बिराटनगर। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं १ ले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत द्धन्द्ध पिडित लक्षित कृषि विकास राहत अनुदान कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि प्रदेश १ भित्र व्यवसायीक फर्म, कम्पनी, नीजि उद्यमी, व्यवसायी गर्दै आएका किसानले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यविधि अनुसारको ढाँचामा प्रस्ताव पेश गर्न सक्नेछन् ।

संचालन हुने कार्यक्रमहरु :
१. पशुधनमा सहयोग (बीउ, बेर्ना, विषादी, सूक्ष्म तथा झोल मल, कृषि चुन, प्लास्टिक घर, गाई, भैंसी, बाख्रा बंगुर,कुखुरा, हाँस, माछा ) आदि ।
२. कृषि तथा पशुपन्छीं उत्पादन सम्बद्ध औजार उपकरणहरु
३. व्यवसाय समवद्ध भौतिक पुर्वधार संरचना निर्माण
४. कृषिजन्य, दुधजन्य, मासुजन्य, पर्दाथहरुको उत्पादन विविधिकरण कृषि तथा पशुपन्छींजन्य पर्दाथहरु, प्रशोधन उद्योग तथा बजारिकरण आदि ।

थप जानकारीका लागि :
०२१ – ४७०११३

सूचना हेर्नुहोस ।।