उच्च माध्यमिक शिक्षा सकाएर काठमाडौ मा २ बर्ष सानो तिनो ब्यवसाय पश्चात स्वदेश मा भन्दा बिदेश को कमाइ राम्रो हुने सोचका साथ संयुक्त अरब इमिरेट्स प्रस्थान गरें। युएईमा गएपछी लुलु सुपरमार्केट कम्पनीमा हेल्पेरको रुपमा काम गरे। २ बर्ष पछि काम र मिहेनत को प्रशंसा देखी प्रमोसन भै स्टोर किपर अनि सुपरभाइजर पदमा नियुक्त भए। बिदेश को कमाइ संतोषजनक नै थियो। बिदेश को कमाइ भनेको क्षणिक हो भन्ने मध्यनजर राख्दै बिदेश मा बस्दा साथी भाइ हरुसंग मिलेर एउटा कमिटी खडा गरी नेपाल मै कृषि फार्म संचालन गर्ने कुरा अघि बढाइयो।सोही अनुरुप कार्य गर्ने निर्णय गर्यौ। ५/६ जनाको लागत मा बुटवल नगरपालिका सैना मैना , भाटाचौर मा फार्म चालु गरियो। जस्मा करिब ७५ वटा गाइ पालेका छौ।खासै आम्दानी को स्रोत बनाउन नसके पनि अझ ब्यवस्थित बनाउन सरकारी तवरले गर्ने सहयोग गरीदिए अझै गाइ को सन्ख्या बढाइ निरन्तरता दिने र कृषि र पशुपालन क्षेत्र लाइ सफल बनाउने दृढ संकल्प लिएका छौ।

३ बर्ष अघि प्रदेशको बसाई लाइ बिट मार्दैआफ्नै ब्यक्तिगत तवरले रुपन्देहीको मणिग्राम २ मा ५ कट्ठा जग्गा भाडामा लिइ अमृत धारा पशु तथा कृषि फार्म खोलेको छु। भनिन्छ पैसा कमाउनको लागी बिदेश नै जानु पर्छ भन्ने छाप हामी नेपाली हरु मा रहिआएको छ।तर, आग्नै देश म पनि बिदेश मा जस्तो खट्न र गर्न सक्ने हो भने मनग्य कमाइन्छ।यो म आफैले महसुस गरेको छु।

कृषि पशुपालनको लागी सरकारी अनुदान, बैंक लोन पाउने जनकारी नपाएको पनि हैन त्यस सम्बन्धि हातेमालो गर्न सकेको छैन । यी सबै प्रकृया र मापदण्ड पुर्याएर अनुदान को लागी पहल गर्न म संग प्रयाप्त समय पनि हुदैन र धेरै झन्झटिलो हुने कुरा अन्य फार्म संचालक बाट थाहा पाएको छु। त्यसैले कुनैपनी सरकारी या गैरसरकारी संघसंस्था को सहयोग बिना नै पशुपालन तथा कृषि फार्म खोलेको छु।

फार्ममा अहिले २० वटा भैसी ७ वटा गाई र १० वटा बाख्रा छन। दैनिक ९५ लिटर दुध उत्पादन हुने गर्छ। काममा आफै खटिएको छु। बिहान ४ बजे उठेर आफैले गाई भैसी दुहुन देखी कुँडो पानी स्याहार सुसार त्यस पछि दुध डेरी तथा स्थानीय उपभोक्ता को माग अनुसार पुर्याउने गरेको छु। मरुभूमि को तापराप र अर्काको अधिनमा बस्नु भन्दा जति दुख भए पनि यसमै रमाएको छु र परिवार संग बस्न पाउदा खुसी पनि छु। म सहित ६ जनाको परिवार पालिएकै छौ।
लिजमा लिएको बाकी जग्गामा त्यही उत्पादित गोबर मल बाट आफुलाइ पुग्दो अन्नबाली र मौसमी तरकारी गोलभेडा, घिरौला, कांक्रा, करेला, घ्युसिमी, लौका प्रसस्त फलाएको छु।अर्गानिक तरकारी बेच्न भ्याइनभ्याई छ।

