कृषिमा भित्रिएका विभिन्न प्रविधिको विकासले कृषि विकासको कार्यलाई सहजिकरण तथा अधिक भन्दा अधिक मात्रामा लाभ लिन सक्ने अवस्थाको सिर्जना हुँदै गईरहेको छ । त्यस मध्य हाइड्रोपोनिक प्रविधि एक हो, एउटा सरल भाषामा भन्ने हो भने हाइड्रोपोनिक प्रविधि भनेको माटो बिना नै पानीमा गरिने खेती प्रविधि हो । हाइड्रोपोनिक प्रविधि विभिन्न विकसित देशहरुमा अत्याधिक चलन चल्तीमा आइसकेको छ । हाम्रो नेपालमा पनि केही समक्य देखि हाइड्रोपोनिक प्रविधि भित्रिएको पाइन्छ तर अत्याधिक मात्रामा फस्टाउन सकेको भने देखिदैन किनभने किसानहरु यस प्रविधिवारे अनविज्ञ छन ।

हाइड्रोपोनिक प्रविधिको विकास :

हाइड्रोपोनिक प्रविधिको विकास सन १९२९ मा क्यालिफोर्नियको विश्वविद्यालयमा अध्यनरत विलियम फेट्रिक विकासले सुरुवात गरेको पाईन्छ । उक्त समय पश्चात आधुनिक कृषि प्रणालीमा यो प्रविधिले किसानका लागि ठुलो उपलब्धी दिएको । यो प्रविधिमा विशेष गरि तरकारी खेती र फलफूलहरु पनि लगाउन सकिन्छ ।

हाइड्रोपोनिक प्रविधि द्धारा जस्तोसुकै साँघुरो ठाँउमा र अझ भन्ने हो भने हाइड्रोपोनिक प्रविधि जहाँ जमिनको अभाव छ, जहाँ मलिलो माटो तथा खेती गर्न उर्वर भूमिको अभाव छ, त्यस्ता ठाँउमा यो प्रविधि अपनाउन सकिन्छ । त्यसै गरि घरको कौसीमा थोरै ठाँउमा पनि धेरै प्रकारका साग, तरकारी र फलफूलहरु पनि लगाउन सकिन्छ ।

यो प्रविधिवाट फलफूलहरु, पाते साग सब्जी, गोलभेडा, खुर्सानी, काउली लगायतका तरकारीहरु उत्पादन गर्न हाइड्रोपोनिक प्रविधिवाट खेती गर्दा उत्पादित तरकारी छिटो बढने हुन्छ र विभिन्न किसिमका रोग र किराको प्रकोप धेरै कम लाग्दछ । हाइड्रोपोनिक प्रविधिमा उत्पादित तरकारी साटो नरिवलको“को—को पिट” धानको भुसा ग्रेनाइट, भर्मिकलाइट, परलाइट, इत्यादिका ढुङ्घालाइ १६००  तापक्रममा तताएर कपासको जस्तो आकार दिइन्छ । साथै भेडाको उन लगायत विभिन्न किसिमका यी वस्तुहरु यो प्रविधिमा प्रयोग गरेर विरुवालाई चाहिने आवश्यक पोषण तत्व पानीको माध्यमद्धारा पानीको वहाव संगै पुरा हुन्छ ।

यो हाइड्रोपोनिक प्रविधिको प्रयोग भईसकेको पानी पुनः चक्रिय तरिकाले फेरी त्यो पानी प्रयोग हुन्छ । विरुवालाई आवश्यक पोषण तत्व ट्यांकीमा जम्मा भएको पानीमा आवश्यक अनूरुप राखिन्छ र यी तत्व पानी संगै प्रवाह हुने गर्दछ ।

सुरुवातमा बढी खर्च लागे पनि यो प्रविधिलाई लामो समय सम्म प्रयोग गर्न सकिने भएकोले व्यवहारिकरुपमा हेर्दा किसानहरुका लागि महत्वपूर्ण कृषि प्रविधि मान्न सकिन्छ । नेपाल हाइड्रोपोनिक प्रविधि अनुसन्धानका लागी प्रयोग भएपनी आम सम्पूर्ण नेपालीहरुको माझमा यो प्रविधि नेपालमा व्यावसायिकरुपमा अगाडी बढाउन सकियो भने नेपालमा कृषि प्रविधिले ठुलो फडको मार्न सक्छ । हाइड्रोपोनिक खेती प्रविधि बढदो शहरीकरणका साथै जनसंख्या बृद्धिको माग परिपूर्ति गर्नका निम्ति एउटा दरिलो आधार बन्न सक्छ ।