ललितपुर। नेपाली किसान र कृषि क्षेत्रको प्रर्वद्धन गर्ने हेतुले नेपालको पहिलो किसान मैत्री हाम्रो किसान टेलिभिजनबाट प्रसारण हुने गरि “पैसा न सैसा, टिकी ट्याँस ट्याँस” नामक हाँस्य तथा सन्देश मुलक टेलिचलचित्रको सोमवार एक समारोहका बीच शुभ मुर्हुत गरिएको छ ।

सम्भावना भएर पनि नेपालको कृषि क्षेत्र माथि उठ्न नसकेको यर्थातलाइ समेटि कृषि क्षेत्र भित्र लुकेर बसेको विकृती, विसंगती र समस्याको पहिचान गरि कृषि कलाकारिता मार्फत उजारगर गर्न हाँस्य व्यग्य टेलि चलचित्र पैसा न सैसा, टिकी ट्याँस ट्याँस निर्माण हुन लागेको निर्माण पक्षले जानकारी दिएको छ ।

क्लासिक फ्रेम प्रा.लिको निर्माण र राष्ट्रिय किसान टेलिभिजन नेटर्वक प्रा.लिले सञ्चालन गरेको हाम्रो किसान टेलिभजन बीच भएको सम्झौता बमोजिम निर्माण हुन लागेको पैसा न सैसा टिकी ट्याँस ट्याँस नामक हाँस्य तथा सन्देश मूलक टेलिचलचित्रको लेखन राज कुमार शाह र लक्ष्मण अधिकारीले गरेका हुन् भने सुधन धितालले निर्देशन गर्ने छन् ।

राधेश्याम विश्वकर्मा र ओम किशोर चौधरीले संयुक्त रुपमा छयाँकन गर्ने टेलिचलचित्रको लगानी सन्दिप घिमिरेले गर्ने छन् ।

पैसा न सैसा, टिकी ट्याँस ट्याँस नामक टेलि चलचित्रको कलाकारहरुमा नवराज दुरावैद्य ( झाक्री ), रामकृष्ण दियाली, लक्ष्मी राई, लोक गायिका लक्ष्मण प्रसाद अधिकारी, रवि शाक्य, दोर्जे स्याँगतान, पूजा तामाग, सविन तामाग, आयुष सुनार, बिन्दु महर्जन, ऋृतु प्रजापती, झरना थापा, कुमार विश्वकर्मा, विशाल राई, सूर्य बहादुर थापा, बाल कलाकार सुष्मा तामाग र हर्षिका राई मुख्य भुमिकामा छन् ।