बिश्व माहामारीको रुपमा फैलिएको कोरोना ले मुलुक आक्रान्त बनेको छ। कोरोना संक्रमण ले गर्दा लाखौ नेपाली हरु स्वदेश फर्कने आतुर छन। अरुलाइ पनि कृषि तथा पशुपालन गरी आत्मनिर्भर बन्न सकिने कुरा अबगत गराउदछु।

कृषि तथा पशुपालन पेशा आफैमा निरन्तर संघर्षको पेशा हो।कृषिमा चुनौती अनि फेरि चुनौती पुनः चुनौतीको सामना गरेरमात्र थोरै आर्जन गर्न सकिन्छ। तुलनात्मक हिसाबले अन्य ब्यबसाय भन्दा कठिन र कम नाफामुलक छ कृषि पेशा। नेपालीको कृषि नीति भाषण र योजनामा सीमित छ पहुचमा सीमित छ। कृषि त्यो पेशा हो जस्को सम्पूर्ण लगानी राज्यले गरेर नाफा कृषकले मात्र उपभोग गर्न पाउँदा बल्ल उत्पादकत्व, बजार र मुल्यमा एकरुपता आउँछ, लक्ष्य हासिल हुन्छ । अझ भनौ भने राज्यको बजेट हेर्दा कस्मेटिकमा अनावश्यक खर्च गरिएको छ मेरुदण्ड मजबुतीको लागि सानो अंस जस्तो छुट्याइएको छ भने अपेक्षा मात्र ठूलो राखिएको छ१तेहि अंश बाट अनुदानमा आश्रति कथित ठूला कृषकको मनोमानीबाट बचेको सयौं बार राखेर बास्तबिक कृषकाको नाउमा आउँछ। कागज नपुगेर फर्किन्छ वा सिमितिकरण गरिन्छ। मैले ठूलाकुरा गरेको होइन बास्तबिकता हो।आजको परिप्रेक्षमा सत्यकुरा के हो भने कृषकले राजनीतिकर्मीलाइ प्रत्यक्ष केही दिन सक्तैन प्राकृतिक रुपमा बाध्यात्मक रुपमा चलिआएको कृषिमा पिल्सिएका मान्छेको संख्या अत्याधिक छ, उनैले भोट हाल्छ्न र कृषि मन्त्रालय छ,हैन भने किन यति विधि उपेक्षा धर्तीलाई स्वर्ग,मानवलाई सबल बनाउन खाद्यबस्तु उत्पादन गर्ने एक कृषकलाई अनेक नामका किताब लेख्न पठाएर किन अपमानित गरेकोरु के बास्तबिक कृषक र उस्का समस्या उसैको खेत ,वारि, गोठ ,पोखरी ,बगैंचामै गएर पहिचान गर्न सक्ने संयन्त्र बनाउन र समाधान गर्न सकिन्न ?

अन्त्यमा नेपालको ब्याव्सायिक पशुपालन तथा समग्र कृषि क्षेत्रको बाधक भनेकै भ्रष्ट कर्मचारी हुन। भन्ने कुरा कटु सत्य हो।नीतिनियम बनाउने पनि उनिहरु काम नगर्ने पनि पनि उनिहरु कस्तो अचम्म।कृषक हरु लाइ गोठालो को रुपामा हेर्ने राज्यको दृस्ठिकोण लाइ परिवर्तन गराइ पशुपालन गर्ने कृषक भनेको राज्यको सम्मानित नागरिक हुन भन्ने भावना पैदा गराउने दायित्व सरकार को हो। दुध बिना मानब जिवन को कल्पना पनि हुन नसक्ने देशमा श्रमजीवी कृषकहरु लाइ सम्मान गर्नु पर्छ।

नोट : यो लेख लेखकको नितान्त आफ्नो विचार हो ।