सल्यान। किसानको लगानीलाई सुरक्षित गर्न नेपाल सरकारले सुरु गरेको बालि वीमा कार्यक्रम कागजमै समित भएको छ । सल्यानका किसान बाली बीमाबारे अँझै अनवित्र हुँदा वीमा कार्यक्रम कागजमै समित बन्न पुगेको हो ।
व्यवसायिक रुपमा कृषिमा लागेका किसानलालई ७५ प्रतिशत अनुदानमा बाली वीमा गर्ने सरकारको नीति भए पनि जिल्लामा हालसम्म एक जनाले मात्र बाली वीमा गरेको वीमा कम्पनी एनएलजी इन्स्योरेन्स सल्यानले जनाएको छ । सरकारले वि.स. २०६९ माघ मा किसानलाई लक्षित गरेर बालीबीमा कार्यक्रम ल्याएको भए पनि यसका बारेमा किसानले नबुझ्दा किसानहरुले बाली बीमा नगरेको एनएलजी इन्स्योरेन्स प्रा।लि। सल्यान शाखा प्रमुख विमर्श प्रधानले बताए ।
सरकारले असिना, खडेरी, सुख्खा ,रोग किराको प्रकोप भएर बालीनालीमा क्षति पुगेमा किसालाई ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको प्रधानको भनाई छ । उनले भने चर किसानले बाली बीमा नै नगरेकाले क्षति भए पनि क्षतिपूर्ति पाउन सकि रहेका छैनन् । बाली बीमा नगरेकै कारण किसानले वर्षेनी लाखौंको क्षति व्यर्होदा पनि बाली बीमा प्रति किसानको आकर्षण बढ्न सकेको छैन ।
बाली बीमाका बारेमा आवश्यक जानकारी नभएकै कारण यसमा चासो नबढेको किसानहरुको भनाई छ । बीमा गर्दा पुरा गर्नुपर्ने प्रक्रिया झन्झटिलो भएको गुनासो किसानको छ । विभिन्न प्रकोपका कारण खेतीबालीमा भएको क्षतिको क्षतिपूर्ती बापतको रकम पाउन निकै गाह्रो भएको बागचौर नगरपालिका ३ का किसान शाृभाराम शर्माले बताए ।
बाली बीमा उत्पादनको भन्दा लागतको आधारमा क्षतिपूर्ति दिने भएकाले पनि किसानको आर्कषण नबढेको उनको भनाई छ । उनले भने थोरै लागतमा पनि धेरै उत्पादन गर्न सकिने भएकाले उत्पादनका आधारमा क्षतिपूर्ति दिने गरेमा किसानले बाली बीमा गर्न सक्छन् ।
बाली बीमामा चासो नदिएका किसानहरु पशुपंक्षी बीमा भने आर्कषित भएका छन् । चालु आर्थिक वर्षको हालसम्म १ सय ५० किसानले पशुपंक्षी विमा गरेको कार्यालयले जनाएको छ।









