ललितपुर। सरकारले कृषि तथा पशुपन्छीं विकास मन्त्रालयको सचिवमा राजेन्द्र प्रसाद भारीलाई नियुक्त गरेको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवमा कार्यरत भारीलाई केन्द्रिय सचिवको रुपमा नियुक्त गरेको हो ।

डा. युवकध्वज जीसी संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि संगठनमा जागिर खान गए पछि उक्त पद खाली थियो । आईतबार बसेको मन्त्रीपरिषद् बैठकले भारीलाई सचिवमा बढुवा गरेको हो ।