बुटवल। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ ले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत रुकुम पूर्व र रोल्पा जिल्लाका गाउँपालिकाहरुवाट छानिएका विपन्न परिवारका प्रत्येक परिवारबाट एक जना सदस्यलाई विभिन्न सीप विकास तालिम प्रदान गर्ने भएको छ । उक्त तालिम पश्चात अनुदान सहयोग पनि प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. सिकर्मी तथा फर्निचर सम्बन्धी तालिम ।
२. डकर्मी तथा रंगरोगन सम्बन्धी तालिम ।
३. प्लम्बर सम्बन्धी तालिम ।
४. कपाल काट्ने तालिम ।
५. जुस, जाम, जेली, अचार, आदि उत्पादन तथा प्रशोधन सम्बन्धी तालिम ।
६. कृषि यन्त्र उपकरण संचालन तथा मर्मत तालिम ।
७. च्याउ खेती तालिम ।
८. कुखुरा, हाँस पालन तालिम ।
९. मौरीपालन तालिम ।
सूचना हेर्नुहोस ।।










