अर्घाखाँची। प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद् प्रदेश नं ५ कार्यलयबाट विभिन्न विषयमा छोटो अवधिको सीपमुलक तालीम संचालन हुन गैरहेकोले तालीममा सहभागी हुन इच्छुक विपन्न व्यक्ति, सुविधा विहिन, पिछडिएका लोपोन्मुख अतिसिमान्तकृत, सिमान्तकृत, जनजाती, महिला, एकल महिला, मधेशी, दलित, अपाङ्ग एवं बैदेशिक रोजगारबाट फर्केकाहरुले आवश्यक कागजात सहित सम्बन्धीत वडा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

संचालन हुने तालिमहरु :
१. बाख्रापालन
२. व्यूटि पार्लर
३. टेलरिङ्ग

तालिम संचालन हुने वडाहरु : छत्रदेव गाउँपालिकाको कार्यलय तथा वडा नं ५, ६, ८
फाराम बुझाउने अन्तिम मिति : २०७६ / ११ /१४
तालिम संचालन हुने मिति : २०७६ /११ / १८

सम्पर्क नम्बर : 077 – 690573

सूचना हेर्नुहोस ।।