माटो पृथ्वीको खुकुलो सतहको चटानहरु खिएर वा टुत्रिएर बनेको मसिना कणहरु, जीवजन्तुहरु तथा वनस्पतिहरु कुहिएर वा विघटन भएर बनेको अवसेसको समिश्रण हो । मानविय जिवन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा माटो संग जेडिएको छ । करिब ९५% हम्रो खाद्यपदार्थ माटो बाट आउछ । ९९.५% पानी माटो बाट बगोर जान्छ । मानब र मानवजातिको माटोको उर्बराक्षमता संग गहिरो सम्बन्ध रहेको छ । बढ्रदो जनसंख्या बृद्धी र जथाभाभी रसायनीक मलको प्रयोगले माटोेको उर्बरा क्षमतामा हास आएको छ र उत्पादनमा कमि आएको देखिएको छ जस्ले गर्दा कुपोषण र भोकमरीन जस्ता सम्स्या देखापरेका छन । यसका साथै जथाभाभी रसायनीक मल र बिषाधीको प्रयोगले गर्दा मानविय जिवन बिभिन्न रोगको सिकार बन्दै गएको छ ।

माटो र बिरुवा एक आपसमा पारस्परिक रुपमा सम्बन्धीत छन् । उब्जाउ माटोले बिरुवालाई चाइने खाध्यतत्व पर्दान गर्छ र बिरुवाका जरालाई अडाएर राख्छ । त्यसैगरी, बिरुवाले माटोलाई भुश्रयबाट बचाउछ , माटोलाई स्थीर राखी पानीे र खाध्यतत्वको घटनाचक्रलाई समाली माटोलाई मरुभुमी हुनबाट जेगाउछ ।

