सामान्य लगानी वाट पनि आत्मनिर्भर वन्ने आधार कृषि क्षेत्रलाई मानिन्छ । कृषि ब्यवसाय अंगालेर जीवनलाई सहज भएको वताउछन् , घोराही उपमहानगरपालिका वडा न ६ का मदन चौधरी । दश बर्ष देखि ब्यबसायीक तरकारी खेती गदै आएका मदनको चारजनाको परिवार यही ब्यवसाय वाट धानिएको छ । घरपरिवारले खानलाइ मात्र खेती गदै आएका मदनलाइ गोचाली आइपीएम संस्थाले तरकारी रोप्न सिकायो । त्यसको सहयोगले ब्यवसायीक तरकारीमा आर्कषण वढ्यो । आफ्नै जमिन एक विगाहामा तरकारी खेती गरेको चौधरी वताउछन् । चौधरीको परिवारमा श्रीमती र दुइ छोरा छन् । उनलाइ तरकारी खेतीमा उनकी श्रीमती पनि सघाउछिन् । आफ्नै लगानीमा ब्यसायिक तरकारी खेती सुरु गरे देखि कसैको सहयोग नपाएको उनको गुनासो छ । सिजनका र वेसिजन दुबै थरी तरकारी लगाउछन् । काउली, वन्दा, व्रोकाउली आदि तरकारी एक सिजनमा तीन पटक सम्म खेती गर्छु , तरकारी खेती गर्दा पर्याप्त सिचाईको ब्यवस्ता छैन । अहिले पनि तरकारी वारीमा हेर्न गयो भने भरखरै हुरकदै गरेका काउली, वन्दा र प्याजका विरुवा छन् । काउली वैशाष महिनामा फुल्नका लागि तयार हुदै छन् । अर्काको देशमा दिनरात पसिना वगाउन भन्दा जे भए पनि आपm्नो देशमा गरेको कामले गौरव बढ्ने उनको भनाई छ ।

काउली रोपेर खालि भएको जमिनमा रोप्नलाइ लौका, करेला, घिरौलाका बेर्ना तयार भइसकेका छन् । समयमा मल र विउ नपाउदा गाहो भएको छ । तरकारीमा रोग लाग्छ ,रोग लाग्यो भने एगा्रेभेटमा जान्छौ । सामान्य सोधपुछ गरेर औषधी किनेर छर्केन्छौ , तर विरुवामा किरा मर्नुको साटो विरुवा नै मर्छ । तरकारी खेतीमा अहिले सम्म सरकारी अनुदान केही पाएका छैनन । प्राविधिकको ब्यवस्ता भए तरकारीमा छर्कने मल, विषादीको वारेमा जानकारी लिएर काम गर्ने थियौ । मदन अगाडि थप्छन् ,तरकारीको सानो विरुवा रोप्दा पानि हुन्छ जव विरुवा फल्न थाल्छ , सिचाई नहुदा विस्तारै फल्दै गरेका विरुवा सुक्दै जान्छन ् । हरेक समस्याका विच पनि हामी तरकारी खेती गर्न वाध्य भएका छौ ।

फलेको तरकारी पनि वजारमा विक्री गर्न सजिलो छैन , दुख गरे अनुसारको तरकारीको मूल्य पनि पाउदैनौ । वजार ब्यवस्थापन नभएकाले ब्यापारीले जुन मूल्य दिन्छन त्यही मूल्यमा तरकारी बेच्न वाध्य भएको गुनासो गर्छन । उन्नत जातको तरकारीको विउ नै महङो हुन्छ विउको मूल्य अनुसार तरकारीको मूल्य छैन । उन्नत जातको काउली प्रति गोटा अढाइ के जी सम्मको फलाएको उनको अनुभव छ । वास्तवीक किसानको खेतवारीमै प्राविधिक पुगेर आबश्यक सरसल्लाह, ज्ञानसिप प्रदान गर्नु पर्ने जरुरी देखिन्छ । सरकारले किसानलाइ सिचाइका लागि डिपबोरिङ, विउ र मलका लागि अनुदानको ब्यवस्ता गरेर हौषला दियो भने काम गर्न सजिलो हुने उनी वताउछन् । आफ्नै माटोमा सुन फलाउने किसानलाइ राज्यले कुनै वास्ता नगरेको वताउछन । नेपाल सरकारले प्राविधिकको ब्यवस्ता गरेर तरकारी वारी नीरिक्षण गर्ने र विषादीको प्रयोग गर्न सहयोग गर्यो भने किसानलाई खेती गर्न सजिलो हुने उनको भनाइ छ ।

तरकारीमा रोगकिरा मात्र होइन चराको पनि प्रकोप

तरकारीमा रोग किरा लाग्नुलाइ सामान्य मानिन्छ । तरकारीमा चराले नोक्सानि पुयाएको सुन्दा अचम्म लाग्छ । गाँउघरको भाषामा वोलिने जुरेलीचराको प्रकोप पनि उत्तिकै छ । भरखरै हुर्कदै गरेका अव फल दिन्छन् जस्ता भएका तरकारीलाइ चराले पात जति छियाछिया पारेर खाइदिदा किसानलाई थप मर्का परेको छ । पात नै भएन भने फल लाग्न सक्दैन । विषेश गरेर काउली र वन्दा गोवीमा चराले नोक्सानी गरेको छ । चरा हेरेर वस्नलाइ घरपरिवारमा कसैलाइ फुर्षद हुदैन । पुराना फाटेका कपडाको पुतला वनाएर चरा भगाउने उपाए गरेको देखिन्छ । यसको डरले चराहरु तरकारी वारीमा कम आउने उनको भनाइ छ ।