रोगकीरा व्यवस्थापनका लागी एकिकृत शत्रुजीव व्यवस्थापनको महत्व धेरै नै ठुलो छ । खेतवारीमा विषादीको मात्रा घटाई मानव स्वास्थ्य एवं वातावरणलाई सुरक्षित पार्न सक्ने कडीको रुपमा यो व्यवस्थापनलाई मानिन्छ । सन् १९६२ मा वातावरणवीद ¥याचेल कार्सन (Rachel Carson) ले लेख्नुभएको किताब सान्त बसन्त (Silent Spring) पछी एकिकृत शत्रुजीव व्यवस्थापन तरीकाको व्यापक खोजी, अनुसन्धान एवं कीसान तहमा प्रयोग भएको छ ।

एकिकृत व्यवस्थापनका विभिन्न तरिका तथा उपाय मध्ये खेतीवारीमा परिवर्तन गरी कीरा व्यवस्थापन गर्ने तरिका जसलाई अंग्रेजीमा Cultural Pest Management भनिन्छ । यो तरिका उपभोग गरी बालीनालीमा लाग्ने कीराको आनीबानी परिवर्तन गरी मुख्यवालीलाई बचाउन सकिन्छ । प्रकृतीमा सबै वालीनालीहरु कीराका लागी उत्तिकै महत्वका वा आकर्षण गर्न सक्दछन् भन्ने छैन । कतिपय वालीहरु कीरालाई मन पर्ने खालका हुन्छन् भने कतिपय वालीहरु मन नपर्ने खालका हुन्छन् । मन पर्ने र मन नपर्ने वालीका पनि सबै जातहरु उत्तिकै महत्वपूर्ण हुँदैन । कुनै जात बढी मन पर्ने वा कुनै जात कत्ति पनि मन नपर्ने खालका हुन्छन् । विरुवाको कुनै वृद्धि अवस्था कीराका लागी आकर्षण एवं मन पर्ने खालका हुन्छन् भने कुनै वृद्धि अवस्था मन नपर्ने खालका हुन्छन् । विरुवाको यस्ता खास गुणहरुलाई उपभोग गरी कीरा व्यवस्थापन गर्ने तरिकाको बारेमा यहाँ विस्तृत वर्णन गरिएको छ ।

पुस–पुल वा धकेल्ने–तान्ने प्रविधी के हो ?
माथी उल्लेखित विरुवाको खास खास गुण जस्तो की मन नपर्ने वालीलाई विरुवा भित्र लगाउने जसले विरुवामा लाग्ने कीरालाई धकेल्न (Push) वा त्यहाँ भएको वालीमा बस्न दिँदैन त्यस्ता वालीलाई धकेल्ने वा “Push” वालीको रुपमा प्रयोग गरिन्छ । अर्काेतर्फ धेरै नै मन पर्ने खालका वालीलाई खेत अथवा गह्राको कान्ला वा छेउछेउमा लगाइयो भने ती वाली मुख्य वालीभन्दा बढी मन पर्ने भएकाले कीरालाई तान्ने काम गर्दछ जसलाई तान्ने वा “Pull” वालीका रुपमा प्रयोग गरिन्छ । यि दुबै प्रकृती भएका वालीलाई हामीले खेतवारीमा लगायौं भने यस्ता वालीहरुले कीराहरुको आनीवानी परिवर्तन गरी कीरालाई झुक्याउँन सक्दछ र मुख्यवालीलाई बचाउन सकिन्छ । यो प्रविधिनै Push-Pull वा धकेल्ने–तान्ने प्रविधी हो ।

