बिजलाई कटान गरि सकेपछि रोपणको लागि लाग्ने समय अवधि सम्म सुरक्षित भण्डारण गर्नु नै बिज भण्डार हो । बिजलाई पहिलेकै गुणस्तरमा कायम राखि सुरक्षित भण्डारण गरी उपभोक्ता समक्ष पुराउनु बिज भण्डारण को मुख्य उद्देश्य हो। परापूर्व देखि नै बिजको भण्डारण हुँदै आएको पाइन्छ।पहिला थोरै मात्रामा बिज भण्डारण गरिन्थ्यो भने आज आधुनिक कृषि प्रणाली सम्म आइपुग्दा बिज भण्डारणमा पनि आधुनिकिकरण आएको छ।आजको समयमा धेरै उत्पादन दिने बिजको भण्डारण र हाइब्रिड बिजको भण्डारण गरिन्छ। परम्परागत रुपमा भण्डारण गर्दा (५०-६० % ) सम्म बिजको क्षति हुन्थ्यो तर आधुनिक बिज भण्डारण जम्मा (१-२५) मात्र क्षेति हुने गर्दछ। तर आजको समयमा बिजको लागि कृषकहरु बजार मा भर परेको देखिन्छ । किसानहरुका लागि पनि उनिहरुले आफैं पनि बिज भण्डारण गर्न सक्ने व्यवस्था मिलाउन जरुरी देखिन्छ जस कारण निकट भविष्यमा हुने बिजको अभावबाट जोगिन सकोस्।
आधुनिक बिज भण्डारण :
आधुनिक रुपमा बिज भण्डारण गर्नका लागि बिजलाई तिन किसिममा विभाजन गरिएको छ। अर्थोडक्स बिज ,रेक्यासिट्रेन्ट बिज र इन्टेमेडियट बिज । अर्थोडक्स बिज भण्डारण गर्दा ५-१०% मात्रा ओस भएको बिजलाई न्यून्तम तापक्रम वा ओसिलो ठाउँमा भण्डारण गरिन्छ। अर्थोडक्स बिजहरु अम्बा, केरा,स्याउ,चेरी,मकै,धान आदि हुन। त्यस्तै गरि रेक्यासिट्रेन्ट बिज भण्डारण गर्दा २०-३०% मात्रामा ओस भएको बिजलाई भण्डारण गरिन्छ। यस्ता बिजलाई ओसिलो ठाउँमा भण्डारण गर्न सकिदैन।यस अन्तर्गत जामुन,रुखकटर,आपँ,लिचि,एभकाडो,सुन्तला,कागति आदि पर्दछन्। इन्टरमिडियट बिज लामो समयसम्म भण्डारण गर्न सकिएता पनि यदि बिजले कम तापक्रम पाएमा बिजका गुणहरु गुम्ने गर्दछ। जस्तै दलहन बिज,मेवा आदि इन्टरमिडियट बिजहरु हुन।
आधुनिक प्रविधि सम्म आइपुग्दा बिज भण्डारण को लागि विभिन्न तरिकाहरू छन्। RRI सुपर ब्यागको प्रयोग गरि बिजलाई मुसाको पहुँचबाट टाढा वा यो ब्यागको प्रयोगले मुसाबाट हुने नोक्सानबाट बच्न सकिन्छ । त्यस्तै गरि १००० गज भन्दा बढी मोटोपन भएको पोलिथिन ब्यागको प्रयोग गर्न सकिने,आलमोनियमले बेरिएको ब्यागको प्रयोग,हर्माटिक बिज भण्डारण यो यस्तो भाडा हो जहाँ नत हावा नै हुन्छ न ताप हुन्छ। यस भाडामा अक्सिजन ग्यास को मात्रा कम हुने र कार्बन डाइक्साइड को मात्रा बढी हुने हुँदा कुनै पनि किसिमको किराहरु अक्सिजन को अभावमा मर्ने गर्दछन्। त्यस कारण यो ब्याग बिज भण्डारण गर्न को लागि उपयुक्त हुन्छ।यस्तै अन्य तरिकाले पनि हामी ले आधुनिक बिज भण्डारण गर्न सक्छौं।
परम्परागत बिज भण्डारण :
परम्परागत रूपमा पनि बिजको भण्डारण हुँदै आएको छ।बिजको भण्डारण गर्दा घरेलु रुपमा उपलब्ध सामग्रीहरु को प्रयोग गरिन्छ। जस्तै बास बाट बनेका भकारीहरुमा धान, गहुँ ,जौउ आदिको भण्डारण गरिन्छ। यसरी भण्डारण गर्न सहज भएता पनि विभिन्न किराहरुका कारण बिजको क्षेति भई तौलमा पनि रास आउने गर्दछ। त्यस्तै गरी साना करेसा बारीको लागि सुतिबाट बनेका कपडाहरु मा पनि बिजको भण्डारण हुँदै आएको छ।किराहरुबाट जोगाउने उद्देश्यले काठबाट बनेका भाडामा पनि बिजको भण्डारण गरिन्छ। परम्परागत बिज भण्डारण मा किराहरुको प्रकोप बडी हुने गर्दछ र लामो समय सम्म भण्डारण गर्दा कठिनाइ उत्पन्न हुन्छ।जस कारण बिजको भण्डारण यस विधिबाट लामो समय सम्म गर्न सकिदैन।
बिज भण्डारण गर्दा ध्यान दिनुपर्ने कुराहरु :
१. बिज राम्रोसँग सुकेको हुनुपर्दछ।
