विराटनगर। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं १ ले आर्थिक वर्ष ७६ /७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत कृषि व्यवसाय प्रर्वद्धन कार्यक्रम अन्र्तगत साईलेज प्रविधिमा यान्त्रिकरण अनुदान सहयोग कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि मन्त्रालयले सूचना प्रकाशित गरी ईच्छुक सहकारी संस्था, व्यवसायीक फर्म, नीजि उद्यमी, व्यवसायीलाई सूचना प्रकाशित भएको मितले १५ दिन भित्र कार्यविधि अनुशारको ढाँचामा प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।
संचालन हुने कार्यक्रम :
१. साईलेज प्रविधिमा यान्त्रिकरण अनुदान सहयोग कार्यक्रम ,संख्या ४ – अधिकतम साझेदारीमा रकम रु. २ करोड वा ७५ प्रतिशत प्रति संस्था ।
थप जानकारीका लागि : श्री दिपकबाबु सिंह – ९८४२०७७४७८
सूचना हेर्नुहोस ।।