यो प्रविधीको सुरुमा सबैभन्दापहिला अष्ट्रेलियामा कार्यरत वैज्ञानिक पाइक (Pyke) लगायत अन्य व्यक्तिहरु जस्तै Rice, Sabine and Zaluki ले सन् १९८७ मा निकाल्नु भएको थियो । जस अनुसार उहाँले कपास वालीबाट कपाँसको गवारो (Helicoverpa) कसरी धपाउन सकिन्छ र उक्त कीराहरुलाई कसरी पासोमा पार्न सकिन्छ भन्ने अध्ययनबाट सुरुवात भएको मानिन्छ । पछि गएर पाइक ले प्रस्तुत गर्नुभएको विचारलाई Miller and Cowles ले अमेरिकामा सन् १९९० मा आकर्षण–विकर्षण रणनीति (Stimulo-Deterrant Diversion Strategy) को विकास गर्नुभएको थियो । उहाँले उक्त रणनीति विकास गर्नका लागी प्याज वालीमा लाग्ने झिंगा जसलाई Onion Fly (Delia antiqua) मा यो रणनीतिको पहिलो परिक्षण गर्नुभएको थियो । यस अध्ययनको क्रममा प्याज वालीमा लाग्ने कीराले आक्रमण नगरोस् भनेर विषादीलाई धकेल्ने पदार्थको रुपमा प्रयोग गरिएको थियो र अर्काे तर्फ अध्ययन कै क्रममा जमीनमा प्याजलाई गाडी उक्त गाडीएको प्याजमा झिंगा (Onion fly) ले किन आक्रमण गर्दछ भनी विरुवाको तान्न सक्ने क्षमताको बारेमा वर्णन गरिएकोे थियो । तथापि यी माथि उल्लेखित परिक्षणहरुमा धकेल्ने तान्ने प्रविधिलाई विस्तृत वर्णन भने गरिएको थिएन । र यी दुवै तरीकाहरुमा विरुवालाई प्रयोग गरिएको थिएन र कही न कही विषादीलाई धकेल्ने पदार्थको रुपमा प्रयोग गरिएको थियो ।

माथि उल्लेखित विचारहरुलाई प्रयोग गर्दै मकैवालीमा लाग्ने गवारो (Stem borer) एवं वालीनालीको खतरनाक झार “Striga” नियन्त्रणका लागी International Centre of Insect Physiology and Ecology (ICIPE), Kenya / Rothamstead Research, UK लगायत अन्य संस्थाहरुको सहकार्यमा विषादीलाई पूर्ण रुपमा निस्तेज पार्दै खेती गरिने प्रविधिको विकास गरिएको थियो जसलाई Khan एवं अन्य वैज्ञानिकहरुले सन् १९९७ देखी २००८ सम्म नेतृत्व लिई धकेल्ने तान्ने प्रविधीको विविध पक्षलाई अनुसन्धान एवं प्रचार प्रसार गर्नुभएको थियो ।

ICIPE, Kenya / Rothamsted, UK  ले विकास गरेको प्रविधी खासगरी गवारो नियन्त्रणका लागी उपयोगी सिद्ध भएको मानिन्छ । मकै वालीमा लाग्ने गवारोहरुका विभिन्न जातका कीराहरु जस्तै Chilo partellus, Busseola fusca मकै वालीको डाँठ भित्र पसेर खाने र विषादीको प्रयोगले नियन्त्रण नहुने भएकाले यो प्रविधी यस्ता कीराहरुलाई व्यवस्थापन गर्नका लागी बढी उपयोगी मानिएको छ । यस प्रविधि अनुसार मकै वाली भित्र गवारोको पोथिलाई अण्डा पार्न असहज वा पोथिकीरालई धकेली अन्यत्र पन्छाउने वालीको रुपमा डेस्मोडियम (Desmodium uncinatum) र मोलासिस (Melinis minutiflora) लगाइएको थियो भने तान्ने वा पासो वालीको रुपमा नेपीयर (Pennisetum purpureum) र सडान घाँस (Sorghum vulgare sudanense) प्रयोग गरिएको थियो ।

धकल्ने – तान्ने प्रविधी छनौट गर्दा ध्यानदिनुपर्ने कुराहरु :
यि माथि उल्लेख गरिएका धकेल्ने– तान्ने वालीहरु सबै कीराहरुलाई उपयोगी भने छैनन् । यसकालागी कीराको प्रकृती एवं स्वभाव एवं तीवालीहरुमा भएको खास आकर्षण पदार्थहरु जस्तै Semiochemicals or Green Leaf Volatiles ले निर्धारण गर्दछ । यसका साथसाथै मकै वालीमा लगाइएको अन्तरवालीको विकास हुने गुण (Growth habit) को छनौट महत्वपूर्ण हुन्छ । मकैवाली भन्दा अग्लो हुने, धेरै ठाउँमा झाँगीने एवं माटोबाट धेरै खाद्यतत्व लिने वालीहरुको छनौटमा यो प्रविधी प्रयोग गर्दा ध्यानदिनुपर्दछ ।