२. बिजलाई किराहरुबाट जोगाउन किटनासकको प्रयोग गरिनु पर्छ,बिज राख्ने ठाउँको सरसफाई जस्ता कुराहरूमा ध्यान दिनु पर्दछ,
३. बिज भण्डारण गर्ने कोठामा चुना वा सेतो प्लास्टर गर्नु पर्छ।
४. बिज भण्डारण गर्ने कोठामा बिजमा लाग्ने रोग निवारणका लागि फेनोल,इथानोल,तातो पानीले सरसफाई गर्नु पर्छ।
बिज भण्डारणमा असर गर्ने पक्षहरु :
वङ्शाणुगत – बिजको जातले पनि फरक पर्ने हुँदा,कुनै जातका बिज लगाएको छोटो अवधिमा नै उपभोग गर्न सकिने पनि हुन्छन्। जस कारण अरु जात सगँ भण्डारण गर्ने समय अवधि नमिल्न सक्छ।जस्तै प्याज, लसुन,भटमास आदि। त्यस्तै गरि हाइब्रिड र लोकल जातमा पनि फरक पर्छ।
तापक्रम – (०-५०) डिग्री सेल्सियससम्म का लागि प्रत्येक ५ डिग्री सेल्सियस ले तापक्रम घट्दा बिजको भण्डारण गर्न सक्ने समय अवधि दोब्बर हुने गर्दछ। त्यस्तै गरि ५-१४% को बिजमा चिस्यान हुँदा यदि बजिमा १% ले चिस्यान घट्दछ भने बिज भण्डारण गर्न सक्ने समय अवधि दोब्बर हुने गर्दछ।
बाली टिप्ने समय – बिज भण्डारण गर्दा राम्रो सँग पाकेका बिजहरु लामो समय सम्म भण्डारण गर्न सकिने हुँदा बिज राम्रो सँग पाकेको छ या छैन भनि जाँचेर मात्र बाली टिप्नु पर्दछ।यदि बाली राम्रो सँग पाकेर काटेको छ भने बिजमा कम ओसिलोपन हुने र यसको भण्डारण गर्न सक्ने समय अवधि लामो हुने गर्दछ , यदि बाली समय नपुग्दै काटेको छ भने बिजमा भएको ओसिलोपनका कारण थोरै समय मात्र भण्डारण गर्न सकिन्छ। त्यस्तै गरि यदि बाली घाम लाग्दा काटेको छ भने बिज भण्डारण लामो समयसम्म गर्न सकिन्छ र यदि बाली पानी पर्दाको समयमा काटेको छ भने बिज भण्डारण गर्न सक्ने समय अवधि घट्दछ।
बिजमा भएको ओसिलोपन – बिज भण्डारण गर्दा बिजमा भएको ओसिलोपन को राम्रो सँग जाँच गरेर मात्र भण्डारण गर्नु पर्छ। बिज भण्डारण गर्न केकति समयसम्म मिल्छ भन्ने कुरा ओसिलोपनको जाँच पछि मात्र थाहा हुन्छ। जस्तै :
ओसिलोपन% समय अवधि
१३-१५ ६ महिना
११-१३ १ वर्ष
९-११ २ वर्ष
७-९ २ वर्ष भन्दा बढी
मुसा तथा अन्य किरा जिवाणुहरु – भण्डारण गरेका बिजलाई मुसा, विभिन्न किरा तथा जिवाणुहरुले नोक्सान गर्ने हुँदा यसबाट जोगाउन किटानासको प्रयोग गरिनुको साथै बिजलाई भण्डारण गर्नु अघि नै विभिन्न रसाइन जस्तै मिथाइल ब्रोमाइड, हाइड्रोजन साइनाइड,अल्मोनियम फोस्फाइन आदिसँग प्रति क्रिया गराई जिवाणुबाट जोगाउन सकिन्छ।
बिज भण्डारण गर्दा उत्पन्न हुने समस्याहरु :
बिज भण्डारण गर्दा धेरै किसिमका समस्याहरु आउने गर्दछन्। जस्तै विभिन्न किराहरुको प्रकोप,मुसा ले गर्दा हुने क्षेती, राख्ने तरिकाको कारणले, आदि।
बिज भण्डारण गर्दा उत्पन्न हुने समस्याबाट बच्ने उपायहरु :
१. किराहरुबाट जोगिनका लागि हामीले विभिन्न जैविक विषादि जस्तैः निम,बोजो,बकाइनो आदिलाई कुटेर बनाएको धुलोलाई ,कपडामा बाधेर भण्डारण गरेको ठाउँमा झुन्ड्याएर राख्नसकिन्छ ।
२. राति आउने किराको लागि बत्ति बालेर पासो बनाउन्सक्छौ जसमा किराहरु परि मर्न सक्छ ।
३. अनि अन्य रसायनको प्रयोग गरेर पनि किरा, जिवाणु, मुसा आदिबाट बिजलाई जोगाउन सकिन्छ ।
४. त्यस्तै गरि बिज भण्डारण गर्नु अघि बिज र खरानि बराबर मिसाएर राख्दा पनि विभिन्न किराहरुबाट बिजलाई जोगाउन सकिन्छ ।
५. यस्तै गरि बिज भण्डारण गर्ने कोठाको सरसफाईमा पनि ध्यान दिनु जरुरी हुन्छ र अरु इत्यादि।
लेखक : रितु स्याङ्तान पूर्वाञ्चल कृषि क्याम्पसमा अध्ययनरत हुनुहुन्छ ।









