
धनकुटा। जिल्लामा यस वर्ष ३६ करोड रुपैयाँ भन्दा बढीको सुन्तला उत्पादन भएको छ । अघिल्लो वर्षको भन्दा यो ६ करोडले बढी हो ।
कृषकसँग प्रत्यक्ष किनबेचका आधारमा कृषि ज्ञान केन्द्र धनकुटाले गरेको सर्र्वेक्षणमा सुन्तलाको कारोबार गत सालको भन्दा बढी देखिएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।
गत वर्ष करीव ३० करोडको सुन्तला उत्पादन भएको तथ्यांक छ । यस वर्ष ८७५ हेक्टरमा गरिएको सुन्तला खेतीमा ४ हजार १४ मेट्रिकटन सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ ।
गतवर्ष ८७८ हेक्टरमा सुन्तला खेती गरिएको थियो । उत्पादन क्षेत्र केही घटे पनि मुल्य बढेकाले आम्दानी रकम बढेको ज्ञान केन्द्रका प्रमुख ह्रदयन्द्र पोखरेलले बताए ।
पछिल्लो समय विभिन्न रोग किराको कारण सुन्तला खेती छोडेर कृषकहरु अन्य खेती तर्फ आर्कषित भएका छन् ।