उत्पादन बढाउन मदत गर्दछ । यस प्रणालिको मुलभुत उदेश्य भनेको नाफामुलक, स्थिर उत्पादन र वातावरण संरक्षण हो । यसलाई site specific agriculture तथा satellite agriculture भनेर पनि चिनिन्छ ।

सटिक कृषि प्रणाली मुख्यतय तीन कुरामा निर्भर हुन्छ।
१. Specialized equipment

२. Software

३. IT services

यसको प्रकृया अन्तर्गत यस्ले समय अनुसारको आर्गेनिक डाटा दिन्छ । यानिकी जुन अवस्थामा तत्कालको समयमा बिरुवा अथवा बाली छ त्यै हुबहु जस्ताको तेस्तै लाइभ डाटा दिन्छ। यसले बिरुवा वा बालिको अवस्था, माटो तथा तातो हावा को बिबरण तेस्तै (local weather predictions or weather status)  को बारेमा  साथै जन खर्च labour cost र औजारको अवस्था equipment status का बारेमा जानकारी समेत दिन्छ।

सेन्सरको कार्य खेत बारिमा भयेको (moisture) माटोको तापक्रम र वरिपरिको तापक्रम पत्ता लगाउन गरिन्छ। किसानलाई real time image दिनको लागि robotic drones /satellites प्रयोग गरिन्छ। यसबाट प्राप्त तस्वीरहरु processed वा एकीकृत गर्ने sensor को माध्यमबाट अथवा अरु डाटाबाट जसले गर्दा भबिस्य तथा तत्कालिन decision गर्न मद्दत गर्दछ र उत्पादनमा सहजता प्रदान गर्दछ । यसबाट हामिले कतिबेला रोप्ने , कहाँ पानी लागाउने, कति मात्रामा आदिकुराहरु सजिलै थाहा पाउदछौ। यस फार्मिङ सिस्टममा प्रयोग हुने software ले हामिले प्रयोग गरेको सेन्सर डाटा तथा ड्रोन बाट खिचेको तस्बिर आदिबाट analysis गरि agriculture status  prediction गरेर किसानलाई मार्ग देखाउने कार्य गर्दछ ।

यस्ले निम्न कुरामा मार्ग प्रदान गर्ने काम गर्छ।
१.  crop rotation (फरक किसिमको बाली लगाउदै जाने )
२.  Optimal planting time ( रोप्ने समयावधि)
३.  Harvesting time (काट्ने समय)
४.  Water requirement  (पानीको आवस्यकता)
५.  Soil management etc. (माटो ब्यवस्थापन )

प्राप्त बिबरणको सहायताले,
बिरुवालाइ चाहिने treatment गर्न सकिन्छ , आवश्यकता अनुसार चाहिने मल, पानी,किट्नासक आदि हाल्न सकिन्छ। जसले गर्दा किसानले खेर फाल्नु परेको सामग्री, बगेर जाने पानीको बचत हुन जान्छ। सहि मात्रामा माटोलाइ चाहिने पोशक तत्व हाल्न सकिने, खेती गर्दा लाग्ने लगानीमा बचत तथा बाताबरणिय बिपत्ती समेत न्युनिकरण गर्न सहयोग गर्दछ।

हाम्रो देशको स्थितीमा हेर्ने हो भने अहिले सम्म सटिक खेती भएको खासै पाहिएको छैन । Research Based सुरुवात गरिएपनि प्रयोग भने देखिदैन। यस प्रणालीलाई ठूलो large scale मात्र गर्न सकिन्छ नभए त आर्थिक भार धेरै पर्न जान्छ जस्तो जो कोहीलाई लाग्छ तर प्रबिधिको बिकास द्रुत गतिमा भएकाले हाल यस्लाई अनुसरण सजिलै गर्न सकिने देखिन्छ। सानो खेतिका निम्ति ड्रोन नै चहिन्छ भन्ने पनि हैन ड्रोन रहित पनि गर्न सकिन्छ। स्मार्ट फोन ले तस्बिर लिएर process गर्न पनि सकिन्छ तर अरु सेन्सर र सफ्टवेर भने चाहिन्छ। efficiency भने कम हुन जान्छ ड्रोन रहित गर्दा किनभने ड्रोनमा सेनसर पनि लगाइएको हुन्छ र auto detect गर्ने काम समेत गर्छ । कृषीलाई digitalized भने गर्नु नै पर्छ। मोबाईल एप्स,स्मार्ट सेन्सर, ड्रोन आदिको प्रयोग गरि co-operative रूपमा र साना घरेलु खेतबारिमा समेत यो फार्मिङ गर्न सकिन्छ ।

सटिक कृषी प्रणालीका फाइदाहरु:
१. उत्पादन बेबस्थापन तथा बाली बेबस्थापन सम्बन्धि राम्रो ज्ञान दिने गर्छ ।
२. खेतिको विवरण सफल रूपमा राख्दछ, जसकारण बिक्रि तथा बाषोत्तरीका निम्ति फाइदा पुर्याउछ ।
३. समय र पैसाको बचत थोरै मात्रामा रसायन प्रयोग,मल तथा उत्पादन खर्चमा कमि यानिकी नाफामुलक ।
४. माटो तथा बिरुवा,बालिको भौतिक र रासायनिक अवस्थाको अध्ययन गर्ने भएकाले बाली बिकासमा राम्रो मद्दत पुर्याउछ ।
५. समय अनुसारको बालीरबिरुवा को अवस्था देखाउने भएकाले बाली बिरुवाको राम्रोसग ख्याल राख्न सकिन्छ ।

मुलभुत रुपमा समय अनुसार बाली बिरुवा,माटोमा रहेको electrical conductivity, nitrates, temperature, evapotranspiration, radiation, leaf  moisture र soil moisture आदि पत्ता लगाउछ । अन्तत: कृषिमा क्रान्ती गर्नैपर्ने आवस्यकता हाम्रो देशमा देखिएको छ । बजेट पनि बढाइएको छ। कृषिमा आधुनिकरण गर्ने हो भने केही फरक तबरबाट सुरुवात गर्नु पर्ने देखिन्छ। सानो प्रयासले ठुलो सफलता प्राप्त गर्न सकिन्छ । आवस्यक रूपमा integrated farming, agricultural mechanization साथै सटिक कृषि प्राणलिको बिस्तार गर्नु अहिलेको परिपेक्छमा सान्दर्भिक हुन जान्छ।

लेखक : सुमन घिमिरे कृषि इन्जिनियरिङ्ग अध्ययनरत छन् ।