खासगरी धकेल्ने वालीलगाउँदाकति घनत्वमा लगाउने र कुनजातको धकेल्ने वाली बढी उपयोगी हुन्छ भन्ने कुरा जान्नुपर्दछ । यि धकेल्ने वालीहरुले कीराहरु धपाउनप्रयोग हुने रसायनीक पदार्थहरुको मात्रा विरुवाको कुन वृद्धि अवस्थामा बढि आउँदछ भन्ने जानकारी हुनु पर्दछ । यसरी निस्कने पदार्थ शत्रु कीरा आउने समय हो होइन भन्ने कुरा राम्ररी ख्याल गर्नुपर्दछ । किनकी धकेल्ने वालिबाट निस्कने रासायनीक पदार्थ एवं गन्ध शत्रुकीरा आउने समय भन्दा अगाडी पछाडी परेमा यसले कम काम गर्न सक्दछ । मुना पलाउने समय र फूलको कोपीला आउने समयमा अन्य वृद्धी अवस्था भन्दा बढी उपयोगी हुने भएकाले ति अवस्थाहरु छन् की छैनन् भन्ने ध्यान दिनुपर्दछ । मकैवालीमा धकेल्ने वालीको रुपमा लगाइएको Desmodium / Molasses को फूलफूल्ने बेलामा गवारोको शत्रुजीव वा एक प्रकारको बारुलो “Cotesia sesamiae” प्रशस्त आउने र यसले पनि गवारोको अण्डालाई खाइदिने भएकोले धपाउने वाली छनौट गर्दा कृषि पर्यावरणमा (Agro-ecosystem) फाइदापुग्ने बाली छनौट गर्नुपर्दछ । अर्कातर्फ धकेल्ने वाली लगाउँदा यस्ता वालीले ढाक्ने क्षेत्रफल लाई पनि मध्येनजर गर्नुपर्दछ । खासगरी तीनभाग मुख्यबालीमा एक भाग यस्ता धकेल्ने वाली छनौट गर्दा उत्तम मानिन्छ । यसका अलावा मुख्यवालीभित्र अन्तरवालिका रुपमा लगाइएका धकेल्ने वालीहरुले माटोमा खाद्यतत्व थप्ने खालका, माटोको भौतिक एवं रसायनिक अवस्था सुधार्ने खालका साथसाथै जमीनमा उम्रने झारपात हरुलाई बढ्न नदिने खालका र माटोमा चिस्यान कायम गर्ने खालका हुनुपर्दछ ।

त्यसैगरी तान्नेवाली वा पासो वालीहरु लगाउँदा यस्ता वालीहरु गवारोको वा अन्यकीराहरुका लागी बढी मनपर्ने खालका हुनुपर्दछ । जसले गर्दा मुख्य वालीमा बस्न मन नपराई ती छेउछाउमा लगाइएका पासो वालीमा आइ बस्दछ र मुख्यवालीलाई बचाउन सकिन्छ । यस्ता पासो वालीले ढाकेको क्षेत्रफललाई पनि ध्यानदिन अत्यन्त जरुरी छ । सामान्यतय पासोवालीले ढाकेको क्षेत्रफल १० प्रतिशत सम्म हुनुपर्दछ भनिएको छ । जहाँ जग्गाको अभाव छ त्यस्ता ठाउँमा धेरै जग्गा पासो वालीले ढाकेमा आर्थिक दृष्टीकोणले उपयोगी हुँदैन । त्यस्तैगरी पासो वा तान्ने वालीको वृद्धी अवस्था यो वालीमा भएको रसायनहरु (Green Leaf Volatiles) वा यी वालीको प्रकृतीमा पनि ध्यानदिन जरुरी छ । नेपालको पहाडी भेगमा यस्ता वालीहरु लगाउँदा कान्लामा लगाउन सकीन्छ भने यी वालीहरु बहुउपयोगी भएमा अन्य प्रयोजन जस्तै गाईवस्तुहरुको खाद्यान्नमा घाँसको रुपमा प्रयोग गर्न सकिन्छ ।

