प्युठान। कृषि ज्ञान केन्द्र दाङले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत प्युठान जिल्लामा कागती एवं सुन्तला अभियानमुखी कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी जिल्लाका सबै स्थानीय तहमा बसोबास गर्ने ईच्छुक कृषक, कृषि फार्म, कम्पनी, कृषि समूह, कृषि सहकारीलाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना इकाई धान जोन प्युठानमा प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रम :
१. कृषक एकल / संयुक्त
२. कृषि फार्म / नीजि उद्यमी / कम्पनी
३. कृषि समूह / कृषि सहकारी संस्था

थप जानकारीका लागि :
कृषि अधिकृत – श्री टोप बहादुर थापा : ९८५७८३३७१८

सूचना हेर्नुहोस :