सिन्धुपाल्चोक। हाल अधिकांश क्षेत्रका किसान फौजी कीराको प्रकोपले आका्रन्त छन् । यसैलाई मध्याजर गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यन्वयन इकाई कार्यालय सिन्धुपाल्चोकले ५० प्रतिशत अनुदानमा बिषादी छर्ने स्प्रेयर मेशिन उपलब्ध गराउने भएको छ । यसका लागि सूचना प्रकाशित मितिले १ हप्ता भित्र कार्यालयमा कृषि समुह, कृषि सहकारीलाई आग्रह गरिएको छ ।

आवश्यक कागजातहरु :
समुह तथा सहकारीको आवेदन।
स्प्रेयर खरिद सम्बन्धि निर्णयको प्रतिलिपि।
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र।
सम्बन्धित सहकारीको प्यान नं तथा कर चुक्ताको प्रमाणपत्र।
नगारिकता तथ लालपुर्जाको प्रतिलिपि।
मकै खेति गरेको क्षेत्रफल तथा जातको विवरण।

थप जानकारीका लागि :
९८५१२००१२५
०६१ – ६२०१२५

सूचना हेर्नुहोस :