यो प्रविधि किन अफ्रिकामा लोकप्रिय भयो ?
अफ्रिकी मुलुकहरु खासगरी पूर्वी अफ्रिकामा पर्ने देशहरु जस्तै केन्या, युगण्डा एवं तान्जानीयमा मकै एक प्रमुख वालीको रुपमा चिनिन्छ । मकै वालीमा मुख्य शत्रुको रुपमा मकैको गवारो प्रमुख छ । साथसाथै मकैको अर्काे शत्रु एक प्रकारको झार(Striga hermonthica) लाई मानिन्छ । अन्य समस्याहरुमा माटोमा खाद्यतत्व कमी हुनु र माटो चिस्यानको मात्रा अत्यन्त कम हुनु नै हो । गरीविको मारमा पिल्सीएका यी देशहरुमा खाद्यान्न एवं शरीरलाई आवश्यक पर्ने पोषणको कमी मुख्य चुनौतिकोेविषय मानिन्छ । तथ्यांकले के देखाउँदछ भने मकै वालीमा लाग्ने गवारोले मात्रै ८०–१०० प्रतिशत सम्म मकैमा क्षति पु¥याउने र उक्त क्षति ७–१० विलियन अमेरीकी डलर पर्न आउँदछ ।

यि विविधपक्षलाई मध्यनजर गर्दा अफ्रिकी देशहरुमाउत्पादन वृद्धी विकास गरी गरीविको चपेटामा परेका जनतालाई माथि उकास्नु बाहेक अर्काे विकल्प रहेन । यसले के देखाउँदछ भने मकै वालिमा कुनै प्रविधी विकास गरेर एकै पटक कीरा, झारपात एवं पोषण सुधार गर्नुपर्ने देखिन्छ । यीनै पक्षहरुलाई विश्लेषण गर्दा ICIPE, Kenya / Rothamsted, UK ले मकैवालीको मुख्य शत्रुहरु गवारो र झारपातको नियन्त्रणका लागी धकेल्ने–तान्ने प्रविधी विकास गरेको पाईन्छ ।

सुरुका अवस्थामा यो अनुसन्धानको उपयोगीता धेरै नै कम थियो र यो प्रविधिलाई किसान समक्ष पु¥याउनकालागी ठुलो चुनौति मानिएको थियो । हालआएर यो प्रविधीपूर्वी अफ्रीकी मुलुकहरुमा प्रख्यात मानिन्छ । किनकी यो प्रविधिले किसानका धेरै समस्यालाई एकैपटक समाधान गरेको पाईन्छ । जस्तो की मकैवाली भित्र लगाइएको डेस्मोडियम वा मोलासिस विरुवाले गवारोलाई मकैवालीमा फूलपार्न नदिएको र यो विरुवाबाट निस्किएको एक प्रकारको रसायनले Striga नामक झारलाई मारेको र यो विरुवाले माटोमा खाद्यतत्वएवं चिस्यान समेत कायम गरेकोले यो प्रविधीलाई किसानले सजिलै उपयोगी वस्तुको रुपमा लिएको पाईन्छ । अर्काेतर्फ नेपीएर वालीले किरालार्य पासोमा पार्नुका साथै कीराको वृद्धी विकासमा नियन्त्रण गरी कीरावाट हुने क्षतिलाई कम गर्दछ । साथै गाईवस्तु तथा अन्य घरपालुवा जनावरलाई घाँसको रुपमा उपलब्ध हुने गर्दछ र पशुहरुको उत्पादनमा समेत वृद्धी भएको पाइएको छ ।

यो प्रविधिको विकासले किसानहरुले धेरै नै फाइदा पाउने भएकोले पनि यो पूर्वी अफ्रीकी मुलुकहरुमा प्रख्यात हुँदै गयो र हालआएर पूर्वी अफ्रीकि देश केन्याका १९ वटा जिल्लाहरुमा, युगाण्डामा पर्ने पाँच जिल्लाहरु र ताजानीयामा पर्ने दुई जिल्लाहरुमा यसको व्यापक प्रयोगले गर्दा लगभग ७०,००० भन्दा बढी अति विपन्नमा पर्ने किसानहरुले उपयोग गरेको पाईन्छ ।

