एयर लेयरिङ अथवा गुटि भन्नाले वनस्पतिक प्रजननको एउटा यस्तो तरिका हो जहा वोटहरुको हागामा नै जरा उत्पादन गरिन्छ । यो विधि लिचि ,अम्बा र अमिलो जातका फलफलहर जस्तै कागती,निबुवाहरमा उपयक्त हन्छ तर बिशेष गरेर लिचिमा यसको सफलता र लोकप्रियता धेरै रहेको छ । यसको लागि उपयक्त महिना भनेको जेष्ठ अषाढ हो ।

कसरि गर्न सकिन्छ एयर लेयरिङ ?

१. सुरुमा बोटबाट एक बर्ष पुरानो पेन्सिल आकारको हागा छनौट गर्ने ।
२. हागाको टुप्पाबाट ३० सेमी जति तलको भागमा ३ सेमी जति बोक्रा ताछ्ने । यसरी बोक्रा हटाउदा त्यसभन्दा मुनी रहेको उजयिझ पनि हट्छ र जसले गर्दा खानाको संचारमा अवरोध उत्पन्न हुन्छ ।
३. त्यसपछि बोक्रा हटाएको ठाउमा काचो गोबर र माटोको मिश्रण दल्नपर्दछ जसले गर्दा हावा र पानी भित्र पस्न पाउदैनन र विरुवाले तनाव महसुस गर्छ र यसमा जराको विकास हुन्छ ।
४. एयर लेयरिङ गरेको विरुवाले ४ देखि ८ हप्तामा जराको विकास गर्दछ ।
५. यो प्रविधिबाट हुर्किएको विरुवाले ३ देखि ४ बर्षबाट फल दिन सुरु गर्छ ।
६. यो प्रविधि निकै नै सफल मानिएको छ किनभने यो विधिमा माउबोटमा हुदा नै हागामा जराको विकास गराइन्छ ।

लेखक : त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत हुनुहुन्छ ।