माटो अस्वास्थ्य हुनुका कारणहरु :
माटोको उर्बराशक्ति हस हुनका मुख्य कारण बालीको सधनतामा वृद्दी, बढी उत्पादन दिने उन्नत जातको खेती, प्रागारिक मलको प्रयोगमा कमी, रासायनीक मलमा बढ्रदो निर्भरता, असन्तुलित मलखादको प्रयोग, वनजङगलको फडानी र भुक्ष्य, आदि थुप्रै कारणलाई लिन सक्छि ।
१. पाखो खेतबारीमा सधनरुपले बर्षे बालीमात्र बिना प्रागारिक पदार्थ लगाउदै जाँदा माटोमा निहित प्रागारिक पदार्थ रितिन्छ, माटोको संरचना बिग्रन्छ र माटोलाई भुक्ष्यप्रती अतिनै संवेदनशील तुल्याइदिन्छ ।
२. नेपालमा ७०% भन्दा बढी किसान स्रोत साधनको अभावमै खेती गरिरहेका छन । कम उर्बराशक्ति भएको माटोमा बिना मलजल खेती गर्दा, माटो अझै कम उत्पादन्सिल भई बालीको उत्पादन र गणस्तर दबैमा कमि आउछ जस्का कारण स्रोत साधनको अभाव भएका किसान थप अभाभित हुन्छन् । जति माटो दरिद्र हुन्छ, त्यती नै किसान दरिद्र हुन्छन, जतिनै किसान दरिद्र हुन्छन् त्यती नै माटो दरिद्र हुन्छ । यो दरिद्र चक्र चलिरहन्छ ।
३. वनजङगलको फडानी र माटोको क्षमता भन्दा बढी गाईबस्तु चराउदा उपल्लो तहमा रहेका घासलाई खाएर नाङ्गो बनाइदिन्छन जस्ले गर्दा उपल्लो तहमा रहेका माटोका कणहरु हवा र पानी दुबैले उडाएर अथवा बगाएर लान्छ ।
४. जथाभाभी खनजोत र भारी मोसिनरीको प्रयोग गरेर खेतीगर्दा माटोको आकर बिग्रिन्छ र तल्लो तहमा कडा माटोको तह बन्दछ, जस्ले गर्दा पानी तल्लो सतहमा पुग्न सक्दैन, बिरुवाको जराले पानी पाउदैन, बिरुवाको बिकास बृद्धीमा कमी आइ उत्पादनमा कमी आउदछ ।
५. जथाभाभी रसायनीक मल र किटनासक बिषाधीको प्रयोगले मावबीय जीवनमा नकरातमक असर पारेको छ । बर्षाको समयमा रसायनीक मल पानीले बगाएर खोला नालाका साथै बिभिन्न खानीपानीको मुहानमा मिसाउछ जस्लेगर्दा खानी पानी प्रदुसित भई जटिल रोगले आर्कमण गर्दछ । जस्तै, बिलीउ बोबि सिन्ड्रोम यो एउटा बच्चामा लाग्ने रोग हो । खानीपानीमा नाइट्रेजनको मात्रा बढी भएमा यो रोग लाग्दछ ।
६. माटोमा बिभिन्न सुस्म जीव र बनस्पति हुन्छन । यीनले माटोको जैविक गुणलाई सुधार गराउदछन । माटोमा प्रङगारिक पदार्थ कमि भएमा सुस्म जीव र बनस्पतिको जनसंख्यामा कमि आउदछ । स्वास्थ्य उत्पादनका लागी माटोको भैतिक , रसायनीक र जैविक गुण राम्रो हुनुपर्दछ ।
७. माटोलाई अब्यबस्थीत तरीकाले प्रयोग गरेमा, माटोमा भएको कार्बन बायुमंणलमा कार्बनडाइअक्साइडको रुपमा मुक्ती हुन्छ , सो कार्बनडाइअक्साइडले जलबायु परिवर्तन हुन योगदान पुराउदछ । जलबायु परिवर्तनले गर्दा तापक्रम र बर्षामा परिवर्तन हुन्छ , भूमिगत पानीको स्तर माथि उठछ र बिभिन्न किरा र रोगको प्रकोप बढ्दछ । जस्तै, अहिले भयानक रुपमा फैलियका फौजी किरा, सलह किरा, आदि थुप्रै कारणले गर्दा खाद्यनको उत्पादन र गुण दुबैमा नकारत्मक असर देखिएको छ ।
. कलकारखाना,उद्योग र अस्पतालबाट निस्केका प्लास्टिक, बिषाक्त रसायन र अरु सिंथेटिक चीजहरु , जुन सजिलै बिघटन हुदैनन्, माटोले यस्ता सिंथेटिक चीजहरुबाट विषाक्त पदार्थ अवशोष गर्दछ जस्ले गर्दा माटोलाइ प्रदुसीत बनाउछ । प्रदुसीत माटोमा खोती गर्दा उत्पादित बाली स्वस्थ हुन सक्दैन,र यस्ता अस्वस्थ बाली मानवले सेवन गर्दा मानिस पनि अस्वस्थ हुन्छन ।

९. बालीनालीका किरा, रोग र झारपात ब्यवस्थापन गर्न प्रयोग गरिएका सबै विषाधी बिघटन हुदैनन् । त्यस्ता विषाधी माटोमा बर्षैसम्म रहिरहन्छन, र उक्त माटोमा खेती गर्दा बिष बालीले सोस्दछ । विषाक्त पदार्थ भएको बाली खाएमा मानिसलाई भयानक रोग लाग्न सक्छ । बिघटन नभएका बिष पानीले बगाएर पोखरीमा लैजान्छ, उक्त बिष पोखरीमा रहेको साना जिवको शरिमा पुग्दछ, ती साना जिव माछाले खान्छ, माछाको शरिमा उक्त बिष दोबर हुन्छ । माछालाइ चराले खाएमा चरामा बिषको मात्र बढ्दछ , चरालाइ मानिसले खाएमा बिषको मात्र मानिसमा अजै बढदछ । यसरी बिषको मात्र बढ्दै बढ्दै जान्छ जसलाई जैविक संचय भनिन्छ ।

