पाल्पा। बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत कार्यक्रम अन्र्तगत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको स्वीकृत कार्यक्रम अनुसार कोभिड विशेष कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सूचना प्रकाशित गरी आवश्यक कागजात सहित विवरण पेश गर्न कृषक, कृषि समूह, कृषि सहकारी र कृषि उद्यमीलाई आग्रह गरेको छ ।
संचालन हुने कार्यक्रम :
१. कोभिड लक्षित व्यवसायीक तरकारी खेती प्रर्वद्धन कार्यक्रम (न्यूनतम २ रोपनीमा खेती गरेको हुनपर्ने )।
२. विदेशबाट फर्केका र व्यवसाय उन्मुख कृषकहरुलाई कृषि विकास प्रोत्साहन कार्यक्रम (कृषि तथा पशु )।
३. बालीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि बीउ उत्पादक समूह वा सहकारीलाई प्रोत्साहन कार्यक्रम ।
थप जानकारीका लागि :
राजेश बोहरा कृषि शाखा प्रमुख – ९८४०४७८८५५
गणेश नेपाली पशु शाखा प्रमुख – ९८४६७२४७९९
सूचना हेर्नुहोस :