नेपालमा यो प्रविधिको संभाव्यता कस्तो छ र यसलाई कसरी परिस्कृत गर्न सकिन्छ ?
यो धकेल्ने – तान्ने प्रविधि Resource Concentration Hypothesis / Natural Enemies Hypothesis सँग सम्बन्धीत प्रविधि हो । जसअनुसार जब खेतवारीमा विरुवाको जैविक विविधता बढाईन्छ त्यस्तो अवस्थामा स्रोत (Resources) बढ्छ र कीराको क्षति कम हुन्छ, जस्तो किःएकलवाली (Monocropping) हुँदा कीराको क्षति धेरै हुन्छ र धेरै वाली (Mix cropping) गर्दा कीराबाट हुने क्षति बाडिन्छ र क्षतिकम हुन्छ । Natural Enemies Hypothesis मा जब खेतवारीमा विरुवाहरु को संख्या र मात्रा बढाइन्छ त्यसले मित्रजीव हरुलाई पुष्परस, परागकण, वासस्थान दिने भएकोले मीत्रजीवहरुको कार्य क्षमता बढ्न गइ कीराहरुको नियन्त्रणमा टेवा पु¥याउदछ । यस्ता प्रविधिहरुको उपयोगीता वालीविरुवा र कीराको आनीवानी एवं प्रकृतिमा निर्भर हुने, त्यस वाली वरिपरीको भू–बनौट, जैविकविविधता एवं किसानको आफ्नै आन्तरिक जागरुपतामा भर पर्ने भएकोले यसै भन्न सकिँदैन । तथापि यी प्राविधिहरु पक्कै पनि एकिकृत शत्रुजीव व्यवस्थापन अन्तर्गत केही निश्चीत समुहमा पर्ने कीराहरुको लागी उपयोगी हुन सक्दछ ।

अफ्रिकालगायतका देशमा यो प्रविधिलाई एउटा पुर्ण तरीका (Holistic Approach) मा लिई प्राथमिकतामा राखेर यसको अनुसन्धान एवं प्रचार प्रसारमा लागिएको थियो भने नेपालमा यसलाई निश्चीत मापदण्ड र क्षेत्रमा केन्द्रत गरिने हुँदा यसको लोकप्रियता नहुनसक्छ । धकेल्ने–तान्ने प्रविधिमा प्रयोग भएका वालीहरुलाई मान्छेको जीवनस्तर र वातावरण सुधार्ने कडीको रुपमा Holistic रुपमा लिएमा पक्कैपनि यसले गतिलिन सक्छ । तथापि यो कुनै कीराकोरामवाण नभई एकिकृत शत्रुजीवको एउटा साधन को रुपमा लिन सकिन्छ ।

यो कीरा खासगरी गवारो समुहका कीरा, अमेरिकन फौजीकीराको व्यवस्थापनको लागी सिफारीस गरिएतापनि भविष्यमा अन्यकीराहरुमा यसले के कति असर पार्दछ भन्ने कराहरु अध्ययनको विषयहुन आउँदछ । धकेल्ने तान्ने प्रविधिमा प्रयोग भएका जातहरुको उपलब्धता, यीवालीहरुले ढाकेको क्षेत्रफल, कीरा र यस्ता वालीको एक अर्का बिचको आन्तरीक सम्बन्धएवं किसानको जागरुकताले यसको लोकप्रियता निर्धारण गर्दछ । अर्कातर्फ नेपालमा यो प्रविधीहरु प्रयोग गर्दा यो आर्थिक पक्षले कति सवल छ भन्ने विषयहरु प्नि शुक्ष्म तवरले अध्ययन गरि सिफारीस गर्दा अझ यो प्रविधीले बढावा पाउँदछ । हुनतः यस्ता प्रविधीहरु जस्तै पासो वाली, धकेल्ने–तान्ने प्रविधि किसानमा त्यतिलोक प्रिय छैनन् तथापि यो विषादी न्युनिकरण गरी वातावरण सुधार्नका लागी यो एक मात्र उपयुक्त माध्यम हुनसक्छ ।

भविष्यमा विरुवा, कीरा र त्यहाँको भू–बनोटको अन्तर्सम्बन्ध, प्रयोग भएका वालीहरुको क्षमता अभिवृद्धि गर्ने, धकेल्ने र तान्ने वालीको कार्यक्षमता वृद्धी गर्नका लागि बाहिरबाट केहीँतान्ने र धकेल्ने पदार्थहरुको प्रयोग र भएका प्रविधीलाई जीवनस्तरमा जोड्न सकेमा पक्कै पनि यो एकिकृत शत्रुजीव व्यवस्थापनको राम्रो साधनको रुपमा प्रयोग हुन जान्छ । कृषि विकासमा लाग्ने, सरकारी एवं गैह्र सरकारी संस्थाहरुको एकिकृत प्रयास, हातेमालो तथा किसान माझ प्रचारप्रसारका कृयाकलापले मात्रै यो प्रविधीको विकास एवं प्रवद्र्धन हुनेमा दुई मत नै छैन ।

 

लेखकः डा. सुन्दर तिवारी, सह–प्राध्यापकको रुपमा, कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा कार्यरत हुनुहुन्छ ।