
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वार्ड न. १८ कारकांदोमा तरकारी बजार निर्माण हुने भएको छ । साबिकको खाद्य संस्थान र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिचमा रहेको जग्गामा तरकारी बजार निर्माण हुन लागेको हो । सनिबार एक कार्यक्रम गरि १८ न. वार्ड अध्यक्ष दिपक कुमार बर्माले निर्माणस्थलको सिलान्यास गर्नुभएको हो ।
करिब ३० लाख बढी लागत अनुमानका साथ सुरु हुन लागेको आधुनिक तरकारी बजारले स्थानिय स्थरमा उत्पादन हुने तरकारीको विक्रि वितरणमा सहजता मिल्ने वडा अध्यक्ष बर्माले बताउनु भयो । नजिकै रहेको भारतीय नाकाबाट तरकारी आयात कम गर्न र स्थानिय उत्पादनलाई जोड दिन तरकारी बजार स्थापना गर्न लागिएको हो ।