माटोलाइ कसरी स्वास्थ्य बनाइराख्ने :
बिश्व स्वास्थ्य संगठनका अनुसार केभीड–१९ भाइरसले शाहकारी भोजन गर्ने मानिलाई कम आर्कमण गर्दछ , यो सत्य कुरा हो । स्वास्थ्य माटोमा उत्पादन गरेका खाद्यपदार्थ सेवन गरेमा केभीड–१९ मात्र होइन उन्य भयानक रोगको आर्कमणमा पनि कमि आउदछ । माटो कृषीको मुटु हो, मुटुनै स्वास्थ्य भएन भने माटोमा लगाईएका बाली कसरी स्वास्थ्य हुन्छन र ति अस्वास्थ्य बाली सेवन गर्ने मनिसपनि अस्वास्थ्य हुन्छन् । तसर्थ, स्वास्थ्य जिवनका लागि स्वास्थ्य खाद्यपदार्थको सेवन र स्वास्थ्य बालीको उत्पादन गर्नु जरुरी छ, जुन माटो स्वास्थ्य भएमा मात्र सम्भव हुन्छ ।

माटोलाई स्वास्थ्य बनाई राख्न निम्न कुरामा ध्यान दिनुपर्दछ :

१. माटोको भैतिक, रसायनीक र जैविक गुण सुधार्न बढी भन्दा बढी प्रागारिक पदार्थको प्रयोग गर्नपर्दछ । प्रागारिक पदार्थको बिघटन हुदा निस्केको कार्बनडाइअक्साइड, कार्बन मलको रुपमा बिरुवाले लिन्छ । प्रागारिक पदार्थ जिवित माटाको आधार हो र जिवित माटानै बोट बिरुवाको खाद्यतत्वको आधार हो ।
२. माटोलाई भुक्षयबाट बचाउन वनीकरण गर्नपर्दछ । नाङगो पाखो र बारीका छेउछाउमा रुख रोप्दा रुखका जराले माटोलाई अडाएर राख्दछ जस्ले गर्दा मलिलो माटो बगाएर जान पाउदैन । मलिलो माटोमा स्वास्थ्य बाली उत्पादन गर्न सकिन्छ ।
३. माटोलाई दिगो रुपमा स्वास्थ्य बनाउन रसायनीक मल र किटनासक बिषाधीको विकल्पमा जैविक मल र जैविक बिषाधीको प्रयोग गर्नुपर्दछ ।
४. माटोको स्वास्थ्य अवस्था सुधार गर्न एकीकृत पोषणतत्व व्यवस्थापन पद्धती उपनाउनु पर्दछ , एसो गरेमा माटो स्वास्थ्य भई बालीलाई चाहिने सबै पोषणतत्व प्रधान गर्दछ र विरुवा पनि स्वास्थ्य हुन्छन ।
५. कारखाना, उद्योग र अस्पतालबाट निस्केका प्लास्टिक, बिषाक्त रसायन र अरु सिंथेटिक चीजहरु जस्ले माटोको उर्वरा क्षमता बिर्गाछ, त्यस्ता चीजहरुलाई माटोमा मिसाउने होइनकी, बरु उचित ब्यवस्थापन गर्नुपर्दछ ।
माटो स्वास्थ्य भएमा स्वास्थ्य बाली उत्पादन गर्न सकिन्छ , स्वास्थ्य बालीले स्वास्थ्य खाद्यपदार्थ दिन्छ, अनि स्वास्थ्य खाद्यपदार्थ सेवन गरेमा मानवजाती पनि स्वास्थ्य रहन्छन् । तसर्थ, मानिसको स्वास्थ्य माटोको स्वास्थ्य संग सम्बनधीत छ ।

लेखक : सीमा मरासीनी  कृषी तथा वन विश्वविद्यालय रामपुर चितवनमा माटो विज्ञानमा स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ ।