उदयपुर। कृषि ज्ञान केन्द्र उदयपुरले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न अनुदानमा आधारीत कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी १५ दिन भित्र निवेदन पेश गर्न सम्पूर्ण कृषकहरुलाई आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु :
१. मकै उत्पादकत्व प्रवद्धन कार्यक्रम
२. मद्यपहाडी प्रांगरिक कृषि प्रवद्धन अभियान
३. कागती खेती प्रवद्धन कार्यक्रम
४. व्यवसायीक फलफूल बगैंचा स्थापना सहयोग
५. मुख्य राजमार्ग लक्षित तरकारी खेती कार्यक्रम
६. बीउ विजन आत्मनिर्भर कार्यक्रम
७. खेर गएका जग्गाहरुमा फलफूल खेती प्रवद्धन कार्यक्रम
८. चैते धान विशेष सहयोग कार्यक्रम
९. सघनवाली विकास
१०. हाइव्रिड मकै विस्तार आयोजना
११. बगर खेती विकास तथा प्रवद्धन कार्यक्रम
१२. गड्यौला मल उत्पादन तथा प्रांगरिक मल सुधार कार्यक्रम
१३. महिला दलित विपन्न पिछडिएको क्षेत्र समुदाय लक्षित कार्यक्रम
१४. युवा लक्षित च्याउ, मह, तरकारी उत्पादन कार्यक्रम
१५. नमूना कृषि फार्म ूथापना
१६. कृषि बजार केन्द्र निर्माण

थप जानकारीको लागि : ०३५ – ४२०१३०

सूचना हेर्नुहोस ।।