चितवन। माडी नगरपालिकाले कागती खेती गर्ने किसानलाईलाई ७५ प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले सूचना प्रकाशित गरी अनुदान विरुवा, तालिम अथवा खाडल खन्ने र रोप्ने कार्यक्रमा प्रयोग गर्न सकिने जनाएको छ । कागती खेती गर्न ईच्छुक किसानले सूचना प्रकाशित भएको मितिले १ हप्ता भित्र सम्पर्क गर्न सक्नेछन्।

संचालन हुने कार्यक्रमहरु :
१. कागती प्रर्वद्धन कार्यक्रम
२. सहकारी सिंचाई, साना सिंचाई मर्मत सम्भार तथा निर्माण

थप जानकारीका लागि :
कृषि शाखा – ९८५५०८२२०४