ललितपुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २ लाख ६ हजार ९०८ क्विन्टल धान खरीद गरेको छ ।

यस वर्ष ३ लाख धान खरीद गर्ने भने तापनि अहिलेसम्म २ लाख ६ हजार ९०८ क्विन्टल धान खरीद गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । उनले चैत मसान्तसम्म धान खरीद गरेर ३ लाख क्विन्टल धान पुर्‍ याउने बताए ।

उनका अनुसार मोटा धान धनगढीमा ३५ हजार ६९९, बर्दियाको राजापुरमा २ हजार ८८०, मकवानपुरमा ३० हजार २०१, सत्ती कैलालीमा १४ हजार ३५ र नेपालगञ्जमा ९ हजार २३७ तथा मध्यम धान ३१ हजार ४४० क्विन्टल खरीद गरेको छ । राजापुरमा पुनः ५ हजार क्विन्टल धान खरीद गर्न भनिएको उनले बताए ।

यसैगरी कम्पनीले विर्तामोडमा सोना मन्सुली धान १८ हजार ९६०, रन्जित धान २ हजार ४२९, महेन्द्रनगरमा मोटा धान ६ हजार ४२, जनकपुरमा सोना मन्सुली धान १३ हजार ७३८ र बासमती धान ७३ क्विन्टल खरीद गरेको छ ।

त्यस्तै वीरगञ्ज शाखा कार्यालयबाट सोना मन्सुली १९ हजार ९९९, जिरा मसिनो धान ३२, लहानमा सोना मन्सुली २१ हजार ६९३ र विराटनगरम सोना मन्सुली ५४६ क्विन्टल खरीद गरेको छ ।