देशमा जारी बन्दाबन्दीमा समयको सदुपयोग गर्दै कौसी खेती लोकप्रिय हुँदैं गएको छ। ग्रामीण क्षेत्रमा खेतबारी बाझो राख्नु हुदैन भनेझै अहिले शहरी क्षेत्रमा कौसी र बरन्डा पनि खाली राख्नु हुँदैन भन्ने धारणाको बिकास भइरहेको पाइन्छ। हुन त राजधानी लगायत अन्य शहरका मान्छेले पहिल्यै देखी कौसीमा फलफूल र तरकारी खेती गर्दै आइरहेका थिए।
बिश्वमा माहामारीको रुपमा फैलिएको कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागी सरकारले ८२ दिन देखिजारी गरेको बन्दाबन्दिले गर्दा काठमाडौं उपत्यकामा कौसी खेती झन् मौलाएको छ। देशमा बन्दाबन्दिको समय बडिरहदा कौसी खेतीले बसिबियालो गरेको छ। नेपाल सरकार को नीती तथा कार्यक्रम आ.ब २०७७/७८ अन्तर्गत कौसी खेती प्रबर्द्धन पनि परेको छ। संसद मा प्रस्तुत गर्दै रास्ट्रपति बिधादेबी भण्डारी ले हालै कौसी खेती लाइ प्रोत्साहन गरिने बताउनु भएको थियो र स्थानिय सरकारले पनि कौसी खेतीलाइ प्रोत्साहन गर्ने कार्यक्रम टोलटोलमा शुरु गरेका छन। बन्दाबन्दीको समयमा तरकारी बाहिर बाट आउने नआउने कुनै टुंगो नहुने र बजार बाट किनेर ल्याउदा पनि संक्रमणको जोखिम हुने कारणले पनि कौसी खेती फलाउने तर्फ आकर्षित भएका हुन।
कौसी खेती भन्नाले घरको छतमा गमला, काठ्को बाकस,प्लास्टिकका थोत्रा भाडा,आदि उचित मात्रामा माटो र मलको प्रयोग गरेर खेती गर्नु लाइ बुझिन्छ ।कौसी खेती अन्तर्गत धेरैले कौसीमा लौका, घिरौला,करेला,कांक्रा,घ्युसिमी,तनेबोडी,स्कुच, धनिया,साग, भिण्डी,भेन्टा, खुर्सानी , स्ट्रबेरी,अंगुर आदि फलाउने गरेका छन् ।
शहरमा खेती गर्ने जमिन प्रयाप्त नभएपछि धेरै मानिसले विकल्प को रुपमा कौसी खेती लाई अगाडि सारेका छन् ।कौसी खेती ले एक काम दुई पन्थूएक त भान्सा बाट निस्कने फोहोर ब्यवस्थापनमा सहयोग अर्को तर्फ हरियाली बढाउन पनि मद्दत मिलेको छ।
कौसी खेती गर्दा हामी निम्न कुराहरुको पालना गर्नु पर्दछ :
१. खेती गरिने ठाउँ छत, बरन्डा ,कौसी वा अन्य निर्माण स्थलले के कति तौल थाम्न सक्छ सो को बिचार गरेर मात्र खेती योजना बनाउनु पर्छ।
२. खेती गरीने ठाउँ , उपलब्ध भांडा वा संरचना आदिको आधार मा कौसी तरकारी बालिको छनौट गर्नु पर्दछ।
३. घरको छत र बरन्डामा बढी हावाहुरी को चाप हुने हुँदा बाली लगाइ उम्री सके पछि टेका लगाइ बिरुवा बाध्नु पर्छ।
४. घिरौला , लौका जस्ता धेरै झांगिने लहरे तरकारी लाइ पुरै डोरी लगाइ ब्यवस्थापन गर्नु पर्दछ।सकिन्छ भने बढी घामपानी बाट बचाउन को लागी खोल्न र बन्द गर्न मिल्ने खालको प्लास्टिक को गुम्बज बनाउनु पर्दछ।
५. घरपरिसर बार्है महिना हरियाली रहने र उत्पादन बढी दिने उद्देश्य राखी योजना बनाउनु पर्छ।
६. प्रशस्त घाम लाग्ने टांकिलो र सजिलै पानी दिन सकिने ठाउँ छनौट गर्नु पर्दछ।
भारत बाट आयात गरिने तरकारी र फलफूलमा बिषादी युक्त ज्यादा हुने गरेकोले बिज्ञ हरुले पनि कौसी खेती गर्न सुझाएका छन् । बजारमा आउने तरकारी हरुमा छिटो नाफा कमाउने उद्देश्यले बिषादी प्रयोग गरी उत्पादन गरिएको हुन्छ।कौसी उत्पादनमा आफैले उपभोग गरिने हुँदा कुनै बिषादी नराखी घरमै बनाइएको कम्पोस्ट मल राखी अर्गानिक र स्वस्थ्य कर हुन्छ।
नेपालमा बर्षमा साढे छ सय म्याट्रीक टन बिषादी हरु भित्रि ने गरेको तथ्यांक छ।त्यसरी भित्रि ने बिषादि हरु १७० प्रकारका रहेका र ति मध्ये दुई तिहाई भन्दा बढि बिषादि तरकारी मा प्रयोग हुने गरेको पाइएको छ। केन्द्रिय कृषि प्रयोगशालाले बेलाबखत बिषादिको छड्के जांच गरेको पाइए पनि प्रभाबकारी हुन सकेको छैन।
अन्तमा बन्द, हडताल र बाढी पहिरोले सडक थुनिदा हरियो तरकारी र फलफूल को लागी छट्पटाउने उपत्यका बासीलाई कौसी बगैंचा लेआत्मनिर्भर बनाएको छ।
अहिले रास्ट्रपति ,प्रधानमन्त्री कार्यालय र राजनितीकर्मी हरु को घरमा पनि कौसी खेती गर्नु पर्ने धारणा आएको छ। शहरमा बसेर आत्मनिर्भरता को कुरा गर्ने कम्युनिस्ट हरुको लागी त झन् स्वाबलम्बी बनेर देखाउने राम्रो बिकल्प हो। कौसी खेतीले हरियालीलाई पनि बढाउन मद्दत गर्छ र पृथ्वी को कार्बन फुट्प्रीन्ट हटाउन सहयोग गर्छ।
साथै सरकारले घरघरमा कम्पोस्ट बिन र उन्नत बिउको ब्यवस्था गरी कोभिड-१९ पछिको समयमा पनि शहरी कौसी खेतीलाइ प्रोत्साहन दिनु पर्दछ।
नोट : यो लेखकको नीजि विचार हो ।









