ललितपुर। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई थप प्रभावकारी बनाएर सरकारले ३ अर्ब २२ करोड रुपैंया बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट प्रस्तुत गर्दै उक्त रकम छुट्याइएको जानकारी दिए ।

प्रधानमन्त्री रोजगारी कार्यक्रममार्फत रोजगारी सिर्जना र स्वरोजगार केन्द्रित गरिने जनाइएको छ । यो आयोजनलाई पुनस् संरचना गरी एक स्थानीय तह एक पकेट क्षेत्र कार्यक्रम संचालन हुने भएको छ ।

किसानलाई क्रेडिट कार्ड :

सरकारले आगामी आर्थिक वर्षमा किसानलाई क्रेडिट कार्ड वितरण गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै यस्तो जानकारी गराएका हुन् । उनले कृषि अनुदानलाई एकीकृत गर्नुका साथै अनुदानमा पुनरवलोकन गरिएको बताए ।

२ सय शीत भण्डार निर्माण गरिने :

सरकारले २ सय शीतभण्डार निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले यसका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । सामूहिक खेती नगर्नेलाई कृषि शीत भण्डारमा अनुदान नदिने सरकारी तयारी छ ।